लगातार ४ दिनदेखिको वर्षाका कारण सेहरा खोलामा पानीको सतह बढेपछि बस्ती नै उच्च जोखिममा परेको छ।
लगातारको वर्षाका कारण खोला आसपासका बस्ती कटान हुने जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका छन्।
वर्षाका कारण स्थानीयका खेतबारी पनि डुबानमा परेको छ।
धरान वडा नं. ६ की कमला लिम्बु निक्कै चिन्तित थिइन्। उनको घर सेहरा खोला नजिकै छ। घर र खोलाको बीचमा उनको ६ कट्ठा खेत छ, जहाँ उनले धान लगाएकी थिइन्।
सोमवार राति पनि निरन्तर वर्षा भइरहेको थियो। राति करिब ११ बजेतिर सेहरा खोलाले कटान गरेपछि बाढी खेतबारी हँुदै घरसम्मै पुग्यो। धानखेतीमा क्षति भयो भन्ने उनलाई राती नै लागेको थियो। बिहान हेर्दा उनको अनुमान सही साबित भयो। ‘बाढीले क्षति भयो भन्ने राति देखिनै लागेको थियो, बिहान हेर्दा त सबै पो सकिएछ,’ बाढी पसेको धानखेत देखाउदै उनले भनिन्।
सोमवार राति सेहरा खोलामा आएको बाढीले लिम्बुको धानखेत मात्र होइन, अन्य थुप्रै स्थानीयको खेतमा क्षति पुगेको छ। गैडे आहाल नजिकको गोपाल विष्टको खुकुरा फर्म र घरमा क्षति पुगेको छ। खोला किनारमा बसेको सेहरा संगम सुचना बस्तीका डेढ दर्जन घर कटानको उच्च जोखिममा छ। निरन्तर वर्षा र बाढी आएपछि रातभरि सुत्न नसकेको स्थानीयबासीले बताए।
गत वर्ष ६० हजार खर्च गरेर स्थानीयले नै ग्याबिङ हालेर अस्थाई बाँध बनाएका थिए। उक्त बाँधको कारण मात्र बस्ती जोगिएको स्थानीय भोग्यप्रसाद दर्जीले बताए। ‘यो बाँध पनि थिएन भने हाम्रो बस्ती पनि जोगिने थिएन। राति बाढीले कटान शुरु गरेपछि सुत्नै सकेनौं,’ बस्तीका भोग्यप्रसाद दर्जीले भने,‘मेरो नै अढाई कट्ठा जग्गामा बाढी पसेर क्षति पुगेको छ।’
बाढीले कटान गरेर क्षति पुगेको धानबाली, खुकुरा फर्म र उच्च जोखिममा रहेको बस्तीमा मेयर हर्क साम्पाङ, प्रदेश सांसद रमेश बस्नेत र वडाअध्यक्ष भुपेन्द्र भट्टराईलगायत जनप्रतिनिधिहरूले अवलोकन गरेका थिए।
जनप्रतिनिधिहले हेरेपछि जेसिबि पठाइदिएर वस्ती कटान हुन नदिन ड्याम निर्माण गर्ने, खोला च्यानलिङ गर्नेलगायत काम पनि शुरु भएको छ। स्थानीयबासीले भने बलियो तटबन्ध निर्माण गरिदिन माग गरेका छन्। ‘पहिलादेखिकै तटबन्ध बनाइदिनुपर्छ भन्ने हाम्रो माग हो,’ दर्जीले भने।
वडा नं ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले शनिबार नगरपालिकाबाट जाली उपलब्ध गराउने र गाउँले मिलेर श्रमदानमा तटबन्ध बनाउने बताए। खोलालाई च्यानलिङ नगरे वन र वस्ती बगाउने जोखिम देखेर गत बर्ष च्यानलिङ गर्दैगर्दा वडाकै स्थानीयले मुद्दा हालेपछि रोकिएको उनले बताए । ‘नगरपालिकालाई भनेर च्यानलिङ पनि गर्दै थियौं, यहीका स्थानीयले मुद्दा लगाएर काम गर्न पाएनौं,’उनले भने।
वडा ६ का बासिन्दासमेत रहेका कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले नदी कटान नियन्त्रण सँगै करिडोर बनाउने योजना अघि बढाइएको बताए ।
‘सेहरा खोलामा करिडोर बनाउनको लागि प्रदेशस्तरीय सडक गुरुयोजनामा प्रस्ताव लगेको छौं, र डिपिआरको चरणमा छ,’उनले भने,‘सर्दु खोलामा करिडोर निर्माण शुरु भएको छ । सेउती खोलाको पनि करिडोरको कुरा पहिलादेखि नै छलफमला छ । करिडोर बनाउन नसकिने तर नियन्त्रण गर्नुपर्ने अवस्थाका खोलाहरुमा सानातिना कामहरु स्थानीय सरकारबाट र करिडोरको काम प्रदेश सरकारबाट गर्नुपर्छ ।’