हङकङमा प्रमाण जुटाउँदै नेपाल प्रहरी
१३ भदौ २०८०
•
३ मिनेट पाठ
हङकङमा प्रमाण जुटाउँदै नेपाल प्रहरी
नेपाल प्रहरीले सुन तस्करीबारे थप प्रमाण संकलन गर्न एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ। उनले हङकङ प्रहरीसँग समन्वय गरी आवश्यक प्रमाण जुटाउने विश्वास गरिएको छ।




राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको तस्करीको ६० किलो सुनसम्बन्धी अनुसन्धानमा हङकङ प्रहरीको पनि सहयोग लिन नेपाल प्रहरीले सिआइबीमा कार्यरत एसएसपी आचार्यलाई त्यसतर्फ पठाएको हो। ‘सुन तस्करी सम्बन्धमा केही प्रमाण संकलन गर्नुपर्ने भएकाले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको हो,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले भने।

पछिल्लोपटक नेपालमा हङकङ हुँदै सुन तस्करी भइरहेको र त्यसमा चिनियाँ नागरिकको संलग्नता पाइएपछि प्रहरीले थप प्रमाण संकलन गर्न हङकङ प्रहरीसँग समन्वय गरिरहेको छ। सिआइबीले सुन तस्करी प्रकरण अनुसन्धानमा सहयोग गर्न इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंमार्फत एनसिबी बेइजिङलाई पत्राचार गरेको थियो। सिआइबी स्रोतका अनुसार एनसिबी बेइजिङमातहत रहेको हङकङ सव–ब्युरोसँग समन्वय गर्न एसएसपी आचार्य त्यसतर्फ गएका हुन्।

नेपाल प्रहरीले सुन तस्करीबारे थप प्रमाण संकलन गर्न एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ। उनले हङकङ प्रहरीसँग समन्वय गरी आवश्यक प्रमाण जुटाउने विश्वास गरिएको छ।
यसअघि २०७३ पुस २१ गते बरामद तस्करीको साढे ३३ किलो सुनका विषयमा पनि प्रहरीका उच्च अधिकारीले दुबई पुगेर अनुसन्धान गरेका थिए। त्यतिबेला दुबईबाट नेपाल सुन पठाउने गिरोहका नाइके हरिशरण खड्कालगायतलाई पहिचान गरी मुद्दा चलाइएको थियो। खड्कालाई पछि इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो। साढे ३३ किलो सुन प्रकरणमा आरोपित केही अदालतमा हाजिर भई धरौटीमा रिहा भएका थिए।

नेपाल प्रहरीले अहिले पनि सोही विधिलाई पछ्याएर एसएसपी आचार्यलाई हङकङ पठाएको हो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयको स्वीकृति लिएर उनलाई पठाएका हुन्। उनी मंगलबार त्यसतर्फ गएका छन्। ‘केही सूचना संकलन गर्नुपर्ने देखियो, त्यही भएर एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको हो,’ प्रवक्ता कडायतले भने।

गत साउन १९ देखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तस्करीको ६० किलो सुन बरामद प्रकरणलाई अन्तरदेशीय र संगठित अपराधअन्तर्गत राखेर अनुसन्धान गरिरहेको छ। तस्करीमा संलग्न भनिएका नेपाली कार्गो व्यवसायी र चिनियाँ नागरिक पक्राउ परिसकेका छन्। सिआइबीले अनुसन्धानकै क्रममा काठमाडौंका विभिन्न स्थानमा छापा मारेर प्रमाण संकलन गरे पनि नेपाल भिœयाइएको तस्करीको सुन भारततर्फ पठाउने गरिएको विषयमा भारतीय पद्द्रहरीसँग पनि समन्वय गरिरहेको छ।

नेपाल प्रहरीले अहिले पनि सोही विधिलाई पछ्याएर एसएसपी आचार्यलाई हङकङ पठाएको हो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयको स्वीकृति लिएर उनलाई पठाएका हुन्।
हङकङस्थित केही नेपाली व्यवसायी र व्यक्तिले त्यहाँ कार्यालय खोलेरै सुन तस्करी गरिरहेको आशंका नेपाल प्रहरीको छ। सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले पक्राउ गरेका चिनियाँ नागरिक जिक्वाङ लिन, याओ पुचेङ र ली वेन सुङलाई भारतीय राजस्व गुप्तचर निर्देशनालयले सन् २०१९ को सेप्टेम्बरमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

त्यसबेला याओ पुचेङसँग भारतीय नागरिकताको प्रमाणपत्र, अन्य दुईसँग नेपाली नागरिकता र पासपोर्ट  थियो।

बेल्जियन छिरिङको नेपाली नागरिकताबारे अनुसन्धान

सुन तस्करीमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङले नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान थालिएको छ। गृह मन्त्रालयले उपसचिव कृष्ण कटुवालको संयोजकत्वमा अनुसन्धान थालेको हो।

छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०७४ पुस २० मा नागरिकता लिएको खुलेको छ। ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ गरिएका चारजना चिनियाँसँग पनि नेपाली नागरिकताको प्रमाणपत्र भेटिएको छ। जसमध्ये ३ जनाले काभ्रेबाट र एकजनाले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको सिआइबी स्रोतले जनाएको छ।

सुन तस्करीमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङले नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान थालिएको छ। गृह मन्त्रालयले उपसचिव कृष्ण कटुवालको संयोजकत्वमा अनुसन्धान थालेको हो।
छिरिङको साथबाट ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेलापरेको सिआइबी स्रोतले जनाएको छ।
अर्को समाचार
तस्करीमा माओवादी, कारबाहीमा प्रहरी
०३ चैत्र २०८०
•
८ मिनेट पाठ
तस्करीमा माओवादी, कारबाहीमा प्रहरी
सरकारले सुन तस्करीमा जोडिएका माओवादी केन्द्रमा उच्च नेताहरूलाई उन्मुक्ति दिएर प्रहरीलाई कारबाही गर्न खोजेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलई बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रका शीर्ष नेता र उनीहरूका छोराहरूको संरक्षणमा सुन तस्करी भएको निष्कर्ष निकालिएको छ। सरकारले भने सुन तस्करीको अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गरेर आरोपित नेताहरूलाई उन्मुक्ति दिने संकेत गरेको हो।




माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, अर्थमन्त्री वर्षामान पुनका भाइ प्रनिश पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा जितेन्द्र र दीपेश, कमला रोका, उनका पति दावा छिरिङलगायतको संरक्षणमा सुन तस्करी भएको प्रतिवेदनमा उल्लेख छ।

आयोगले प्रतिवेदन बुझाएको अर्को दिन शुक्रबार नै सरकारले सुन तस्करीमा अनुसन्धान गरेका प्रहरी अधिकारीलाई कारबाहीको दायरामा ल्याएर नेताहरूलाई भने जोगाउन खोजेको आभास दिएको छ। आयोगको प्रतिवेदन आएकै भोलिपल्ट प्रहरीले दीपेश पुनलाई पक्राउ गरेको छ।

प्रतिवेदनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करी अनुसन्धानमा गम्भीर त्रुटि गरेको औंल्याइएको छ। हङकङबाट ब्रेक सुमा लुकाएर तस्करी गरिएको ६० किलो सुनको अनुसन्धानमा सिआइबीको त्रुटि देखिएको भन्दै त्यसका प्रमुखसहितलाई विभागीय कारबाही सिफारिस गरिएको छ।

त्यस्तै दुबईबाट इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको सुनको अनुसन्धानमा पनि त्रुटि देखिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखलगायतलाई कारबाहीको दायारमा ल्याउन भनिएको छ। जबकि तत्कालीन भन्सार प्रमुख अरूण पोखरेल स्वयंले सुन तस्करीबारे सिआइबीमा पुगेर उजुरी दिएका थिए।

आयोगले साढे ५ महिना लगाएर तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो। तस्करीको ६० किलो सुन र भेपमार्फत ल्याइएको सुनबारे सिआइबीले अुनसन्धान गरेको थियो।

सिआइबीको अनुसन्धानमा त्रुटि देखिएको प्रतिवेदनले औंल्याएपछि सरकारले प्रमुख एआइजी किरण बज्राचार्यलाई शुक्रबार प्रहरी प्रधान कार्यालय कार्य विभागमा तानेको छ। उनको स्थानमा एआइजी श्याम ज्ञवालीलाई पठाइएको छ। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्दा सरकारको कोपभाजनमा परेका थिए।

गत साउन ३ मा ‘रेडी ट्रेड प्रालि’ ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर हवाईमार्ग हुँदै विदेशबाट ल्याएको करिब ६० किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। ६० किलो सुन तस्करीमा माओवादीका नेता र चिनियाँ नागरिक मुछिएका थिए।

२०७९ पुस १० गते भेपमा लुकाएर हङकङबाट सुन ल्याइएको थियो। यसबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सिआइबीलाई पत्र लेखेर अनुसन्धान गर्न भनेको थियो। सुन तस्करीका यी दुवै प्रकरणमा अनुसन्धान गर्दा सिआइबीकी तत्कालीन प्रमुख एआइजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालले आरोपित केही नेतालाई अनुसन्धानको दायरामा नल्याएर त्रुटि गरेको जाँचबुझ आयोगको निष्कर्ष छ।

आयोगले बज्राचार्यसहित चारैजनालाई विभागीय कारबाही सिफारिस गरेपछि सरकारले उनीहरूलाई प्रहरी प्रधान कार्यालय तानेको हो।

करिब ६० किलो सुन तस्करीमा जोडिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिएका जीवन चलाउनेलाई सिआइबीका अनुसन्धान अधिकारीहरूले संरक्षण गरेको आयोगले औंल्याएको छ।

फरार चलाउनेले शुक्रबार भिडियोमार्फत सिआइबीले ६० लाख बार्गेनिङ गरेको र ३० लाखमा कुरा मिलेको दाबी गरेका छन्। सिआइबीले आफूलाई महाराजगन्जस्थित कार्यालयमा बोलाएर ३० लाख दिने सर्तमा सबै कागज च्यातेको दाबी चलाउनेको छ।

‘सिआइबीका डिएसपी दुर्गा दाहाल र सञ्जय थापालगायतको टिमले मसँग ५०/६० लाख रूपैयाँ मागेको थियो। बाजेको सेकुवामा ६० हजारको रक्सी र सेकुवा खाएपछि दुर्गा दाहालले सञ्जय थापाले घर बनाउँदैछ भनेर ६० लाख रूपैयाँ माग्यो। तर मैले दिन सक्दिन भनें। त्यस दिनको कल डिटेल हेर्दा पनि हुन्छ। पैसा नदिँदा श्याम ज्ञवाली र उनीहरू मिलेर पत्रकारलाई जीवन चलाउनेलाई यसरी छाडियो भनेर न्युज दिन्छन्,’ भिडियोमार्फत चलाउनेले भनेका छन्।

चलाउनेले ज्ञवालीमाथि दुई करोड रूपैयाँ मागेको आरोप पनि लगाएका छन्। सरकारले तिनै ज्ञवालीलाई सिआइबीको जिम्मेवारी दिएको छ। यस विषयमा जिज्ञासा राख्दा एआइजी ज्ञवालीले भने, ‘फरार अभियुक्तले लगाएको आरोप पनि सुनेर बस्ने हो र।’

करिब ६० किलो तस्करीको सुनको अनुसन्धान कमान्ड गरेका एसपी थापाको अगाडि अनुसन्धान अधिकृतहरूले चलाउनेको बयान लिएका थिए। ललिता निवासको जग्गा हिनामिनादेखि अन्य ठूला घटनामा अनुसन्धान गरेका डिएसपीद्वय कुँवर र दाहालले अनुसन्धानका क्रममा शंकास्पद व्यवहार गरेको आयोगको निष्कर्ष छ।  

६० किलो सुन तस्करीमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको छ। सुन तस्करीमा जोडिएका चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचोङ वाल्डो क्यासिनोमा जुवा खेल्न गइरहन्थे। उनलाई गत भदौ १ मा सिआइबीले पक्राउ गरेको थियो।

छाया सेन्टरमा सञ्चालित वाल्डो क्यासिनोमार्फत ‘हुन्डी कारोबार’ शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गरेको भेटिएको छ। सिआइबीले वाल्डो क्यासिनाको लेखा शाखा हेर्ने टेरेन्सलाई पनि बयान ‘कागज’ गराएर छाडेको थियो।

आयोगको प्रतिवेदनमा टेरेन्सलाई पनि मुद्दा चलाउन भनेको छ। प्रतिवेदनमा सिआइबीले मुद्दा नचलाएका पूर्वसभामुख कृष्णबहादुर महारालगायत ७ जनालाई पूरक अभियोगमार्फत मुद्दा चलाउन सिफारिस गरेको छ। सोही आधारमा प्रहरीले शुक्रबार दिपेश पुनलाई पुनः पक्राउ गरेको हो ।

भेपमार्फत गरिएको सुन तस्करीमा जोडिएका महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने आयोगको निष्कर्ष छ। यसै प्रकरणमा मुछिएका महराका छोरा राहुल थुनामा छन्। दावा छिरिङका व्यावसायिक साझेदार मन्जील श्रेष्ठलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ।

त्यस्तै अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ। गुरुङविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको छ। रावत विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका सवारी चालक थिए। भेपमार्फत ल्याइएको सुन बरामद गरी विमानस्थल भन्सार कार्यालयमा राखिएको थियो। सो सुन चोरेर बजारमा बेच्न भूमिकामा रावत देखिएको आयोगको अध्ययनबाट खुलेको छ।

आयोग सुन तस्करीमा मुछिएका व्यापारी सुबु केसी र भीमकान्त भण्डारीलाई पनि मुद्दा चलाउन भनेको छ। भण्डारीलाई ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो। भण्डारीको सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्पर्क देखिएको छ।  

आयोगले तस्करीको सुन अनुसन्धानमा त्रुटि गरेको भन्दै त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख सहसचिवहरू झलकराम अधिकारी र अरूण पोखरेललाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ। अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा कार्यरत छन्।

त्यस्तै त्रिभुवन विमानस्थल भन्सारका उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि विभागीय कारवाहीको सिफारिस गरिएको छ। टण्डन हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत छन्। श्रेष्ठ भन्सार विभागको निर्देशक हुन्। त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा आयोगले दुई उपन्यायाधिवक्तालाई पनि विभागीय कारबाही सिफारिस गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौंका महान्यायाधिवक्ता वासुदेव शर्मा र जनक घिमिरेलाई पनि कारबाही सिफारिस गरिएको छ।

सिआइबीबाट हटाइयो सहकारी ठगी अनुसन्धान टिम

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको जोडबलमा सहकारी ठगीमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा भएको छ। सिआइबीबाट सूर्यदर्शन सहकारीले गरेको ठगी अनुसन्धानमा खटिएको टिमलाई नै हटाइएको हो।

उपप्रधान तथा गृहमन्त्री लामिछानेका व्यापारिक साझेदार एवं सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष जिबी राईमाथि अनुसन्धान गरिरहेको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहितको टिमलाई त्यहाँबाट हटाइएको हो।

पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछानेमाथि सिआइबीले अनुसन्धान अघि बढाएको थियो। लामिछाने ग्यालेक्सी टिभीका सञ्चालक रहेका बेला टिभीले सूर्यदर्शन सहकारीबाट ऋण लिएको थियो।

सहकारी ठगीसम्बन्धी सबै कागजात झिकाएर अध्ययन–अनुसन्धान गरिरहेको सिआइबीलाई पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्कालीन सिआइबी प्रमुख एआइजी बज्राचार्यलाई लामिछानेमाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएका थिए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए। सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठाइएको छ।

सहकारी ठगीमा अनुसन्धान गरिरहेको टिमलाई गृहमन्त्री लामिछानेले सरुवा गरेको स्रोतले जनाएको छ।

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो। सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको प्रतिवेदन अध्ययनपछि कार्यान्वयनमा लैजाने निर्णय भएको बताइन्।

‘सरकारले यो प्रकरणमा कोही पनि दोषी छुट्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिनुभएको छ’, उनले भनिन्।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस