युरोप र अमेरिका पठाउने भन्दै ठगी
१३ भदौ २०८०
•
६ मिनेट पाठ
युरोप र अमेरिका पठाउने भन्दै ठगी
‘ग्लोबल इन्फो एजुकेसनल एन्ड भिसा सर्भिस’ ।
नयाँबानेश्वर हुँदै गौशाला जाने र सिनामंगल हुँदै डिल्लीबजार जोड्ने सडक पुरानो बानेश्वरको भीमसेनगोला चौबाटो भएर क्रस हुन्छ। ठ्याक्कै त्यही चोकमा रहेको एउटा घरको चौथो र पाँचौं तलाबीच अंग्रेजीमा ‘ग्लोबल इन्फो एजुकेसनल एन्ड भिसा सर्भिस’ नामको बोर्ड छ। झ्यालहरूमा क्यानडा, युएसए (अमेरिका) मा अध्ययन र कामदार भिसा जनाउने गरी टिकट, भिसा, अध्ययन, रोजगारी आदि लेखिएको छ। घरको दोस्रो र तेस्रो तलामा आर्किड बचत तथा ऋण सहकारी संस्था पनि छ।  




साँघुरो गल्ली हुँदै सिँढी चढेर चौथो तला पुग्दा भित्तामा ध्वाँसे अक्षरमा सुविधासम्पन्न मुलुकमा वैदेशिक रोजगार, शैक्षिक भिसामा पठाउनेलगायत प्रचार सामग्री राखिएका छन्। ड्रेसमा रहेका सेक्युरिटी गार्डले आगन्तुकलाई सल्युट गरेर सोधपुछ गर्छन्। अनि त्यहाँबाट रिसेप्सनमा पठाउँछन्। रिसेप्सनका दुई युवतीले पनि थप शोधपुछ गरेपछि मात्र भित्र प्रवेश पाइन्छ।  

महँगा फर्निचर, गलैंचा, भित्तामा चित्र, तस्बिरलगायत सामग्रीले कार्यालय सजाइएको छ। एक अर्की युवती त्यहाँ आगन्तुकका लागि पर्खेर बसेकी हुन्छिन्। उनले आगन्तुकलाई मन्त्रमुग्ध हुनेगरी युरोप, अमेरिका, क्यानडालगायत देशमा वैदेशिक रोजगारीका अवसर र ‘स्किम’बारे बयान गर्छिन्। टिकटकमा क्यानडा, लक्जेम्बर्ग, युके (बेलायत) लगायत देशमा श्रमिक भिसामा जान पाइने भन्दै गरिएको प्रचार सामग्री देखेपछि रिपोर्टिङका लागि गत शुक्रबार त्यहाँ पुग्दा देखिएको दृश्य हो यो। वैदेशिक रोजगारीका लागि इच्छुक व्यक्तिका रूपमा प्रस्तुत हुँदा त्यहाँ रहेकी एक महिला कर्मचारीले अहिले क्यानडा, लक्जेम्बर्ग, माल्टा, बेलायत, पोल्यान्डलगायत देशबाट कामदार माग भएर आएको बताइन्। त्यसका लागि अहिले कम्पनीले इच्छुकहरूबाट आवेदन र कागजात माग गरिरहेको जानकारी उनले दिइन्।  

‘अहिले पासपोर्टसहित आवश्यक कागजात दिनुपर्छ। हामी दिल्लीबाट आवेदन गर्छौं,’ उनले भनिन्, ‘यहाँ अहिले निवेदनसँगै ५५ हजार रूपैयाँ बुझाउनुपर्छ। बाँकी रकम आवेदन स्वीकृत भएपछि दिने हो।’  

बुझाएको ५५ हजारमध्ये भिसा नआएमा ५० हजार फिर्ता हुने उनले बताइन्। आवेदन स्वीकृत भए क्यानडाका लागि १३ लाख, युरोपेली देशमा ७ देखि १० लाख रूपैयाँसम्म लाग्ने उनले बताइन्। कम्पनीबाट पहिला पनि कामदार भिसामा माल्टा, साइप्रस, लक्जेम्बर्ग, पोर्चुगललगायत युरोपेली देशमा कामदार पठाइसकेको दाबी उनले गरिन्। उनका अनुसार उक्त कन्सल्टेन्सीले स्टुडेन्ट भिसामा क्यानडा, जापान, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा पठाउने गरेको छ।

ग्लोबल इन्फोको नामबाट टिकटक मात्रै नभई अन्य सामाजिक सञ्जालमा पनि आकर्षित तलबसहित कामदार भिसामा युरोप तथा क्यानडा पठाउने भन्दै छ्यापछ्याप्ती प्रचार सामग्री हालिएका छन्। फेसबुकमा मात्रै ग्लोबल इन्फो, एजुकेसनल एन्ड भिसा सर्भिसका ६-७ वटा पेज छन्। टिकटकमा पनि तमाम आइडी छन्। जसमा प्रचार मात्र नभई केही व्यक्तिले कामदार भिसा पाएको भन्दै अरूलाई आकर्षित गर्नेगरी केक काटेर ‘सेलेब्रेसन’ गरिएका पोस्ट गरेको देखिन्छ।  काठमाडौंमा सम्पर्क कार्यालय र पोखरामा मुख्य कार्यालय रहेको कम्पनीले जनाएको छ। व्यवस्थापक सन्तोष अधिकारीले काठमाडौंमा झन्डै ३० जना र पोखरामा १३ जना कर्मचारी कार्यरत रहेको बताए।

अवैध धन्दा  

नेपाली नागरिकलाई क्यानडा, अमेरिका, बेलायत, पोल्यान्ड, पोर्चुगल, माल्टा, साइप्रसलगायत देशमा कामदार भिसामा पठाउने भन्दै प्रचार गरिरहेको ग्लोबल इन्फो, एजुकेसनल एन्ड भिसा सर्भिस कम्पनीको यो धन्दा अवैध देखिन्छ। स्वयं सञ्चालकको कुराबाट यो कम्पनीको प्रयोजन र उसले गरिरहेको काममा तारतम्य मिल्दैन। आफूलाई कम्पनीको व्यवस्थापक बताउने अधिकारीले ‘परामर्शदाता’को काम गर्नेगरी कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको दाबी गरे। ‘परामर्शदाता कम्पनी हो। मूल काम हामी यही नै गर्छौैं। म्यानपावरका रूपमा दर्ता भएको छैन,’ उनले भने, ‘कम्पनीका मूल व्यक्ति लामो समय युरोप बसेर आएकाले सम्बन्धका आधारमा केही सानातिना जानेका काममा सहजीकरण पनि गर्छौं।’ कम्पनी सञ्चालक सुन्दरमणि अधिकारी रहेको जानकारी उनले दिए।  

व्यवस्थापक अधिकारीले कामदार भिसामा युरोप तथा क्यानडा पठाउने कुरा अप्रत्यक्ष रूपमा स्वीकार गरे। ‘जानेको आधारमा सहजीकरण मात्रै गर्दिएको हो। कसैलाई ठग्ने, धोका दिने नियतले काम गरेका छैनौं। पैसा पनि धेरै लिँदैनौं,’ उनले भने। क्यानडामा १३ लाख रूपैयाँ नभई ३ लाखमै पठाउन सहयोग गरेको, अनुचित रकम नलिएको दाबी उनले गरे। उनले भने, ‘१३ लाख होइन, ३ लाख रूपैयाँमै काम भइहाल्छ। हामीले पैसा खान्नौं। चिनेजानेका मान्छेलाई मात्र सहयोग गर्ने हो।’  

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगारीमा पठाउन सरकारबाट वैदेशिक रोजगारीमा पठाउन स्वीकृत मुलुक हुनुपर्छ। जसमा युरोप र क्यानडा, अमेरिकालगायत सबै देश पर्छन्।  

वैदेशिक रोजगारीमा पठाउन व्यवसाय सञ्चालन गर्ने संस्था ऐनको दफा ११ अनुसार वैदेशिक रोजगार विभागमा दर्ता भएको हुनुपर्छ तर ग्लोबल इन्फो, एजुकेसनल एन्ड भिसा सर्भिस भने दर्ता भएको देखिँदैन। यस्तै वैदेशिक रोजगारीका लागि इजाजतप्राप्त संस्थाले ऐनको दफा १५ अनुसार रोजगारदाता संस्थासँगको सम्झौता वा सहमतिका आधारमा सोही दफाको ९ वटा बुँदामा आधारित रहेर प्रक्रिया पूरा गर्नुपर्छ। यिनै बुँदामध्ये बुँदा नम्बर (च) मा वैदेशिक रोजगारीमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनीतिक नियोग वा श्रम सहचारी वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति बुझाउनुपर्ने व्यवस्था छ। तर युरोपेली देशहरूमा नेपालका कूटनीतिक निकायहरू कम रहेकाले प्रमाणीकरण निकै कम भइरहेको छ।

वैदेशिक रोजगार विभागका अधिकारी युरोपेली देशबाट ठुलो मात्रामा श्रमिकको माग भए पनि त्यहाँ कूटनीतिक नियोगको कमीले प्रमाणीकरणमा समस्या हुँदा अवैध बाटोबाट नेपाली गइरहेको पाइएको बताउँछन्। ‘व्यक्तिगत र दलालकै माध्यमबाट अवैध रूपमा कामदार त्यता गइरहेको सुनिँदै आएको छ। त्यसले जोखिम बढाएको छ,’ वैदेशिक रोजगार विभागका निर्देशक कविराज अधिकारी भन्छन्, ‘यसले ठुलै जोखिम बढाइरहेको छ। हामीले अनुगमन भने गरिरहेकै छौं।’ 

पछिल्लो समय युरोपेली तथा क्यानडाजस्ता मुलुकमा नेपाली श्रमिकको माग देखिँदा त्यहाँ पठाइदिन्छु भनेर ठगी गर्नेको दर पनि उस्तै मात्रामा बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका निर्देशक अधिकारीका अनुसार गत आव २०७९÷८० मा विभागमा ठगीका ४ हजार ४ सय ६४ उजुरी पुगेका थिए। जसमध्ये १ हजार ४ सय २८ म्यानपावर कम्पनीविरुद्ध थिए। बाँकी १ हजार ७ सय २६ प्रहरीमा र १ हजार ३ सय १० जनाविरुद्ध विभागमा उजुरी परेका थिए।

‘म्यानपावरविरुद्ध परेका एकाधबाहेक सबै खाडी, मलेसियालगायत मुलुकमा पठाउँछु भनेर ठगेका वा अन्य विविध किसिमले ठगेका उजुरी हुन्,’ अधिकारीले भने, ‘बाँकी व्यक्तिविरुद्ध परेका उजुरीको पछिल्लो ट्रेन्ड युरोपेली देश वा क्यानडा, अमेरिका पठाइदिन्छु भनेर ठगेका देखिन्छन्।’ चालु आवको साउनमा मात्रै ६ सय ६६ वटा उजुरी परिसकेका छन्। जसमध्ये २ सय ४४ उजुरी विभागमै र ३ सय ५२ उजुरी प्रहरीमार्फत व्यक्तिविरुद्ध आएका छन्। ‘यसमा त लगभग ८० प्रतिशत नै युरोप र क्यानडा पठाइदिन्छु भन्ने नै छन्,’ निर्देशक अधिकारीले भने।  यसरी अवैध धन्दा चलाइरहेका कम्पनी र व्यक्तिहरूलाई समातेर कानुनी कारबाही पनि गरिरहेको निर्देशक अधिकारीले बताए। यस्तै ग्लोबल इन्फो कम्पनीले वैदेशिक रोजगार व्यवसायको प्रयोजनमा दर्ता नभएको र अवैध ढंगबाट विदेशमा नेपाली पठाउने गरेको पाइए कानुनअनुसार कारबाही हुने उनले बताए
अर्को समाचार
अमेरिका र युरोप पठाउने भन्दै ठगी गर्ने तीन पक्राउ
२५ पौष २०८०
•
१ मिनेट पाठ
अमेरिका र युरोप पठाउने भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका, पोर्चुगल र टर्की पठाउने प्रलोभन पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।




नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई हस्तान्तरण गरेको हो।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ भंगाल चपली काठमाडौंकी ३४ वर्षीया बेन्जु महत, चौबिसे गाउँपालिका–६ घर भई हाल कीर्तिपुर बस्ने ४८ वर्षीया उर्मिला चेम्जोङ र बर्दघाट नगरपालिका–१५ नवलपरासी (बर्दघाट सुस्तापूर्व) का २६ वर्षीय महेश तामाङ छन्।

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गर्न पत्राचार भएपछि अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेर बुझाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेकी महतविरुद्ध अमरबहादुर पुनले आफूलाई मासिक तलब चार लाख पाइने गरी अमेरिका पठाइदिन्छु भन्दै २३ लाख ५० हजार रकम लिएर सम्पर्कविहीन भएको आरोप लगाएका छन्।

प्रहरीका अनुसार पुनलाई महतले अमेरिकाको प्रतिष्ठित कम्पनीमा मासिक चार लाख तलब पाउनेगरी रोजगारीका लागि पठाइदिने आश्वासन दिएकी थिइन।

यस्तै अर्को घटनामा पक्राउ परेकी चेम्जोङले संगत थापासहितका दुई जनासँग पोर्चुगल पठाउने भन्दै १० लाख ५० हजार लिई सम्पर्कविहीन भएको आरोप छ।

पोर्चुगलमा सवारी चालकको काम पाइने र मासिक तलब एक लाख पाइने भन्दै प्रलोभनमा पारेर उक्त रकम लिएको पीडितहरूको आरोप छ।

यस्तै अको घटनामा तामाङले टर्की पठाइदिने भन्दै रमेश थापासहित तीन जनासँग पटक–पटक गरी पाँच लाख ५० हजार लिएर ठगी गरेको आरोप छ।

जसमा प्रतिव्यक्ति चार लाख ५० हजार लाग्ने र टर्की पुगेपछि मासिक एक लाख तलब आउने जागिर पाइने आश्वासन दिएको पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस