चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म
१५ भदौ २०८०
•
५ मिनेट पाठ
चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म
फाइल तस्बीर
नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ। गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोबारसमेत गर्दै आएको पाइएको हो ।  




पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुर्याएको पुष्टि भइसकेको छ। ‘पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ,’ प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने। उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।  

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।
प्रहरीको पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९-८० मा नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् । त्यसैगरी आव २०७८-७९ मा १३ र २०७७-७८ मा १६ जना चिनियाँ पक्राउ परेका छन्। उनीहरू सबै कल बाइपास, एटिएम तोडफोड, म्याच फिक्सिङ, विदेशी मुद्राको अवैध कारोबार र सुन तस्करी अभियोगमा पक्राउ परेका हुन्।  

२०७६ पुस ७ गते नेपाल प्रहरीले १२२ जना चिनियाँलाई एकैपटक पक्राउ गरेर फिर्ता पठाएको थियो। प्रहरीले साइबर अपराधमा संलग्न भएको आरोपमा ती चिनियाँलाई पक्राउ गरेर अध्यागमन ऐनअनुसार निष्कासित गरिएको थियो। त्यतिबेलै नेपालमा केही चिनियाँले ठुला अपार्टमेन्ट भाडामा लिएर अपराध धन्दा सञ्चालन गरिरहेको पुष्टि भएको थियो।  

अहिले पक्राउ परेकामध्ये सात चिनियाँ सुन तस्करीमा संलग्न भएको र उनीहरूले नेपालको कानुन उल्लंघन गरेर नागरिकतासमेत लिएको फेलापरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासबाट बाहिरिएको तस्करीको ६० किलो सुन प्रकरणमा पक्राउ परेका सात चिनियाँसँग नेपाली नागरिकता रहेको खुलेको छ। सिआइबीको अनुसन्धानका क्रममा ती चिनियाँसँग नेपाली नागरिकता भेटिएको हो। उनीहरू सबै जनासँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी नेपाली नागरिकता भेटिएको छ। जसले गर्दा गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटवालको संयोजकत्वमा छानबिन समिति बनाउन सरकार बाध्य भयो।  

२०७४ भदौ १९ गते चिनियाँ नागरिकले केरुङ नाका हुँदै काठमाडौं ल्याएको तस्करीको ८८ केजी सुन प्रहरीद्वारा क्षेत्रपाटीबाट बरामद
६० किलो तस्करीको सुन बरामद प्रकरणमा मुछिएका चिनियाँ नागरिक लिन चुवानलाई साउन ४ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्बती मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए। उनीसँग नेपाल र बेल्जियमको नागरिकता भेटिएको छ। यो प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका छन्। साउन २९ गते पक्राउ परेका गाउ हुई, झोङ सेक चिन र ताङपिङसँग पनि नेपाली नागरिकता रहेको खुलेको छ।  

गत २०७९ पुस १० गते चिनियाँ नागरिकले ई–सिगरेट (भेप्स) भित्र राखेर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो। ७३ प्याकेटमा रहेको सात सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गर्दा त्यसभित्र सुन छ भन्ने कसैलाई पत्तो थिएन। तर अनुसन्धानको क्रममा त्यसभित्र करिब नौ किलो सुन रहेको र त्यो चिनियाँ नागरिक ली हानसोङ र दाओजिन वाङले ल्याएको खुल्यो। यस प्रहरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा अनुसन्धानमा तानिएका छन्। राहुललाई बुधबार सिआइबीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।

६० किलो तस्करीको सुन बरामद प्रकरणमा मुछिएका चिनियाँ नागरिक लिन चुवान साउन ४ गते राजस्व अनुसन्धान विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ  
२०७४ भदौ १९ गते केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ केजी सुन प्रहरीले क्षेत्रपाटीबाट बरामद गरेको थियो। त्यसमा पनि चिनियाँ नागरिक मुछिएका थिए। चिनियाँ नागरिकले काठमाडौंका सुन व्यापारीको लगानीमा उक्त सुन ल्याएको अनुसन्धानबाट खुलेको थियो। त्यस प्रकरणमा अदालतले चिनियाँ नागरिक याङ वइमिङ र पान वइमिङलाई जनही ४३ करोड ७० लाख रूपैयाँ जरिवानासहित ५ वर्ष कैद फैसला सुनाएको थियो। त्यो प्रकरणमा मुछिएका नेपाली व्यापारीलाई भने जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो। सफाइ पाउनेमा रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीस्थित राविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढास्थित शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुस्थित सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खानी पसलका नन्दकुमार मर्गले थिए। मर्गले करिब ९ किलो सुन तस्करी प्रकरणमा पनि जोडिएका छन्।  

त्यस्तै २०७२ पुस २३ गते काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चारजनामा अग्रवाल पनि थिए। उनी त्यतिबेला ११ लाख रूपैयाँ बोकेर अवैध सुन किन्न चीन पुगेका थिए। चीनमा उनको याङ वइमिङ र पान वइमिङसँग भेटघाट भएको स्रोतले जनाएको छ।  

२०७९ पुस १० गते चिनियाँ नागरिकले ई–सिगरेट (भेप्स) भित्र राखेर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयद्वारा जफत
८८ किलो तस्करीको सुन बरामद गर्ने तत्कालीन अपराध अनुसन्धान महाशाखाका प्रमुख एवं अवकाश प्राप्त एआइजी दिवेश लोहनी केही चिनियाँले नेपाली व्यापारीको सहयोगमा नेपालमा सुन ल्याउने गरेको बताउँछन्। ‘केही चिनियाँले नेपालका केही व्यापारीसँग मिलेर सुन तस्करी गरेका छन्। भरसक उनीहरू पक्राउ पर्नबाट जोगिन्छन्। पक्राउ परिहाले पनि उनीहरू तस्करीको सञ्जान खुलाउन चाहँदैनन्,’ लोहनीले पुरानो अनुभव सुनाए। उनका अनुसार चिनियाँ आपराधिक गिरोह बहुविधाको अपराधमा सक्रिय छ।
अर्को समाचार
एटिएम तोडफोड गर्ने दुई जना पक्राउ
१४ असार २०७८
•
१ मिनेट पाठ
एटिएम तोडफोड गर्ने दुई जना पक्राउ
मोरङको टंकिसिनवारीमा रहेको एक एटिएम मेसिन तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।




बुढीगंगा गाउँपालिका–२ स्थित टंकिसिनवारीमा रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिन तोडफोड गर्दैगर्दा २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।  

सोमबार दिउँसो पौने ३ बजेतिर हाते औजार (फलामको हतौडा, छिनो, पेचकस)को सहायताले मेसिन तोडफोड गर्दैगर्दा दुहबीका २ जना युवा पक्राउ परेको निमित्त मोरङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए।  

सुनसरी दुहबी नगरपालिका–९ का २४ वर्षीय मो. इम्तियाज र सोही ठाउँका २५ वर्षीय मो. अनिष हुसेनलाई एटिमएम मेसिन तोडफोड गर्दैगर्दा पक्राउ गरेको र उनीहरुविरुद्ध चोरी उद्योग कसुरमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस