नेपाल कै सबै भन्दा ठुलो कृत्रिम तालकाहरु रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास ( सेमुलेशन ) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बिपतको पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलवस्तुको अगुवाइमा स्थानीयको सहभागितामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो ।
बिपतको पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सिसे १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरू युनिट अट्याच्मेन्टको क्रममा नम्बर २८ गणमा आउने क्रममा प्रशिक्षार्थी सहितको टोलीलाई नमुना अभ्यास गराई एको थियो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थबाट आएका ६ जना सशस्त्र प्रहरी निरीक्षकका प्रशिक्षार्थीको साप्ताहिक बिपद व्यवस्थापन अनुशिक्षणको अवसर पारेर अभ्यास गराइएको हो । अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका ५०, नेपाली सेनाका १५ र नेपाल प्रहरीका १५ जना गरि ८० जनाको टोलीलाई गणका सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले उद्धार अभ्यास गराएका थिए ।
नदीको बिचमा डुबेकालाई कसरी उद्धार गर्ने , घाईतेलाई अस्पतालमा पुराउने लगायतका कार्य गरिएको थियो । नमुना अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई कसरी जीवितै उद्धार गर्ने, उद्धार पश्चताको प्राथमिक उपचार, आवश्यक तयारी र घटना व्यवस्थापन बारे जनचेतनामूलक क्रियाकलाप गरिएको थियो ।
सम्भावित बिपद जोखिम नियन्त्रणका लागि पूर्व तयारी स्वरूप नाटकीय अभ्यास गरिएको हो । सशस्त्र प्रहरी उपरिक्षक जिन केसीले नमुना अभ्यासले बिपतका बेला जल उद्धारका बेला अपनाउनु पर्ने अराउनु पर्ने सावधानी र घटनामा परेकालाइ कसरी उद्धार गर्ने बारे सचेतना गराइएको बताए । नेपाल सबै खाले बिपतको हिसाबले उच्च स्थानमा रहेको र बाढीजन्य बिपतको हिसाबले बिसौं स्थानमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति केसीले बताए । बाढीमा डुबेका नागरिकको तत्कालै उद्धार गर्ने र सामाग्री सुरक्षित स्थानमा ल्याउने उद्देश्यले पूर्व तयारीका लागी अभ्यास गरिएको उनले बताए । ‘ बिपतको उद्धार गर्दाको क्षमता परीक्षण र राम्रो पूर्व तयारीका लागी सबै सुरक्षा निकाय सँग समन्वय गरेर अभ्यास गराएका हौँ ’ उपरिक्षक केसीले भने ।
सो क्रममा अभ्यासमा सहभागी ६ जना प्रशिक्षार्थीले जिल्ला सुरक्षा समिति र जिल्ला बिपद व्यवस्थापन समितिसँग जिज्ञासा राख्दै अनिमन्त्रितmया गरेका थिए । सो क्रममा आएका जिज्ञासाहरू बारे प्रजिअ शंकरहरी आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, कपिलवस्तु अस्पतालका मेसु डा. बिपिन जयसवाल, रेडक्रस कपिलवस्तु शाखाका महामन्त्री सन्तोष कुमार श्रीवास्तव लगायतले बिभिन्न सुझाव दिएका थिए । सशस्त्र प्रहरीले बलले भूकम्प, बाढी पहिरो लगायतका विपदमा अग्रपंक्तिमा रहेर उद्धार तथा विपद्को पूर्व तयारीमा उदाहरणीय कार्य गर्दै आएको प्रजिअ शंकरहरी आचार्यले बताए ।
विपद्को पूर्व तयारीको कार्यले विपद् जोखिम न्यूनीकरणमा सहयोग मिल्ने प्रहरी उपरिक्षक बस्नेतले बताए । जिल्लामा हुने सबै खाले विपद्को न्यूनीकरणमा पूर्व तयारीका लागि सशस्त्र प्रहरी तयारी हालतमा रहेको र अभ्यासले थप सहयोग पुगेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए । कार्यक्रममा नेपाली सेनाका राधेश्याम बिस्ट, कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाल, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य लगायतको सहभागीता थियो ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...