भाईको मृत्युपछि क्षतिपुर्ति माग्न आएका आफन्तलाई अस्पतालले बाउन्सर लगाएपछि...
१६ भदौ २०८०
•
१ मिनेट पाठ
भाईको मृत्युपछि क्षतिपुर्ति माग्न आएका आफन्तलाई अस्पतालले बाउन्सर लगाएपछि...
परवानीपुर गाउँपालिकाको बहुवरीमा रहेको एक निजी अस्पतालमा बिरामीको मृत्युपछि तनाव उत्पन्न भएको छ। एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलमा उपचाररत एक जना बिरामीको मृत्युको विषयलाई लिएर शनिबार तनाव उत्पन्न भएको हो।




विश्रामपुर गाउँपालिकाको नकटुवा टोल निवासी रवि साहको मृत्यु भएपछि आफन्तले तनाव उत्पन्न गरेका हुन्। आफन्तनले होहल्ला गरेपछि अस्पतालको बाउन्सरलाई बोलाएर शान्त गराउन खोज्दा थप तनाव उत्पन्न भएको हो।

गत सोमबार मृत्यु भएका रविका आफन्तले एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलसँग उपचारमा लापरबाही गरेका डाक्टरलाई कारबाही र क्षतिपूर्ति माग गर्दा अस्पताल प्रशासन र पीडित पक्षबिच झडपको अवस्था आएको बाराका प्रहरी उपरीक्षक गोविन्द बोगटीले बताए।

हस्पिटलमा क्षतिपूर्ति माग्न पुगेका मृतक साहका आफन्तलाई अस्पतालमा तोडफोड नगर्न र छलफलको माध्यमले आफ्ना कुरा राख्न सम्झाए पछि स्थिति नियन्त्रणमा आएको बोगटीले बताए।

घटनाको बारेमा बुझ्नको लागि भोलि अस्पताल प्रशासन र मृतक साहको आफन्तलाई छलफलका लागि बोलाइएको छ।

मोटरसाइकल दुर्घटनामा परी हातमा चोट लागेका रविलाई सोमवार राति एल.एस न्युरो अस्पतालमा भर्ना गराएको र उनको उपचारको क्रममा मृत्यु भएको मृतकका दाइ सुरेश कुमार साहले बताए।

डाक्टरहरूले सोमवार राती नै अपरेशन गर्दा हातबाट पहिलाको भन्दा धेरै रगत बगेर भाई अचेत भएपछि थप उपचारको लागि वीरगन्ज शिक्षण अस्पताल रेफर गरेर पठाएको र वीरगन्ज शिक्षण अस्पतालमा पुगेपछि एम्बुलेन्सबाट भाइलाई निकाल्दा उसको मृत्यु भइसकेको पीडित साहले बताए।
अर्को समाचार
अस्पताल घुमाउँदा घुमाउँदै बेड नपाएर बिरामीको मृत्यु
२७ वैशाख २०७८
•
१ मिनेट पाठ
अस्पताल घुमाउँदा घुमाउँदै बेड नपाएर बिरामीको मृत्यु
अस्पताल घुमाउँदा घुमाउँदै इटहरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा निकै समस्या भएपछि इटहरी वडा नं. ५ का ५५ वर्षीय रमेश राईंलाई आइतबार मध्यरात १२ बजेतिर हस्पिटल लगेपनि बेड नपाएर घुमाउँदा घुमाउँँदै मृत्यु भएको हो । उनको सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।  




घटनाक्रम अनुसार रमेशलाईं छ दिनअघि हल्का ज्वरो आएको थियो । स्थानीय स्वास्थ्यकर्मीले सिजनल ज्वरो  भनेपछि सूर्यले ज्वरोको औषधी प्रयोग गरे । तर, झन झन स्वास्थ्य कमजोर भएको महसुस हुँदै गएपछि शनिबार इटहरी हस्पिटलमा गएर कोरोनाको स्वाब दिए ।  

आइतबार बिहानदेखि नै स्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन खोजेर घरमै जडान गरे । साँझतिर इटहरी हस्पिटलका स्वास्थ्यकर्मीलाईं थुप्रैपटक फोन गरेपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको पनि पुष्टि भयो । कोरोनाको रिपोर्ट पोजेटिभ आएसँगै रमेशलाईं राति सारो पारेपछि मध्यरातमा एम्बुलेन्स खोजेर आफन्तले नोवेल हस्पिटल लगे । त्यहाँ हस्पिटलमा भर्ना लिइएन् । भर्ना नलिएपछि एम्बुलेन्समै राखेर विराट नसिंह होम लगियो । ‘विराटमा लगेपछि तपाईंलाई कसले पठाएर आएको ? डाक्टरले सोध अनि हामीले आफै आएको जवाफ दियौं,’ रमेशकी श्रीमती रेनुले भनिन, ‘त्यसो भए हाम्रोमा बेड छैन, अन्यत्र लानुहोस् ।’ डाक्टरले त्यस्तो जवाफ दिएपछि रमेशका आफन्तले विराट नसिंह होमबाट फेरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तय गरे । र, धरान लगे ।

धरान लगेपछि डाक्टरले रमेशका लागि आइसियू चाहिने र धरानमा नभएकाले गर्दा अन्यत्र लाने सुल्झाए । त्यहाँ केही बेर उपचारका लागि राखियो । ‘वीपीकै डाक्टरले आइसियूका लागि फेरि विराट नसिंह होममा फोन गरेर कुरा मिलाएपछि त्यतातिर लाने क्रममा बाटैमा श्रीमानको मृत्यु हुन पुग्यो,’ रमेशकी श्रीमती रेनुले नागरिकसँग भनिन्, ‘बेलैमा बेड पाएको भए मेरा श्रीमानको मृत्यु हुने थिएन होला, दुईवटा साना साना छोरी भन् । टुहुरा हुने थिएनन् होला ।’
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस