सौराहा – नारायणगढ–मुग्लिङ सडक खण्डमा वन्यजन्तु ओहोरदोहार गर्न सवा ५ करोड रुपैयाँ खर्च गरेर बनाइएका चारवटा ‘अन्डर पासिङ’ सुरुङका रूपमा परिणत भएका छन् । यी सुरुङबाट ठूला वन्यजन्तु सुरक्षित तरिकाले ओहोरदोहोर गर्न नसक्ने टिप्पणी वन्यजन्तुविज्ञले गरेका छन् ।
विश्वबैंकको आर्थिक अनुदानमा नारायणगढ–मुग्लिङ सडक विस्तार आयोजनाले चारवटा वन्यजन्तु ‘अन्डर पासिङ’ बनाएको छ । आयोजनाको पहिलो खण्डमा पर्ने आँपटारी र रामनगरबीचको जंगलमा दुईवटा र जुगेडी नजिकको भटेरी जंगलमा दुईवटा अन्डर पासिङ बनाइएका छन् ।
‘पैसा खर्च भइसक्यो, तर त्यसको डिजाइन भएन’, वन्यजन्तुविज्ञ डा. झमक कार्कीले भने । उनले निर्माण गर्नुपूर्व पर्याप्त गृहकार्य नभएकाले वन्यजन्तुमैत्री डिजाइन नभएको बताए । कार्कीका अनुसार अन्डरपासिङका रूपमा निर्माण गरिएका कल्भर्टको लम्बाइ, चौडाइ र उचाइ कम छ ।
‘हात्ती त छिर्नै सक्दैन । गैंडा आवतजावत गर्न पनि कठिनाइ हुने देखिन्छ’, उनले भने, ‘साना जनावरले पनि त्यसभित्रबाट बाटो काट्न सुरक्षित महसुस गर्दैनन् ।’
कार्कीका अनुसार गैंडालाई त्यसभित्रबाट सहजै वारपार गर्न कठिनाइ हुन्छ । जंगल सतहको तुलनामा कल्भर्टको गहिराइ बढी छ । एकातिरबाट अर्कोतिरको जंगल सहजै देखिँदैन । ‘वन्यजन्तुभित्र छिर्दा अर्कोतर्फको जंगल देखिनुपर्छ । तर अहिलेको डिजाइन त्यस्तो देखिएन’, उनले भने ।
‘यस्तो भयो भने वन्यजन्तु त्यसबाट हिँड्न मन गर्दैनन्’, उनले भने, ‘उचाइ बढाउने उद्देश्यले कल्भर्टको गहिराइ जंगलको सतहभन्दा तल पु¥याइएको छ ।’ कार्कीले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा पनि यस्ता अन्डर पासिङ निर्माण गर्ने योजना भएकाले त्यतिबेला ‘डिजाइन’ मा ध्यान दिन सरकारलाई आग्रह पनि गरे ।
एक वर्षअघि वन्यजन्तुको अन्डरपासिङ र ओभर पासिङसम्बन्धी निर्देशिका तयार गरेका वन्यजन्तुविज्ञ श्याम बजिमय भन्छन्, ‘त्यसको निर्माण हेर्दा वन्यजन्तुको अन्डरपासिङभन्दा पनि पानीको कल्भर्ट बनाएजस्तो लाग्यो ।’
उनले अन्डरपासको छिर्ने मुख दुवैतिर सा“घुरो भएको टिप्पणी गरे । बजिमयका अनुसार चितवनबाट मुग्लिङतर्फ जाँदा दाहिनेतर्फको जंगलको सतह र कल्र्भटको गहिराइ लगभग मिले पनि देब्रेतर्फको जंगलको सतहको उचाइ बढी भएको बताए । ‘दुई ठाउँमा नजिक–नजिक दुईवटा बनाउनभन्दा दुई ठाउँमा एउटा–एउटा वन्यजन्तु मैत्री बनाउनुपथ्र्यो’, बजिमयले भने । अहिले निर्माण भएका कल्भर्टको दुवैतिर कंक्रिट देखिएकाले पनि वन्यजन्तुलाई असहज हुने उनको ठम्याइ छ ।
‘यति मात्र होइन हरेक वन्यजन्तुको आधार र प्रवृत्ति फरकफरक किसिमको हुन्छ । कतिपय समूहमा हिँड्न रुचाउ“छन् । कतिपय एक्लै हिँड्छन् । समूहमा हिँड्ने वन्यजन्तुहरू एकैपटक अहिलेको संरचनाबाट क्रसिङ गर्न सक्दैनन् । पालो कुरेर छिर्नुपर्ने अवस्था छ, यस्तो बेला त्यो समूह फर्किन सक्छ’, बजिमयले भने ।
नारायणगढ–मुग्लिङ सडक विस्तार आयोजनाका सिभिल इन्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार पासिङको उचाइ साढे पा“च मिटर र चौडाइ चार मिटर मात्र छ । यसको लम्बाइ भने सडकको चौडाइअनुसार छ ।
‘नेपालमा यस्तो अन्डरपासिङ पहिलोपटक बनेकाले पनि केही त्रुटि हुन सक्छन् । अब बनाउँदा त्रुटि सच्याउनुपर्छ’, उनले भने । घिमिरेका अनुसार निर्माणस्थलको जमिनको माथिल्लो सतह कमजोर हुन्छ । त्यसलाई गहिरो गरी खन्दा अहिले गहिरो भएको हो । ‘हामीले गैंडा र हात्तीलाई भन्दा पनि अन्य वन्यजन्तुलाई टार्गेट गरेर बनायौं’, उनले भने । तर उक्त स्थानबाट गैंडा पनि ओहरदोहर गर्छ ।
आयोजनाका सूचना अधिकारी तथा सिभिल इन्जिनियर शिव खनालका अनुसार चारवटा अन्डरपासिङ निर्माण गर्दा पाँच करोड २० लाख रुपैयाँ खर्च भएको छ । ‘अन्डरपासिङकै लागि पहिलेको बाटो भन्दा पा“च मिटर उचाइ बढाउनुप¥यो । माटो काट्दा धेरै खर्च भयो’, उनले भने ।
खनालका अनुसार वन्यजन्तुहरू त्यही बाटोबाट मात्र हिँडून् भनेर सडक खण्डको एक किलोमिटर दुवै किनारमा तारबार गरेर बोटबिरुवा रोप्ने योजना छ । कल्भर्ट र कंक्रिट पनि नदेखियोस् भनेर त्यसमा हरियो रङ पोत्ने र कल्भर्ट निर्माण भएको जमिनमा झारपात रोप्ने योजना छ ।
सडक विभागका महानिर्देशक गोपाल सिग्देलले वन्यजन्तु ओहरदोहरका लागि यति बन्नु नै ठूलो कुरा भएको बताउ“छन् । ‘हामीले पहिलोपटक बनाएका छौं । वन्यजन्तुका लागि यति बन्नु नै ठूलो कुरा हो’, उनले भने, ‘निर्माण गर्नुपूर्व विज्ञहरूको सुझाव किन आएन ?’
डब्लुडब्लुएफले परामर्शदातामार्फत वन्यजन्तुका लागि अन्डरपास र ओभरपासको निर्देशिका तयार गरेको छ । ‘यो निर्माण गर्ने बेलामा यी सबै विषयमा चर्चा नै भएन र हामीले पनि यसबारे जानकारी पाएनौं’, डब्लुडब्लुएफका वरिष्ठका कार्यक्रम निर्देशक सन्तोषमणि नेपाल भन्छन्, ‘सरकारी निकाय र हामीबीच सञ्चार नै भएन ।’
डब्लुडब्लुएफले विकास निर्माण गर्दा वन्यजन्तुको गतिविधिलाई पनि सम्बोधन गर्नुपर्छ भनेपछि पूर्व–पश्चिम राजमार्ग विस्तार कार्यमा आर्थिक सहयोग गरेको एसियाली विकास बैंकले साउन २७ गते चितवनको सौराहामा संरक्षणकर्मीलाई भेला गराएको थियो । भेलाका सहभागीले पनि निर्माण भइसकेका अन्डरपासिङ वन्जयन्तुमैत्री नभएको भन्दै टिप्पणी गरेका थिए ।
‘उक्त खण्डमा निर्देशिकाअनुसार अन्डरपासिङ र ओभरपासिङ निर्माण गर्ने मौखिक सहमति भएको छ’, नेपालले भने । उनका अनुसार अहिले निर्माण भएको स्थानमा पनि सिसी क्यामेरा जडान गरेर वन्यजन्तुको गतिविधि हेर्ने तयारी छ । ‘यसले हामीलाई संरचनाको डिजाइन बनाउन सहयोग पुग्छ’, नेपालले भने ।
अन्डरपास निर्माण क्षेत्रको जंगल टा“डी र नारायणगढबीचको बरन्डाभार जंगलको उत्तरतर्फको भागस“ग जोडिन्छ । चितवन निकुञ्जका वन्यजन्तु बरन्डाभार जंगलबाट चुरेको फेदैफेद रामनगर जंगलतर्फ आउ“छन् । ती वन्यजन्तु सुक्खायाममा पानी खान यही बाटो नाघेर नारायणी नदीतर्फ आउ“छन् ।

‘हात्ती त छिर्नै सक्दैन । गैंडा आवतजावत गर्न पनि कठिनाइ हुने देखिन्छ । साना जनावरले पनि त्यसभित्रबाट बाटो काट्न सुरक्षित महसुस गर्दैनन् ।’