पोखरामा २३ वर्षपछि बाघजात्रा
१८ भदौ २०८०
•
३ मिनेट पाठ
पोखरामा २३ वर्षपछि बाघजात्रा
पोखरामा २३ वर्षपछि निस्किएको बाघ जात्रा । तस्बिरः सन्देश÷नागरिक
पोखरामा झण्डै अढाई दशकपछि बाघजात्रा शुरु भएको छ। जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा २३ वर्षपछि सोमबारदेखि बाघजात्रा शुरु भएको हो।




नेवाः खल कास्कीको आह्वान तथा बाघजात्रा तयारी समितिको आयोजनामा भएको बाघ जात्राको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेपछि शुरु गरिएको थियो। 

बाघजात्राको पहिलो दिन नेवा छेँ बाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा पुगेर समापन हुनेछ। दोश्रो दिन नेवा छेँ भवनबाटै शुरु भई गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर हुँदै सिर्जनाचोक पुगेर सभागृहचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, तेर्सापट्टी, नालामुखचोक हुँदै नेवाः छेँ मै फर्किएर समापन हुनेछ। 

जात्राको तेश्रो तथा अन्तिम दिन बाघ मार्ने गरिन्छ। जुन जात्राको मुख्य आकर्षणका रुपमा रहने गरेको बाघजात्रा तयारी समितिका सचिव सुनिल उलकले जानकारी दिए। सँधै झैँ नेवाः छेँबाट जात्रा शुरु भएर नालामुखचोक, तेर्सापट्टी, महेन्द्रपुलहुँदै रानीपौवा, माटेपानी, गौंडाको मुख, राधाकृष्णचोक हुँदै पोखरा रंशाला पुगेर मनोरञ्जनात्मक कार्यक्रम हुने उनले बताए। उनका अनुसार रंगशालामै बाघ मार्ने सहित नाचगानका कार्यक्रम हुनेछन् र जात्रा समापन हुनेछ।   

बाघजात्रा पोखराको सबैभन्दा पुरानो जात्रा हो। उलकका अनुसार करिब सय वर्षअघि शुरु भएको यो जात्रा २०५७ सालपछि पोखरामा प्रदर्शन हुन सकेको थिएन। बाघ जात्रामा प्राय सबै जात्राहरुको संयोजन हुने बाघजात्रा तयारी समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाघ जात्राको सबैभन्दा अग्रभागमा कुमारी राखिन्छ र त्यसपछि तायाःमचा, धिमेबाजा, घोडानाच हुनेछन् भने त्यसलगत्तै राजारानी, प्रधानमन्त्री र सेनापती सहित जनता साथमा हुनेछन्। राजारानी र प्रधानमन्त्रीको दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु हुन्छन् । 

बाघ जात्राको प्रमुख आर्षणका रुपमा बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेकेग्वाराहरु हुन्छन्। जात्रालाई जीवन्त बनाउनका लागि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरी परिचालन गरिएको छ। प्राय सबै जात्राको नाच समावेश यस बाघजात्राको विशेष आकर्षणका रुपमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रापनि हो। बाघ जात्रामा भक्तपुर वडा नं ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोलि सहभागि रहेको तयारी समितिका सचिव उलकले जानकारी दिए । तर यो टोली मंगलबारदेखि मात्रै समावेश हुने उनले बताए। 

संस्कृतिको संरक्षण गर्न बाघ जात्रा निकालिएको तयारी समितिका अध्यक्ष उलकले जानकारी दिए। जंगली हिंस्रक जनावर बाघले शहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाई समेत आक्रमण गरेर मार्न थालेपछि जनताद्वारा राजालाई नरभक्षी बाघ मारिदिन अनुरोध गरिए अनुसार राजाले आफ्नो सम्पूर्ण राज्यशक्तिका रुपमा प्रधानमन्त्री, सेना प्रमुख, सेना, शिकारीहरु, जनताहरु तथा स्वयं राजा नै उपस्थित भएर राजाले चारैतिरबाट घेरिएर रहेको बाघलाई बन्दुक हानेर मार्ने कार्य गरिएको ऐतिहासिक पक्षलाई उजागर गर्न बाघ जात्रा मनाउन थालिएको किम्वदन्ती रहेको उनले बताए। जात्राको सन्देश बाघ मार्नुपर्छ भन्ने नरहेको उनको भनाई छ। ‘नरभक्षी बाघचाहिं मारेर त्रसित जनतालाई मुक्ति दिलाउने यसको सन्देश हो,’ उनले भने। जात्रामार्फत गलत उद्देश्य वा गलत कार्यलाई सबै मिलेर परास्त गर्नु पर्दछ भन्ने सन्देशपनि दिने उनको भनाई छ।
अर्को समाचार
२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिने
१८ वैशाख २०८०
•
२ मिनेट पाठ
२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिने
पोखरा सांस्कृतिक सहर हो। यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन्। संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन्। पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रा लगायतका जात्राहरु हुने गरेका छन्। त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेर पनि बुढापाकाले भन्ने गरेका छन्।  




तिनै जात्रा मध्येको एउटा बाघजात्रा पनि हो। एकसय वर्ष भन्दा अघिदेखि शुरु गरिएको यो जात्रा अहिले लोपोन्मुख अवस्थामा छ। पछिल्लो २३ वर्षदेखि यो जात्रा आयोजना हुन सकेको थिएन। २०५७ सालमा तीन दिनसम्म नचाइएको बाघजात्रा त्यसपछि हुन नसकेर लोपोन्मुख अवस्थामा पुगेपछि यस वर्ष नचाउने तयारी गरिएको छ। अबदेखि भैरब नाच र बाघ जात्रा ३–३ वर्षको अन्तरमा गर्नेगरी यस वर्ष निकाल्ने तयारी गरिएको बाघजात्रा तयारी समितिका सचिव सुनिल उलकले बताए ।

बाघजात्रा निकाल्दा ९० देखि एकसय जनासम्म जनशक्ति आवश्यक पर्ने तयारी समितिका संयोजक जवाहरलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाघजात्रामा राजारानी, मन्त्री, घोडासहित सेना, प्रहरी र जनता पनि पात्रका रुपमा समावेश हुन्छन्। भैरवनाच संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले लाखेजात्रा, घोडाजात्रा र माघेजात्राको संयुक्त रुप बाघजात्रा भएको बताए।

तयारी समिति सदस्य दीपेन्द्र श्रेष्ठले बाघजात्रा रैथाने र मौलिक जात्रा भएको बताए। उनले भने, ‘यो कुनै जाति विशेषको जात्रा होईन बरु सम्पूर्ण पोखरेलीको हो। त्यसैले यसलाई सबै पोखरेली मिलेर सफल पारौं।’

बाघजात्रापनि भैरव नाचकै गुरु कृष्णदेव प्रधानाङ्गले प्रशिक्षण गराउने समितिले जनाएको छ। बाघाजात्रा तयारी समिति बनाएर यसवर्ष आगामी भदौ १८, १९ र २० गते निकाल्ने तयारी गरिएको मूल आयोजक समितिका सचिव उलकले जानकारी दिए। खर्चिलो हुने यस जात्राका लागि पोखरा महानगरपालिकादेखि वडासम्मले सहयोगको प्रतिबद्धता जनाएका छन्।  

बाघजात्रा तयारी सम्बन्धी छलफल कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोती तिमिल्सिनाले बाघजात्रा पोखरेलीको गौरव भएकाले यसको संरक्षणमा हुन लागेको जात्रालाई सफल बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘हाम्रो देश बहुजाति र बहुभाषी छ। यसका संस्कार संस्कृति गौरवपूर्ण छ,’ उनले भने, ‘तर पछिल्लो समय धर्म संस्कृतिहरु लोपोन्मुख अवस्थामा छन्, त्यसलाई पुस्तान्तरण गर्नुपर्छ। त्यसका लागि नया पुस्तालाई तयार गर्न यस्ता जात्राहरु प्रदर्शन हुनुपर्छ।’

पोखरा–२ का वडाध्यक्ष दीवसमान प्रधानाङ्गले संस्कृति सम्पती भएकाले यसलाई जोगाउन वडाले सहयोग गर्ने बताए। पोखरा–३ का वडाध्यक्ष प्रकाश उदासले जात्राका लागि जात्राजस्तो नभई सुसंस्कृत हुनुपर्ने भन्दै यो पहिचानसँग जोडिएको विषय भएको बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस