सर्लाही प्रहरीले भारी परिमाणमा अवैध सामग्री बरामद गरेको छ। सर्लाहीको नाकामा भारतबाट आउने सामानमाथि प्रहरीले अत्यधिक निगरानी बढाएपछि महोत्तरीको विभिन्न नाकाबाट तस्करी गरी सर्लाही तर्फ सामान ल्याउने गरेको पाइएको छ।
भारतबाट महोत्तरी हुँदै सर्लाही भएर तस्करीको सामान आउने गरेको सूचनाको आधारमा सर्लाही प्रहरीले निगरानी बढाएपछि निकै ठुलो परिमाणमा अवैध सामान बरामद गर्न सफल भएको हो। सर्लाही प्रहरीले ३२ लाखको चिनी, मैदा, केराउ, हरियो मटर, रातो मटर, काजु, तेल लगायतका सामग्री बरामद गरेको छ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियारका अनुसार भारतीय किराना सामान बोकेको तीन ओटा ट्रक बरामद गरिएको छ।
हरिवन नगरपालिका-११ पर्साटोलबाट सर्लाही प्रहरीले ना ५ ख १०८, ना ५ ख–७१८३ र प्रदेश–२–०३–००१– ७३६६ नम्बरको तीन ओटा ट्रकमा लोड गरिएको चिनी, मैदा, हरियो मटर, केराउ, काजु पापड, दाल, चामल लगायतका सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको हो।
भारतबाट अवैध रुपमा सामान लिएर आएको भन्ने सूचनाको आधारमा प्रहरीले तिन ओटै ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि पथलैया राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सर्लाही प्रहरीले जानकारी दिएको छ।
प्रहरीले एउटा गोदाममा छापा मार्न खोजेपछि स्थानीयले अवरोध सिर्जना गरेका थिए। तस्करीको सामान गोदाममा ल्याएर राखेको अनुमान रहेको गोदाममा प्रहरीलाई छापामारी गर्न नदिएपछि सर्लाही प्रहरीले पथलैया राजस्व कार्यालयको टोली बोलाएर गोदामलाई सिल गरेको छ। प्रहरीले व्यापारीको गोदाममा सिल गरेपछि स्थानीय आक्रोशित बनेका थिए।
प्रहरीले गोदामको बारेमा जाँचबुझ गर्न खोज्दा स्थानीयले साथ नदिएपछि तस्करीको सामान राखेको आशंका प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले बताएका छन्। तत्काल वातावरण अनुकूल नभएकोले गोदामलाई राजस्व अनुसन्धानको निगरानीमा सिल गरिएको एसपी सुवेदीको भनाइ छ।
एसपी सुवेदीले सर्लाहीको कमान्ड सम्हालेदेखि सर्लाहीको हरेक नाकामा तस्करी नियन्त्रण कार्य पूर्ण रुपमा रोक्न मातहतहरुलाई स्पष्ट निर्देशन दिएका छन्। सर्लाहीको नाका भएर तस्करी गर्न सम्भव नभएपछि तस्करहरुले महोत्तरीलाई तस्करीको केन्द्र बनाएका छन्।
महोत्तरीबाट सर्लाहीतिर तस्करीको सामान आउने बाटोमा सर्लाही प्रहरीले निगरानी बढाएपछि सर्लाही प्रहरीलाई पछिल्लो सफलता प्राप्त भएको हो। सर्लाही र महोत्तरीको बिचमा पर्ने पूर्व पश्चिम राजमार्ग अन्तरगतको फुल्जोरमा जडान गरिएको सिसिटिभीमा महोत्तरीतर्फबाट तस्करीको सामान भित्रिएको देखिएको स्रोतको दाबी छ। सिसिटिभी निगरानीको आधारमा नेपाल प्रहरीले तस्करीको सामान बरामद गर्न सफल भएको बुझिएको छ।
विभिन्न नाका हुँदै सर्लाहीसम्म तस्करीको सामान आइपुगेपछि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विभिन्न युनिट इन्चार्जकै प्रत्यक्ष संलग्नतामा जिल्लाको बरहथवा, बयलबास, लालबन्दी, नवलपुर, सिसौट, गोडैता लगायतका बजारमा तस्करीको सामान निर्बाध रुपमा पुगिरहेको छ।
यसै गरी जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा स्थापित बरहथवा बजारका होटेलहरुमा प्रहरीकै सहमतिमा यौन धन्धा फस्टाएको स्थानीयको आरोप छ। बरहथवाका विभिन्न होटेलमा यौन धन्दा फस्टाएको आरोप स्थानीयवासीले लगाउँदा प्रहरीले भने अस्वीकार गर्दै आइरहेको छ।
बरहथवा बजार तस्करी र यौन धन्दाको मामिलामा बदनाम हुँदै गएको छ। सर्लाही मानपुरका लक्ष्मण यादव भन्छन् – ‘प्रहरीलाई पैसा दिए बरहथवामा जे पनि सम्भव छ।’