बरमझियाको बाजेको पेडाः नाम होस् तर बदनाम नहोस्
१९ भदौ २०८०
•
७ मिनेट पाठ
बरमझियाको बाजेको पेडाः नाम होस् तर बदनाम नहोस्
‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै। जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ। लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै। ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैद्यनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैद्यनाथ बाजेको पेडा पसल’, ‘वैद्यनाथ बाजेको पेडा भण्डार’, ‘वैद्यनाथ बाबाको पेडा पसल’, ‘श्री वैद्यनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक।  

अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो। त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन्। त्यस्तै अलमलमा थिइन्, काठमाडौँबाट इलाम जाँदै गरेकी रोशनी राई। “वैद्यनाथ बाजे को हुन्? सबै पसल उहाँकै हुन्”, स्थानीय एक व्यापारीलाई राईले सोध्दै थिइन्।  

जवाफ आयो, “हैन।”,

“अनि वैद्यनाथ बाजे को त?”

जवाफमा पसलेले भने, “यस ठाउँमा पेडा व्यापार सुरु गर्ने मान्छे!”

रोशनीले मात्रै होइन, पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया पुगेका वा सो सडक भएर यात्रा गर्नेहरूको मनमा यस्तै जिज्ञासा जाग्दो रहेछ । लहरै रहेका यी पसलहरूले मन लोभ्याउँछन्। गाडी नरोकेर धरै पाइन्न। अनि कुरौनी र पेडा किन्यो। पसल अगाडि टक्क रोकियो र तस्बिर लियो । यस्तै दृश्य देखिन्छन् यहाँ।  

स्थानीय अभिषेक साह भन्दै थिए, “सबैले सोध्छन् पसल अनेक तर नाम एउटै कसरी? जवाफ त पाउँछन् तर असली वैद्यनाथ बाजेको पेडा पसल पहिचान गर्नै हम्मेहम्मे हुन्छ।” ‘बरमझियाको पेडा’ धेरै नेपालीले सुनेकै नाम हो। मधेस प्रदेशको पूर्वी सिमाना पूर्व–पश्चिम् राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२ मा अवस्थित बरमझिया यही ‘पेडा’ का कारण चर्चामा छ। तर, यहाँ पहिलो पटक आउनेहरू भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरूको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन्।  

“धेरै जना वैद्यनाथ बाजेको पेडा पसल चाहर्दै आउँछन्, कतिपय वैद्यनाथ बाजेलाई नै खोज्न आइपुग्छन्”, विगत २० वर्षदेखि तीनै वैद्यनाथ साहको पसलमा काम गरेका कालिगड गोविन्द साहले भने, “बाजे नदेखेपछि खिन्न मान्नुहुन्छ। देख्न पाएको भए कति राम्रो हुन्थ्यो भनेर पछुताउनुहुन्छ। के गर्नु! दैवले खोसेर लगिसक्यो।”

‘पेडा भनेकै वैद्यनाथको’

वैद्यनाथ साह बरमझियामा पेडाको ‘ब्रान्ड’ स्थापित गर्ने व्यक्ति हुन्। सुरुमा उनका बुबा अक्कल साहले गाउँमै चिया पसल सुरु गरेका थिए। त्यही पसलमा छोरा बैजनाथले पनि सघाउथे। एकपटक उनी कामको सिलसिलामा भारततिर गए। त्यही बेला दूधबाट चियाबाहेक कराउनी र पेडा बनाउन सकिन्छ भनेर थाहा पाए। “हामीलाई सुनाउनुभएअनुसार भारत भ्रमणमा जाँदा पेडाबारे थाहा पाएर फर्केपछि चिया पसलमा आउने दूधबाट कुराउनी र पेडा बनाउन थाल्नुभएको थियो। वि.सं. २०१५÷१६ तिर त्यसलाई व्यावसायिक रुप दिनुभएको होे”, हाल बाजेको बिडो थामिरहेका नाति विवेक साहले भने, “चिया पसल हाम्रो बुढो हजुरबुबाले धेरै पहिलेदेखि नै चलाइरहनुभएको थियो। बाजेले त्यसैमा पेडाको व्यापार गर्न थाल्नुभयो। अहिलेको स्थानमा त पूर्व–पश्चिम राजमार्ग खुलेपछि मात्रै व्यापार सुरु गरिएको हो।”

समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो। राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरुसँगै देशभर पुग्यो । पसल थपिए, बजार बढ्दै गयो। बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो। “पसल खोलेर बसेका अधिकांशले बाजेबाटै काम सिकेका हुन् तर नाम फरक राखे पनि त हुन्थ्यो। अहिले त हाम्रो पसल नै ओझेलमा पर्ने गरी ठूलाठूला अक्षरमा नाम लेखेका छन्। यसले ग्राहकहरुलाई अल्मल्याउने काम भएको छ”, विवेकको गुनासो छ,“नामले मात्रै त व्यापार चल्ने होइन, बरु ग्राहकहरू अलमलमा पर्छन्। अस्वस्थ प्रतिस्पर्धा बढ्छ।”

‘पेडा भनेकै वैद्यनाथ बाजेको’ भन्ने भाष्य स्थापित गरेका साह अहिले छैनन्। एनको ११ वर्षअघि २०६९ साउन १८ गते निधन भएको हो। त्यसपछि पसलको नाममा वैद्यनाथ झुण्ड्याउने चलन झनै बढेको छ।  

बाजेको देहावसानपछि दुई छोरामध्ये कान्छोतर्फका जेठो नाति विवेकले व्यापार सम्हालिरहेका छन्। विवेकको हार्डवेयर पसल पनि छ। तर, पेडा पसलमा बस्नुको आनन्द नै छुट्टै हुने उनको अनुभव छ। उनी भन्छन्, “पूर्वमेचीदेखि पश्चिम महाकालीका मान्छेहरू आउँछन्। तीमध्ये पहिलो पटक आएका धेरै जना अरुलाई सोध्दैसोध्दै पसलमा आइपुग्छन्। बाजे, पेडा, आम्दानी, छ्यापछ्याप्ती खुलेका पसलबारे बुझ्न खोज्छन्। त्यसैले व्यापार र चिनजान दुबै हुन्छ, यसैमा आनन्द लाग्छ।”  

साहलाई आफ्नो बाजेको नाममा ठूलाठूला होर्डिङ्गबोर्डसहित खुलेका पसलहरू देख्दा आनन्द लाग्छ। तर, जब ग्राहकले तपाईको पसल खोज्नै मुस्किल भयो भनेर सुनाउँछन् तब नरमाइलो लाग्छ। “कहिलेकाही आफैँ पनि बाहिर निस्केर हेर्छु मेरै पसल बिर्साउने गरी बाजेको नाममा पसल खुलेका छन्। बाजेको निधनपछि त नाम मात्रै होइन ‘असली पेडा पसल’ आफ्नै हो भने जसरी बोर्डमा बाजेको तस्वीर पनि राख्न थालियो”,उनले सुनाए,“अहिले भने हामीले पसल अगाडि बाजेको शालिक निर्माण गरेका छौँ। त्यसले पसल पहिचानमा केही सहज त भएको छ तर फेरि त्यही पनि नक्कल गर्लान् कि भन्ने पीर छ।”

एक व्यक्तिले एउटा पसलबाट सुरु गरेका पेडा व्यापार अहिले एक सयभन्दा बढीले सुरु गरेका छन्। ती पसलहरूमा सयौंले रोजगारी र स्थानीय दूध उत्पादक किसानले बजार पाएका छन्। संस्थापक वैद्यनाथ बाजेको पसलमा मात्रै दैनिक पाँच सय लिटरसम्म दूधको खपत हुने गरेको छ। यहाँ सप्तरी, सिरहा, सुनसरीलगायतका जिल्लाबाट दूध सङ्कलन हुने गरेको स्थानीय व्यापारीहरूको भनाइ छ।  

बाजेको चिन्ता

बरमझियामा वैद्यनाथ बाजेको नामबिनाका पसल सायदै छन्। तिनै पसलको नाममा भइरहेको व्यापारले सयौं परिवारको रोजीरोटी चलिरहेको छ। उहाँ जीवितै हुँदा चलेको यो चलन उनको अनुपस्थितिमा अहिले झनै बढेको छ। पाँच वर्षअघि व्यापार सुरु गरेका जन्नत मन्सुरीले पनि वैद्यनाथ बाजेको नाम राखेरै पसल सुरु गरेका छन्। “सबैले पसलको बोर्डमा वैद्यनाथ बाजेको नाम ठूल्ठूला अक्षरमा लेखेका छन्। मैले मात्रै उनको नाम छुटाएमा अपमान गरेको जस्तो होला भनेर राखेको हो”, मन्सुरीले भने,“अरु स्वार्थ त के हुन्थ्यो र? नामले मात्रै व्यापार चल्ने होइन।”

वैद्यनाथ बाजेले देखाएको बाटो पछ्याउँदा अहिले आफ्नै देशमा केही गरेर खान सकिएको मनसुरीको कथन छ। आफू मात्रै होइन अरु तीन जनालाई काम दिएर उहाँहरुको घरमा पनि चुल्हो बाल्ने काम यही पसलबाट भएको मन्सुरीले बताए। “अहिले बेमौसममा पनि एक सय २० लिटर दूध किन्छौँ तर सिजनमा त तीन सय लिटरसम्म किन्नुपर्छ। सोच्नुस् त त्यसमा कतिको परिश्रम र रोजिरोटी जोडिएको छ”, मन्सुरीले भने, “स्थानीयस्तरमा रोजगारी सिर्जना गरिरहेका हामीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिन्छ। मिसावट हुन्छ भनेर हल्ला फैलाइन्छ, सबैको जिम्मा लिनसकिँदैन तर हामीले इमान्दारितापूर्वक आफ्नो कर्म गरिरहेका छौ। नभए गुणस्तर नाप्ने निकायहरू पनि छन्, परीक्षण गरे पनि भयो। किन बद्नाम गराउनु!”

विवेक साहका अनुसार वैद्यनाथ बाजे जीवित हुँदा पनि यस्तै हल्ला चल्थ्यो। त्यसैकारण एकपटक आफ्नो नामको दुरुपयोग हुने चिन्ताले बाजेले स्थानीय प्रशासनमा लिखित निवेदनसहित आफ्नो नाम हटाउन र नयाँ खोल्नेलाई नाम राख्न नदिन आग्रह गर्नुभयो। प्रशासनबाट हुबहु नाम नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि त्यो प्रचलन राकिएन, बरु निरन्तर बढिरहेको छ। “हरेक पसलमा बाजेको नामहुनु हाम्रो लागि पनि गौरब र उहाँको योगदानको सम्मान पनि हो तर बाजेलाई एउटै चिन्ता थियो कि कतै आफ्नो नाम बदनाम हुने त होइन ? अहिले हामीलाई पनि त्यही चिन्ता छ”, विवेकले भने।  

बेलाबखत पेडामा पीठो तथा बिस्कुट मिसाइएको, धेरैदिनको बासी पेडा बेचेको जस्ता हल्ला नसुनिएका होइनन्। यस्तो सुन्दा कालिगढ डोमी साहको मन कटक्क खान्छ। “यही व्यवसायबाट हामी सबैको चुल्हो बलेको छ। बरमझियाको पेडा भनेर नेपाल र भारतमा समेत इज्जत छ। बीसौ वर्ष यसैमा बिताएका छौ। नराम्रो सुनेपछि त मन खिन्न भइहाल्छ नि”, डोमीले मनको बह पोखे, “बाजेसँगै हामीले वर्षौ लगाएर कमाएको नाम बदनाम हुन एक दिन पनि लाग्दैन। त्यसैले सबै जनाले राम्रोसँग व्यापार गरे त हुन्थ्यो। तर खै! कसको नियत कस्तो हुन्छ ? सबै इमान्दार कहाँ हुन्छन् र?”

नाति विवेक भने पेडामा अन्य चिज मिसाउँदा लागत बढ्ने र त्यस्तो पेडा चाँडै खपत नभएमा गुणस्तर ह्रास भई लगानी खेरजाने हुँदा कसैले गलत काम गर्न नसक्ने विश्वास गर्छन्। यदि कसैले गलत काम गरेको शङ्का लागेमा सरोकारवाला निकायले अनुगमन र प्रयोगशालामा परीक्षण गरी समस्या समाधान गर्नुपर्ने तर एकाध व्यक्ति र घटना देखाएर बरमझियाको बेइज्जत नगर्न उनले आग्रह गरे।  

पेडाको ब्रान्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन्। त्यसमध्ये कान्छोतर्फका एक नातिले बाजे वैद्यनाथको व्यापार सम्हालिरहेका छन्। रगतको सम्बन्धका हिसाबले नाति विवेक परिवार बाजेको उत्तराधिकारी भए पनि त्यो क्षेत्रका सयभन्दा बढी पसलेले ‘पेडा बाजे’ वैद्यनाथको व्यापारिक उत्तराधिकारीका रुपमा हेर्ने गरेका छन्। त्यसैकारण ‘आफ्नो नाम, काम र ठाउँको बदनाम पो हुने हो कि!’ भन्ने संशयसहित स्वर्गबास भएका बाजे वैद्यनाथको त्यो संशय मेटाउने दायित्व पनि यी सबै पेडा व्यवसायीको हो। टीकाराम सुनार र सुदीप राउत
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
२४ मिनेट अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस