बाघ मारेर सेलाएपछि सकियो पोखराको बाघ जात्रा
२० भदौ २०८०
•
४ मिनेट पाठ
बाघ मारेर सेलाएपछि सकियो पोखराको बाघ जात्रा
पोखरामा निकालिएको बाघ जात्रामा बाघ मारेर जात्रा समापन गर्दैगर्दा। तस्बिर: युगिन श्रेष्ठ
बाघ मारेर सेलाएपछि पोखरामा भएको तीन दिने बाघ जात्रा समापन भएको छ। जनतालाई दुःख दिने हिंस्रक जंगली जनावरका रुपमा देखाइएको बाघलाई मारेर सेलाएपछि पोखरामा मंगलबारदेखि शुरु भएको बाघ जात्रा बिहीबार सम्पन्न भएको हो।




बाघ जात्राको अन्तिम दिन नेवा छेँ भवन नदीपुरबाट शुरु भएको जात्रा नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, शितलदेवी, गौंडाकोमुख, अमरसिंहचोकहुँदै पोखरा रंगशालामा आएर बाघ मार्ने कार्यक्रममा परिणत भएको थियो। हजारौं सर्वसाधारणको भिडकाबीच बाघ मार्दा हर्षोल्लास छाएको थियो।

जात्राको मुख्य उद्देश्य नै बाघ मारेर जनतालाई पीडाबाट उन्मुक्ति दिएको देखाउनु हो। पोखरामा तेईस वर्षपछि देखाइएको जात्रापनि यहि दृश्य देखाउँदा उपस्थित दर्शकको मन रमायो। किम्वदन्ती अनुसार कुनै समय जंगली हिंस्रक जनावर बाघले शहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाईसमेत आक्रमण गरेर मार्न थालेपछि जनताले तत्कालीन राजालाई नरभक्षी बाघ मारिदिन अनुरोध गरियो। सो अनुरोध अनुसार राजाले आफ्नै उपस्थितिमा आफ्नो सम्पूर्ण राज्यशक्तिका रुपमा प्रधानमन्त्री, सेनापती, सेना, शिकारीहरु, जनता प्रयोग गरेर चारैतिरबाट घेरा हाली बाघलाई बन्दुकले हानेर मारिएको थियो। नरभक्षी बाघबाट जनतालाई उन्मुक्ति दिएकाले त्यसलाई पछि जात्राका रुपमा मनाउन थालिएअनुसार पोखरामापनि जात्रा मनाउन थालेको पाइएको बाघ जात्रा तयारी समितिका सचिव सुनिल उलकले जानकारी दिए। जात्राको सन्देश अहिलेपनि बाघ मार्नुपर्छ भन्ने नरहेको तर मानिसलाई दुःख दिने हिंस्रक जनावर मारेर जनतालाई मुक्ति दिलाउनुपर्छ भन्ने रहेको उनको भनाई छ।

बाघ जात्रामा ऐतिहासिक पक्षको उजागर गरिएको छ। त्यसरी ऐतिहासिक पक्ष उजागर गर्न अग्रभागमा कुमारी, त्यसपछि तायाःमचा नाच, धिमेबाजा, घोडानाच राखिएको छ। त्यसपछि घोडामा सवार श्रीपेच लगाएको राजा र डोलीमा चढाएर रानी राखिन्छ भने त्यसको दायाँबायाँ प्रधानमन्त्री र सेनापतीसहित जनता साथमा हुन्छन्। राजारानी र प्रधानमन्त्रीको दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासीन्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरुपनि दुरुस्तै देखिनेगरी राखिन्छ। बाघ जात्राको प्रमुख आर्षणका रुपमा बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेकेग्वाराहरु हुन्छन्। जात्रालाई जीवन्त बनाउनका लागि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीसमेत परिचालन गरिएको थियो। जात्रामा विशेष आकर्षणका रुपमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रापनि समावेश छ। भक्तपुर वडा नं ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोलि सहभागि भएको हो।

तेईस वर्षपछि निकालिएको बाघजात्रा देख्दा बुढापाकाहरु पहिलेको बाघजात्रासँग तुलना गर्दै गफिएका देखिन्थे। पहिले नदेखेकाहरु एक्कासी राजारानीदेखि प्रधानमन्त्री र सेनापतीसहितको लस्कर देख्दा अचम्म मान्दै हेरिरहेका भेटिए। कतिपय जात्राको ऐतिहासिकता जीवन्त बनेकोमा गदगद् भएको पाईयो भने कतिपयचाहिं गणतन्त्र आएको डेढ दशकपछि जात्राको नाममा राजारानी बनाएर सेनाको लावालस्कर लगाएको देखाउनु बेकार भएको टिप्पणी गर्नेपनि भेटिए। तर जात्रा तयारी समितिका सचिव सुनिल उलक ऐतिहासिक पक्ष जस्ताकोतस्तै देखाउने प्रयासलाई अन्यथा लिन नहुने बताउँछन्। 'हामीले गणतन्त्रको विरोध गरेका होईनौं। ऐतिहासिक पक्षलाई उजागर गर्नमात्र राजारानीदेखि सेनापतीसम्मको चरित्र जस्ताकोतस्तै राखेका हौं।’

बाघजात्रामा पोखरेली सर्वसाधारणको सहभागिता बाक्लै देखियो। नेवार समुदायको संस्कृतिमा पर्ने जात्रा भएकाले सो समुदायको सहभागिता बाक्लो रुपमा देखियो भने गैह्रनेवार समुदायकोपनि सहभागिता र उपस्थितिपनि ठूलो मात्रामा देखियो। खास गरेर घर अगाडी आउँदा ताँती लागेर हेर्नका लागि भीड देखियो भने ठाउँठाउँमा घडा राखेर स्वागत तथा फलफूल वितरण गर्नेपनि प्रशस्तै थिए। सर्वसाधारणले उत्सुकता र रुचीपूर्वक हेर्दा आयोजकलाई हौषला मिलेको सचिव उलकले बताए।

बाघ जात्रा तीन प्रदर्शन गरिएको थियो। जात्राको पहिलो दिन नेवा छेँबाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा पुगेर समापन भएको थियो भने दोश्रो दिन नेवा छेँ भवनबाटै शुरु भई गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौरहुँदै सृजनाचोक पुगेर सभागृहचोक, पृथ्वीचोक, नयाबजार, महेन्द्रपुल, तेर्सापट्टी, नालामुखचोक हुँदै नेवाः छेँ मै फर्किएर समापन भएको थियो।

पोखराको सबैभन्दा पुरानो जात्रा मानिने बाघ जात्रा एक सय वर्ष अघिदेखि शुरु भएको बताईन्छ। २०५७ सालपछि भने पोखरामा प्रदर्शन हुन सकेको थिएन। बाघ जात्रामा प्रायः सबै जात्राहरुको संयोजन हुने बाघ जात्रा तयारी समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस