सर्लाही प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका अनुसार सर्लाहीको धनकौल गाउँपालिका-४ स्थित इलाका प्रहरी कार्यालय हरकठवाबाट खटिएको प्रहरी टोलीले सोमबार राति चेकजाँच गर्ने क्रममा धनकौल गाउँपालिका-३ का निरञ्जन रायलाई नियन्त्रणमा लिएको हो।
रायले चोरी गरी चलाइरहेका मधेश प्रदेश ३ ३–०२४ प. ८९०४ नम्बरको कालो रंगको स्पेलन्डर मोटरसाइकल सहित नियन्त्रणमा लिई मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरेर सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसै गरी मंगलवार मध्य राति बरहथवा नगरपालिका-७ स्थित प्रहरी टोलीले नम्बर प्लेट नभएको तीव्र गतिमा आउँदै गरेको कालो रंगको २२० सिसीको पल्सर मोटरसाइकल रोकेर चेकजाँच गर्दा बरहथवा नगरपालिका-७ बस्ने मुना यादव र पछाडि सवार ३५ वर्षीय हरिलाल महतोलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि मोटरसाइकल चोरी शीर्षकमा ५ दिनको म्याद थप गराएर कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।