अझै पुनःस्थापनको पर्खाइमै मुक्त हलिया
२१ भदौ २०८०
•
३ मिनेट पाठ
अझै पुनःस्थापनको पर्खाइमै मुक्त हलिया
निर्धारित पुनःस्थापनाको समयावधि लम्बिँदै जाँदा मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन।  

उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार पुनःस्थापनाका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा मुक्त भएको १५ वर्ष बितिसक्दा पनि मुक्त हलियाले सम्मानित जीवन व्यतित गर्न पाएका छैनन्।  

‘कैयौँ मुक्त हलिया परिवार पुनःहलिया बस्न बाध्य छन्’, उनले भने, ‘केही हलिया परिवार परम्परागत हलियाबाट आधुनिक सहरीया मजदुरका रुपमा परिणत भएका छन्, यस कार्यले साँझ बिहानको छाक टार्नसमेत मुश्किल भएको छ।’ बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चितसमेत भएका छन्।  

बाध्यकारी श्रमिकका रुपमा कार्य गरिरहेका मुक्त हलियालाई दासत्वबाट मुक्त गरी उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकार सुनिश्चित गरी राज्यको मूल प्रवाहमा ल्याई सम्मानित जीवन व्यतित गर्ने वातावरण कायम गरिनुपर्ने उनले बताए।  

हलिया अधिकारकर्मी हरि श्रीपालीका अनुसार हलिया महासङ्घले सङ्घीय सरकारसँग निरन्तर गरेको वकालत तथा पैरवीका माध्यमबाट मुक्त हलिया, कमैया, कम्लहरी, हरुवाचरुवालगायत अन्य बाध्यकारी श्रमिकका समस्या सम्बोधनका लागि सङ्घीय सरकारले अवस्था अध्ययन गर्न पाँच सदस्यीय वस्तुस्थिति अध्ययन समिति गठन गरेको थियो।  

अध्ययन समितिले पेस गरेको प्रतिवेदनका आधारमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया, कमैया, कम्लहरी, हरुवाचरुवा पुनःस्थापना कार्यविधि र कार्ययोजना मस्यौदा तयार गरेको छ। उक्त कार्यविधि हालसम्म पारित हुन सकेको छैन। ‘कार्यविधि र कार्ययोजना तत्काल पारित गरी कार्यान्वय गर्न माग गरेका छौँ’, श्रीपाइलीले भने, ‘कार्यविधि र कार्ययोजना पारित भएर कार्यान्वयनमा ल्याइएपछि मात्रै मुक्त हलिया पुनःस्थापनका कार्यमा टेवा पुग्छ।’

संस्थाको अगुवाइमा भएको पैरवीले सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहहरुले मुक्त हलिया पुनःस्थापन कार्यविधि पारित गरेको उनले बताए। प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा थोरै भए पनि मुक्त हलियालाई सम्बोधन गरेको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताए।  

‘विनियोजित बजेटको समयमै कार्य प्रारम्भ गरी कार्यान्वयन गर्न माग गर्दछौँ’, उनले भने, ‘नेपाल सरकार र मुक्त हलियाबीच भएको पाँचबुँदे, १० बुँदे सिफारिस र पाँच सदस्यीय वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयनको प्रक्रियामा लैजान र मुक्त हलिया समुदायको दीगो तथा न्यायोचित पुनःस्थापनका लागि तीनवटै तहका सरकारसँग जोडदार माग गर्दछौ ।’  

हालसम्म मुक्त हलिया पुनःस्थापनको अवस्था हेर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेपाल सरकारबाट प्रमाणिकरण भएका १६ हजार नौ सय ५३ घरधुरीमध्ये १३ हजार पाँच सय ४६ घरधुरीले पुनःस्थापन प्याकेज पाएका छन्। पुनःस्थापन प्याकेज पाएकामध्ये नौ प्रतिशत घरधुरीले पुनःस्थापनको अन्तिम किस्ताबापतको रकम पाउन सकेका छैनन्। अझै २० प्रतिशत मुक्त हलिया पुनःस्थापनको पखाईमा रहेका छन्। रासस
अर्को समाचार
दृष्टिविहीनहरूको आन्दोलनमा धरपकड, १२ जना प्रहरी नियन्त्रणमा
१९ चैत्र २०८०
•
१ मिनेट पाठ
दृष्टिविहीनहरूको आन्दोलनमा धरपकड, १२ जना प्रहरी नियन्त्रणमा
नेपाल प्रहरीले सोमबार आन्दोलनरत दृष्टिविहीनहरूलाई पक्राउ गरेको  छ। काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित कार्यालयको गेट बाहिरबाट प्रहरीले २ महिला र १० पुरुष दृष्टिविहीनलाई पक्राउ गरेको हो। ती दृष्टिविहीनहरूले आफ्ना माग राखेर प्रदर्शन गरिरहेका थिए।

गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिविहीनहरू आन्दोलनमा उत्रेका हुन। उनीहरूले आफूहरूलाई काम गरेर खान नदिएको भन्दै आन्दोलन गरेका हुन्।

सोमवार उनीहरूले काठमाडौँ महानगरपालिकादेखि भृकुटीमण्डपसम्म विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले दृष्टिविहीनको जीविकाको आधार गीत गाउने पेसा भएकाले स्पिकरसहित गाउन पाउनुपर्ने माग राखेका छन्।

दुई साताअघि स्वयम्भूमा गीत गाइरहेका दुई जना दृष्टिविहीनको स्पिकर महानगर प्रहरीले खोसेको थियो।

यसअघि विभिन्न ठाउँबाट स्पिकर खोसे पनि फिर्ता दिने गरेकोमा यसपटक महानगरले फिर्ता नदिएको उनीहरूको गुनासो छ। सरकारले दिने मासिक २ हजार रूपैयाँ भत्ताले दृष्टिविहीनको गुजारा नचल्ने भएकाले कि सरकारले उनीहरूको जीविका चल्ने गरी रोजगारी दिनुपर्‍यो र उचित व्यवस्थापन गर्नुपर्ने अन्यथा गीत गाउन दिनुपर्ने उनीहरूको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस