विराटनगरमा राधाकृष्णको रथ यात्रा सुरु भएको छ। आज दिउँसो ३ बजे विराटनगर-१ स्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु भएको हो।
रथ यात्रामा सहभागी बनेर शंकास्पद गतिविधिमा संलग्न देखिएका ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ। विगतमा चोरी, लुटपाट तथा हुल हुज्जत लगायतका गतिविधिमा संलग्न रहेकाहरू रथ यात्राको भीडमा पसेर शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार रथ यात्रामा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ३८ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान भइरहेको छ।
जसमा ६ जना नेपाली र ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।