कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबिच झडप भएपछि बढ्दै गएको तनाव नियन्त्रण गर्न सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको छ।
अबेर राति अवस्था सामान्य बने पनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो।
तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको सर्लाही प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ४ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ। सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ। बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेका छैनन्।
निषेधाज्ञा शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म रहने प्रशासनले जनाएको छ।शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबिच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गर्दै भीड तितरबितर पारेको थियो।