स्वास्थ्यका १ सय ३३ भवन अझै बनेनन्
२३ भदौ २०७४
•
९ मिनेट पाठ
स्वास्थ्यका १ सय ३३ भवन अझै बनेनन्
काठमाडौं- प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक वर्षमा निर्माण सम्पन्न गराएका थिए । तर अहिले दुईतलाको एउटा भवन ९ वर्षमा पनि निर्माण हँुदैन । यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती भवनलाई रुग्ण आयोजनाका रुपमा राखेर छानबिन सुरु गरेको छ ।  

‘२०६५ सालदेखि ठेक्का दिएका भवन अहिलेसम्म बनेका छैनन् तर पनि ठेक्का रद्द हुँदैन । र, कारबाही पनि हुँदैन । ठेकेदारले चरम लापरबाही गर्दा पनि सरोकारवाला निकाय कारबाही गर्नुको सट्टा म्याद थपेर बसिरहेको छ ।’

ठेकेदार र भवन निर्माण विभागको लापरबाहीले ३१ जिल्लाका १ सय ३३ वटा भवन ठेक्कासम्झौताको नौ र ७ वर्ष बितिसक्दा पनि बनेका छैनन् । एकतले भवन तीन महिना र साढे तीन तलासम्मको भवनको निर्माण कार्य छ महिनामा पूरा हुन्छ । ‘ठेकेदार र जिम्मेवार पदाधिकारी तथा कर्मचारीको लापरबाहीको नमुना हेर्नुप¥यो भने सहरी विकास मन्त्रालयमा आए हुन्छ’, सहरी विकास मन्त्रालयका एक पदाधिकारीले भने, ‘योभन्दा गैरजिम्मेवार निकाय अरु कोही छैन होला ।’

ती पदाधिकारीका अनुसार सबै भवन स्वास्थ्यस“ग सम्बन्धित छन् । जिल्ला अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी, प्रसूति गृह, स्वास्थ्यकर्मी निवास गृह सम्झौताको नौ वर्ष बित्दा पनि बन्न नसकेका हुन् । ‘२०६५ सालदेखि ठेक्का दिएका भवनहरू अहिलेसम्म बनेका छैनन् । तर पनि ठेक्का रद्द हुँदैन । र, कारबाही पनि हुँदैन’, ती पदाधिकारीले नागरिकस“ग भने । ठेकेदारको चरम लापरबाहीले  सार्वजनिक भवन निर्माण कार्य वर्षौदेखि ठप्प छ तर सरोकारवाला निकाय कारबाही गर्नुको सट्टा म्याद थप गरेर बसिरहेको छ ।

सहरी विकास मन्त्रालयबाट प्राप्त विवरण अनुसार ठेक्का भइसकेका १ सय ३३ वटा भवन सबै स्वास्थ्य पूर्वाधारस“ग सम्बन्धित छ । पर्सामा २२, सुर्खेतमा १४, डोटीमा १३, धनुषामा ११, धनकुटामा १०, सप्तरी र बाग्लुङमा ६÷६, उदयपुरमा ५, इलाम र दोलखामा ४÷४, मोरङ, बा“के, रोल्पा र काठमाडांैमा ३÷३, ओखलढुंगा, सिन्धुली, काभ्रे, गोरखा, लमजुङ, रुपन्देही, दाङ र कैलालीमा २÷२, पाल्पा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, नुवाकोट, रसुवा, धादिङ र जुम्लामा १÷१ गरी १ सय ३३ वटा भवन निर्माणका लागि ०६५÷६६ देखि ०६८÷६९ को बीचमा ठेक्कासम्झौता भएको हो । धेरैजसो भवन निर्माणको पहिलो सम्झौता एक वर्षका लागि गरिएको थियो । सम्झौताअनुसार कुनै पनि भवनको निर्माण कार्य सम्पन्न भएको छैन । सहरी विकास तथा भवन निर्माण विभागले देशभरका ३५ वटा डिभिजन कार्यालयमार्फत ती भवन निर्माणको ठेक्का दिएको हो । तर कुनै पनि ठेकेदारले  भवन बनाएर सरकारलाई हस्तान्तरण गरेका छैनन् ।

विभागका महानिर्देशक शिवहरि शर्माका अनुसार  विभागअन्तर्गत १ हजार ५२ वटा आयोजना सञ्चालन भइरहेका छन् । तीमध्ये करिब १० प्रतिशत रुग्ण अवस्थामा रहेको शर्माको दाबी छ । ‘१ सय ३३ वटा होइन, समयमै काम नसकिएका ८० भवन हुन’, उनले भने, ‘सहरी विकासमा मात्र होइन १० प्रतिशत बदमासी त जुनसुकै निकायमा पनि हुन्छ ।’

उनले काम समयमा नसक्ने अधिकांश ठेकेदार सम्पर्कबाहिर रहेको बताए । ‘हामीकहा“ ठेक्का लिँदा ठूलो कम्पनीको नाम लिएर आउ“छन् । आफूले कन्ट्र¥याक्ट गरेर अरुलाई दिन्छन् । सुरुमा सम्झौता गर्ने कम्पनी पैसा लिएर भाग्छन्’, शर्माले भने । उनले काम नगर्ने ठेकेदारको म्याद थप नगरेको, उनीहरूलाई कालोसूचीमा राखेको, बैंक ग्यारेन्टी रकम रोकेको, जरिवाना  गरेको दाबी गरे । ‘तर पनि  काम लिन सकिएको छैन । उल्टै सर्वोच्च अदालतमा मुद्दा हालेर स्टे अर्डर लिएर हिँड्छन’, शर्माले भने, ‘निर्माण क्षेत्रमा यो एउटा ठूलो समस्या छ । यसरी काम छोडेर भाग्नेलाई निरुत्साहित गर्नुपर्छ ।’

सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापाले निर्माण व्यवसायमा संलग्न अधिकांश व्यक्तिहरू कुनै न कुनै राजनीतिक दलस“ग आबद्घ हुने गरेको बताए । ‘अधिकांश त आफैं नेता हुन्छन्, कतिपय ठेकेदारलाई कुनै न कुनै राजनीतिक दलको संरक्षण हुन्छ’, उनले भने, ‘यस्तो भएकाले सरकारी इन्जिनियर र प्राविधिकले उनीहरूस“ग काम लिन सक्दैनन् ।’ थापा पनि समयमै काम नसकिनुको प्रमुख कारणमा ठेकेदारले बीचमै काम छाड्ने प्रवृत्तिलाई लिन्छन् । ‘कतिपय ठेकेदारले दुर्गम र विकट ठाउँका काम लिन्छन् तर पछि बीचमा छोडेर भाग्छन्’, उनले नागरिकस“ग भने, ‘उनीहरूलाई समयमा काम नगरेबापत जरिवाना पनि हुन्छ ।  तर, त्यही जरिवानाविरुद्घ मुद्दा हाल्छन् । काम गर्दैनन् ।’

थापा कानुनी जटिलताले गर्दा पनि निर्माण कार्यमा अवरोध आउने गरेको अनुभव सुनाउ“छन् । ‘ठेक्का एकलौटी रुपमा तोड्ने कानुनी व्यवस्था पनि झन्झटिलो छ । एकलौटी रुपमा तोड्दा फेरि उनीहरू अदालत जान्छन् र काम अड्किरहन्छ’, उनले भने  ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन यसमा व्यवसायीको मात्र कमजोरी नभएको बताउ“छन् । ‘सरकारी प्राविधिकले कडाइका साथ समयमा अनुगमन गर्दैनन् । एकदम कम मूल्यमा हालेको ठेक्का स्वीकृत गर्छन्’, उनले भने, ‘सरकारी लापरबाही पनि त्यत्तिकै छ ।’ काम लिन लागेको ठेकेदारको विगत र उसले कति ठा“उमा काम गरिरहेको छ भन्ने कुराको ख्यालै नराखी ठेक्का दिने प्रवृत्तिले पनि समस्या आएको गौचन बताउ“छन् । ‘दस ठाउँमा व्यस्त  ठेकेदारलाई काम दिने, म्याद थप्दै जाने चलन छ । समय बितेसँगै निर्माण सामग्रीको मूल्य पनि बढ्दै जान्छ । बढेको मूल्य ठेकेदारले पाउँदैन अनि ऊ नभागेर के गरोस् त’, उनी भन्छन् ।

सहरी विकासमन्त्री प्रभु साह काम नगर्ने ठेकेदारलाई संरक्षण गर्ने कर्मचारी र ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाउन पटकपटक निर्देशन दिएको बताउ“छन् । ‘सम्झौता अनुसार काम नसक्ने ठेकेदार र दोषी कर्मचारीलाई पनि कारबाही गर्न भनेर मैले पा“च सदस्यीय समिति बनाएको छु’, उनले भने, ‘त्यो समितिले प्रतिवेदन बुझाएपछि त्यसअनुरुप कारबाही प्रक्रिया अघि बढाउ“छु ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस