सहकारीपीडितलाई उजुरी गर्न अपिल
२४ भदौ २०८०
•
१ मिनेट पाठ
सहकारीपीडितलाई उजुरी गर्न अपिल
जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ।




एक वर्षअघि बेनी नगरपालिका-८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ। सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुुरुङले बताए।

‘सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा असार १७ गतेदेखि अनुसन्धान भइरहेको छ’, उनले भने, ‘मुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि रहने हुँदा अन्य बचतकर्तालाई समयमै जाहेरी दरखास्त दर्ता गर्न अपिल गरेका छौं।’

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका-३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन्। सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो।

सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याज दरको लोभमा करोडौं बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो। बेनीको न्यूरोडमा करिब छ करोड रुपैयाँमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा चलाउँदै आएको थियो।

बचतकर्ता सेयर सदस्यको करिब छ करोड ५० लाख रुपैयाँ सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ। पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन्। निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो।  
अर्को समाचार
सहकारीपीडितलाई उजुरी गर्न अपिल
२४ भदौ २०८०
•
१ मिनेट पाठ
सहकारीपीडितलाई उजुरी गर्न अपिल
जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ।




एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ। सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुुरुङले बताए।

‘सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा असार १७ गतेदेखि अनुसन्धान भइरहेको छ’, उनले भने, ‘मुुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि रहने हुँदा अन्य बचतकर्तालाई समयमै जाहेरी दरखास्त दर्ता गर्न अपिल गरेका छौं।’

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन्। सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो।

सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याज दरको लोभमा करोडौं बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो। बेनीको न्यूरोडमा करिब छ करोड रुपैयाँमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो।

बचतकर्ता सेयर सदस्यको करिब छ करोड ५० लाख रुपैयाँ सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ। पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन्। निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो।  
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस