सर्लाहीमा आइतबार पनि तनावको स्थिति सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर तथा अश्रुग्याँस प्रहार गर्नुपर्याे।
गत शुक्रबारदेखि सर्लाही सदरमुकाम मलंगवाको स्थिति तनावग्रस्त रहँदै आएकोमा आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मलंगवा नगरपालिका कार्यालय, स्थानीय राजनीतिक दल तथा राजनीतिकर्मीहरु र मानव अधिकारकर्मीसमेतको पहलमा स्थिति सामान्य बनेको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार साँझदेखि आइतबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको र त्यसपछिको अवधिमा बुधबारसम्म कुनै पनि जुलुस, प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको भएता पनि आइतबार दिउँसो अवस्था तनावग्रस्त बनेको थियो।
मलंगवामा प्रदर्शनकारीहरु उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बलकाे समेत प्रयोग गर्नुपरेको थियो। यसै गरी स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ११ जनालाई पक्राउ गर्याे।
तनावका बिच सर्वपक्षीय पहलले मलंगवाको स्थिति सामान्य भएको छ। घटनाको छानबिनको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक छानबिन टोली बनाइएको छ।
छानबिनको निष्कर्ष आएपछि त्यसै अनुसार कारबाही अगाडि बढाउने सर्तमा सबै पक्ष मन्जुर भएका छन्। सबै पक्ष मन्जुर भएपछि सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा मलंगवा नगरपालिकाको अगुवाइमा सर्वपक्षीय सद्भाव र्याली प्रदर्शन गरिएको हाे।
छानबिन समितिले १५ दिनको म्याद पाएको छ भने दिउँसो पक्राउ गरिएकालाई पनि रिहा गरिसकिएको सर्लाहीका नेपाल प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए। सद्भाव र्यालीपछि मलंगवाको स्थिति सामान्य भइसकेको एसपी सुवेदीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार बिहान जारी गरेको चार दिनको लागि निषेधाज्ञा भने कायम रहेको छ। निषेधाज्ञाको विषयमा पुनः विचार गरिने सुरक्षा स्रोतको दाबी छ।