एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल
२५ भदौ २०७४
•
९ मिनेट पाठ
एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल
काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ ।




दुई वर्षअघि  निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै बढाउन कलेज सञ्चालहरूको दबाब परेको छ । उनीहरूकै हितमा शुल्क  र सिट संख्या बढाउन चलखेल सुरु भएको हो । काठमाडांै विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रवेश परीक्षा नहुँदै कलेजहरूले धमाधम सिट बुकिङ गर्न थालेका छन् । त्रिविको आइओएमले असोज अन्तिम साता र काठमाडौं विश्वविद्यालयले शनिबार प्रवेश परीक्षा लिँदैछन् ।

दुई वर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट दुवै परिमार्जन गर्न कलेज सञ्चालकहरूबाट दबाब परेको छ ।

काठमाडौं मेडिकल कलेजले विदेशी विद्यार्थीको सिटमा भर्नाका लागि ५ लाख रुपैयाँ ‘एड्भान्स’ लिएर बुकिङ सुरु गरेको प्रमाण भेटिएको छ ।

डा. गोविन्द केसीको नवौं अनशनका क्रममा भर्ना, शुल्क र सिट संख्या व्यवस्थित गर्ने सहमति भएको थियो । दुई वर्षअघि एमबिबिएसतर्फ उपत्यका बाहिर ४२ लाख र उपत्यकाभित्र ३८ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको थियो । त्यतिबेला पहिलो वर्ष आर्थिक वृद्धिका आधारमा र त्यसपछि प्रत्येक दुई वर्षमा चिकित्सा शिक्षा आयोगले शुल्क पुनरावलोकन गर्ने सहमति भएको थियो ।

कलेज सञ्चालकको दबाब आएको भन्दै शिक्षा मन्त्रालयले गत बुधबार एमबिबिएस पढाइ हुने त्रिवि र काठमाडौं विश्वविद्यालयका पदाधिकारी तथा डिनलाई मन्त्रालयमा  बोलाएर शुल्क र सिट निर्धारणबारे छलफल गरेको थियो । बैठकमा दुवै विश्वविद्यालयका डिन दुई वर्षअघि निर्धारित शुल्क र सिट संख्यामा पुनर्विचार गर्न सहमत बनेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । सो बैठकमा अघिल्लो वर्ष ६२ लाख शुल्क निर्धारण गर्ने समितिका संयोजक डा. शिवकुमार राई, चितवन मेडिकल कलेज सञ्चालक डा. हरिश न्यौपाने र युनिभर्सल मेडिकल कलेज सञ्चालक खुमा अर्यालसमेत उपस्थित थिए । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बैठक भएको तर आफूलाई कुनै निर्णय भए÷नभएबारे जानकारी नभएको बताए । ‘मन्त्रिपरिषद्को जे निर्णय छ शिक्षा मन्त्रालय त्यसैमा हुनुपर्छ,’ लम्सालले भने ।

यो वर्ष पूर्वसहमतिविपरीत शुल्क एकमुष्ठ ५० लाख तोक्ने, सिट संख्या अधिकतम १ सय १५ नै राख्ने वा ७५÷७५ का दरमा ६ महिनाको अन्तरमा भर्ना लिएर अनुमति दिने योजना सरकारको छ । दुई चरणमा सिट दिने कुरामा सहमति नबने कलेजहरूलाई १० प्रतिशत म्यानेजमेन्ट कोटा भनेर मनपरी शुल्क असुल्न सक्नेगरी जो सुकैलाई भर्ना गर्ने सिट दिने तयारीमा दुवै विश्वविद्यालय लागेका छन् ।

त्यसैगरी चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको सिफारिसअनुसार मन्त्रिपरिषद्बाटै यो वर्ष मेडिकल कलेजका सिट बढीमा १०० निर्धारण गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार पहिलो वर्ष अधिकतम् १३०, गत वर्ष ११५ तोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयलाई नेपाल मेडिकल काउन्सिलले समेत ग्रहण गरेर लागू गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्ष नै सिट निर्धारणमा चलखेलकै लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबमा काउन्सिल बैठक नै रोकेर चलखेल भएको थियो ।

स्रोतका अनुसार यस वर्ष त्रिवि र काठमाडौं विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन मेरिट भर्नामा कडाइ गर्ने सहमतिमा शुल्क र सिट संख्यामा लचक हुने संकेत मिलेपछि कलेज सञ्चालकहरू शुल्क बढ्ने र सिट पनि नघट्ने भन्दै सिट बुकिङमा लागेका छन् ।

अघिल्लो वर्ष अधिकतम शुल्क ४२ लाख तोकिए पनि कलेज सञ्चालले ६० लाखसम्म असुलेको हुँदा यो वर्ष विश्वविद्यालयका खातामै भर्ना शुल्क रकम जम्मा गर्नुपर्ने भनाइ विश्वविद्यालयका पदाधिकारीको छ । कलेज सञ्चालकले मनपरी शुल्क असुल्नकै लागि मेरिटमा अगाडि रहेका विद्यार्थीलाई अनेक बाहना गरेर पन्छाउने र पछाडि रहेकालाई बढी शुल्क लिएर भर्ना गर्दै आएका छन् । जसका कारण गुणस्तरीय र जेहेनदार विद्यार्थीले भन्दा बढी पैसा तिर्नेले मेडिकल शिक्षा पढ्ने अवसर पाउँदै आएका छन् ।

डा. केसीले जेहेनदार विद्यार्थीलाई पढ्न नदिने चलखेल भए आफू चुप लागेर नबस्ने बताए । ‘विद्यार्थी भर्ना, शुल्क निर्धारणमा कुनै चलखेल भए मान्य हुँदैन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा सत्याग्रहमा जान्छु ।’

केही महिनाअघि स्नातकोत्तर (पिजी) तर्फ काठमाडौं विश्वविद्यायले शुल्क नियन्त्रित गरे पनि त्रिविले समयमा नतोकी चलखेल गर्दा कलेजले मनपरी उठाएका थिए । ढिला गरी पिजी शुल्क ३१ लाख निर्धारण गरियो । केही कलेजले तोकिएभन्दा बढी रकम असुले तर कारबाही भएन् । नेसनलले दुई वर्षमा तोकिएभन्दा १८ लाख बढी शुल्क असुलेको बिल नागरिकसँग छ ।

राष्ट्रिय योजना आयोगका सदस्य शिवकुमार राईको संयोजकत्वको समितिले गत वर्ष  एमबिबिएस तहको शुल्क यो वर्षका लागि ४८ देखि ६२ लाख तोक्न सिफरिस गरेको थियो । डा. केसीको दसौं अनशन क्रममा सो शुल्क प्रतिवेदन लागू नगर्ने सहमति भएको थियो ।

सरकारले पटकपटक चिकित्सा शिक्षा शुल्क तोक्ने प्रयास गरे पनि निजी कलेज सञ्चालको अटेरीले सफल हुन सकेको छैन । योजना आयोगका तत्कालीन सदस्य तीर्थ खनियाँको संयोजकत्वमा समिति बनाइए पनि सरकार परिवर्तन भएपछि डा. राईले नै योजना आयोगका तर्फबाट समितिको नेतृत्व गरेर प्रतिवेदन बुझाएका थिए । त्यतिबेला राई समितिले ३२ लाख रुपैयाँ शुल्क तोक्न सिफारिस गरे पनि निजी कलेज सञ्चालको दबाबमा लागू हुनै सकेन् । गत वर्ष केदारभक्त माथेमाको  प्रतिवेदनको आधारमा शुल्क सीमा लागू गर्ने निर्णय सरकारले गरे पनि कलेजरूको अटेरीकै कारण कार्यान्वयनमा आउन सकेको छैन ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस