चितवन निकुञ्जमा ‘गुगल’ को आँखा
२५ भदौ २०७४
•
७ मिनेट पाठ
चितवन निकुञ्जमा ‘गुगल’ को आँखा
कसरा (चितवन)- सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत  चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ ।  

गुगलले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) अमेरिकामार्फत चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न किसिमका प्रविधि जडान गर्न सहयोग गरेको हो ।

गुगलको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जमा जडान गरिएको प्रविधि गत दुई महिनादेखि सञ्चालन भएको छैन । वन्यजन्तुको अवरोध र वर्षाले गर्दा समस्या आएको निकुञ्ज प्रशासनको दाबी छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक अनुसन्धान अधिकृत रूपक महर्जनले वन्यजन्तुको सुरक्षा, संरक्षण, अनुसन्धान र व्यवस्थापन चुस्त पार्ने उद्देश्यले आधुनिक प्रविधि जडान गर्न गुगलले सहयोग गरेको जानकारी दिए । ‘गुगलको पैसा हो, यो’, उनले भने, ‘डब्लुडब्लुएफले गुगलबाट पैसा लिएर हामीलाई दिएको हो ।’

महर्जनका अनुसार गुगलबाट प्राप्त सहयोगबाट चितवन निकुञ्जमा ५० किलोमिटर क्षेत्रफलमा फाइबर ओछ्याइएको छ । २५ वटा सिसी क्यामेरा पनि जडान भएका छन् । ताररहित प्रविधि सञ्चालन गर्न पा“चवटा टावर, तीन ठा“उमा मानव–वन्यजन्तु कम गर्न पूर्वसूचना प्रविधिसहितको प्रविधि, ५४ वटा गाडीमा सवारीसाधन ट्र्याकिङ प्रणालीलगायत जडान गरिएको छ ।

उनका अनुसार बरन्डाभार जंगल, चितवन, शुक्लाफा“टा, बर्दियामा प्रविधि जडान गर्न डेढ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये सबैभन्दा बढी खर्च चितवनमा भएको छ ।

विश्व वन्यजन्तु कोष अमेरिकाले गुगलबाट पैसा लिएर ‘वाइल्डलाइफ क्राइम टेक्नोलोजी प्राजेक्ट’ अन्तर्गत नेपाललाई सहयोग गरेको हो । ६ महिना अघिदेखि सुरु भएको यो परियोजनाले चितवन निकुञ्जमा सबै प्रविधि जडान गरिसके पनि सञ्चालनमा आउन सकेको छैन । चितवनभित्रका सबै सिसी क्यामेरा अहिले बन्द छन् ।

‘जडान गरेको एकदुई महिना चलाइयो । पछि वर्षा लागे पनि समस्या देखिए’, महर्जन भन्छन्, ‘सबैभन्दा बढी समस्या ब्याट्रीको आएको छ ।’ उनले कसराबाट माडीतर्फ जाने बाटो बनाउ“दा डोजरले गर्दा फाइबर चुँडिएकाले समस्या आएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले सिसी क्यामेरा जडान गरिएका दुईवटा पोल जंगली हात्तीले ढालेको र फाइबर ओछ्याएको जमिन भालु र ब“देलले खोस्रिएकाले समस्या आएको जानकारी दिए । ‘नया“ प्रविधि भएकाले पनि तालिम प्राप्त जनशक्ति अभावले सञ्चालनमा समस्या आइरहेको छ’, उनले भने, ‘यी प्रविधि सञ्चालन गर्न पूर्णकालीन प्राविधिकको आवश्यकता पनि खड्किएको छ ।’ खड्काले निकुञ्जका कर्मचारी पनि प्रविधिमा पूर्ण जानकार भइसकेका छैनन् ।

महर्जनले दसंैलगत्तै सौराहाका स्थानीय युवालाई प्रविधिसम्बन्धी तालिम दिने जानकारी दिए । ‘बिग्रिएको ठाउँमा बनाउन एक साताभित्र प्राविधिक पठाउने तयारी पनि भइरहेको छ’, उनले भने ।

५२ किलोमिटर फाइबरमध्ये ४० किलोमिटर सौराहादेखि भिम्लेसम्म र १२ किलोमिटर नवलपरासीको अमलटारीमा ओछ्याइएको छ । पहिलो खण्डमा २० वटा र दोस्रो खण्डमा पा“चवटा क्यामेरा जडान गरिएको छ । यी दुवै खण्डमा पर्ने खोलाका डिलमा पा“चवटा टावर बनाइएको छ । यी टावरलाई तारहित प्रविधिले जोडिएको छ । सबै क्षेत्रका श्रव्यदृश्य खोला वारि र पारिका टावरमा जडान गरिएको प्रविधिबाट कन्ट्रोल रुममा आइपुग्छन् । यसको कन्ट्रोल रुम कसरामा राखिएको छ । त्यहा“ राखिएका तीन वटा मोनिटरमा सबै सूचना प्राप्त हुन्छन् । यही कार्यक्रमअन्तर्गत चितवन निकुञ्जलाई महाभारत पर्वतस“ग जोड्ने बरन्डाभार जंगलको ४ किलोमिटर राजमार्गमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ ।

खड्काका अनुसार यी क्यामेरा विशेषगरी निकुञ्जका प्रवेशद्वारमा राखिएका छन् । वनजंगलबाट सर्वसाधारण र जनावरको गतिविधि हेर्ने उद्देश्यले यी क्योमरा राखिएका हुन् । पर्यटकलाई निकुञ्जभित्र घुमाउने ५४ वटा सवारीसाधनमा ‘ट्र्याकिङ चिप्स’ पनि राखिएको छ । ती साधन निकुञ्जभित्रका निर्धारित रुटमा गुडिरहेको क्षेत्र, गति आदि पत्ता लगाउन यो प्रविधि जडान गरिएको महर्जनले बताए ।

उनका अनुसार निकुञ्जको मेघौली, वनकट्टा र बगाईमा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न टावर पनि बनाइएको छ । हात्ती, गैंडालगायतका वन्यजन्तु बस्ती छिर्न थालेको सूचना दिन यी टावर राखिएको हो । ‘वन्यजन्तुको गतिविधि निकुञ्ज छेउछाउमा देखिन थालेपछि स्विच थिचेर सतर्क गराइन्छ’, महर्जनले भने, ‘माइकबाट बस्तीको चारपा“च किलोमिटर दुरीसम्म आवाज पुग्ने गरी यो प्रविधि जडान गरिएको छ ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस