ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन
२५ भदौ २०८०
•
३ मिनेट पाठ
ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन
फाइल तस्बिर
म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन्। मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडक अन्तरर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो।  




मालिकाको ५ र धवलागिरिको ७ नम्बर वडाको सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो। विसं २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिएको थियो।  

दोस्रो पटक थपिएको सम्झौताको म्याद आगामी मङ्सिरसम्म छ। पुल निर्माण सुरुनै नभएको धवलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताए। ‘धवलागिरिको केन्द्रसहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ,’ उनले भने, ‘पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु हुन नसक्दा निराश भएका छौँ।’ फेदीमा धवलागिरि गाउँपालिकाले विस २०७५ मा अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ। हरेकजसो बर्खामा बाढीले अस्थायी पुलपुर्ने र पन्छ्याएर यातायात सञ्चालन गर्ने गरिएको छ।  

फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरिको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको फेदीका बासिन्दा रिमप्रकाश थापाले बताए। ‘पुल बनाउने हो भने बनाइहाल्नु प¥यो, नभएर नयाँ प्रक्रियाबाट निर्माण गर्नुप¥यो,’ उनले भने, ‘ठेक्का कायमै रहने, पुल नबन्ने, जनताले दुःख पाउने भयो।’ २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माणस्थल पर्ने भएपछि सम्झौतालगत्तै काम गर्न गएका निर्माण व्यवसायी फर्किएका थिए।  

जलविद्युत् आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण सुरु गर्ने तयारी गरेको अवस्थामा विसं २०७७ असारमा आएको बाढीले निर्माणस्थललाई क्षतविक्षत् बनाएपछि पुनः सर्वक्षण गरिएको थियो। पूर्वाधार विकास कार्यालयका अनुसार विप्दको जोखिमका कारण पुलको दुरी बढेर २५ मिटरको हुने भएपछि डिजाइन परिवर्तन र भेरिएसन अर्डर स्वीकृतिका लागि गत चैतमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास निर्देशनालयमा पेस गरेको थियो।  

कार्यालयका अनुुसार काम नभएपछि ठेकेदारलाई पेस्की दिएको रु ३३ लाख धरौटीबाट तानिएको छ। पुरानो दररेट अनुसार काम गर्न नसक्ने भनेर व्यवसायीले काम गर्न मानेका छैनन्। इन्द्रेणी–फेवा जेभिका प्रतिनिधि राजेन्द्र पहारीले पाँच वर्षअघिको दररेटमा १८ मिटरको सम्झौता गरेर २५ मिटरको पुल बनाउन नसकिने बताए। ‘ठेक्कालगत्तै निर्माणस्थलमा लगेको रड, सिमेन्ट, मिक्सर हराउँदा र दुई महिनासम्म मजदुरले काम गर्न नपाउँदा २५ लाख नोक्सानी भएको छ,’ उनले भने, ‘पाँच वर्षको अन्तरमा भएको मूल्यवृद्धिले त्यसबेलाको दररेटले पुलको लम्बाइ बढेको भिओ स्वीकृत भए पनि धेरै अन्तर हुन्छ। यो न्यायोचित हुदैन्।’  

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले ठेकेदारले काम नगरे सम्झौता अन्त्य गरेर नयाँ प्रक्रियाबाट निर्माणको काम अघि बढाउन पूूर्वाधार विकास निर्देशनालय र कार्यालयलाई निर्देशन दिएको बताए। ‘हामी अधुुरा र अलपत्र आयोजनाको संङ्ख्या शून्य बनाउनुुपर्छ भनेर लागेका छौँ,’ उनले भने, ‘दाङखोलाको पुुल जस्ता आयोजनामा सहजीकरण गरेर ठेकेदारलाई काममा फर्काउन र काम नगरे ठेक्का तोडेर अघि बढ्न निर्देशन दिएका छौँ।’  

गत वैशाखमा प्रदेशभर अधुुरा र अलपत्र आयोजनाको सङ्ख्या ४६ वटा रहेकोमा यसबीचमा २७  आयोजनाका निर्माण कम्पनी काममा फर्किसकेका उनले बताए। रासस
अर्को समाचार
सम्झौताको वर्ष बित्यो पुल बनेन
०५ असार २०७४
•
३ मिनेट पाठ
सम्झौताको वर्ष बित्यो पुल बनेन
दशकिलो घाटमा पुल निर्माण गर्न खाल्डो खनिएको ठाउँ । तस्बिर : नरहरि सापकोटा
गोरखा – गोरखा नगरपालिका–१२ र पालुङटार नगरपालिका–१० जोड्ने गरी दरौंदी नदीमाथि दसकिलो घाटमा बन्नुपर्ने पक्की पुल सम्झौता भएको एक वर्षसम्म निर्माण सुरु भएको छैन । गत वर्ष जिल्ला समन्वय समितिसँग ठेक्का सम्झौता गरेको एड्भेन्चर धनथान जेभीले झन्डै ३० लाख पेस्की लगेर पनि काम सुरु गरेको छैन । 




‘काम सुरु भएको छैन, अघिल्लो वर्ष काम थाल्छु भनेर पेस्की लगेपछि ठेकेदारले काम गरेन,’ स्थानीय विकास अधिकारी नारायण आचार्यले भने, ‘समय छँदासम्म काम नगरी बस्ने परिपाटीले विकासे काम ढिलो भो ।’ काम नै सुरु नगरी निर्माण जिम्मा लिएको कम्पनीले योजनाको म्याद थप गर्न जिल्ला विकास समितिसँग अनुमति मागेको उनले बताए । 

चार करोड ६ लाख रुपैयाँमा बन्ने उक्त मोटरेबल पुल नहुँदा मिरकोट र दसकिलो आउजाउ गर्न समस्या भएको गुनासो स्थानीयको छ । ‘पक्की पुल बन्छ भनेर एक वर्षअघि मान्छेहरु आएका थिए,’ स्थानीय हर्कबहादुर कुमालले भने, ‘तीन महिनाअघि खनेको खाल्डो पनि पुरिइसक्यो ।’ निर्माण जिम्मा लिएको धनथान जेभीले तीन महिनाअघि पक्की पुल निर्माण गर्न दसकिलोतर्फ खनेको खाल्डो पुरिएको छ । 

पालुङटारतर्फ भने कुनै पनि काम भएको छैन । त्यहाँ पुल निर्माण गर्न मिल्ने खालको भौगोलिक बनोट नभेटिएको र माटो धेरै भेटिएपछि डिजाइन परिर्वतन गर्नुपर्दा समय लागेको निर्माण कम्पनीका रामराज पौडेलले बताए । ‘आउँदा एक–दुई महिनाभित्र निर्माण सुरु हुन्छ, पुलको डिजाइन केही बदल्नुपर्ने भएकाले समय लागेको हो,’ काम ढिलो भएको विषयलाई ढाकछोप गर्दै उनले भने । उक्त पुल ४०–४० मिटरको दुई ब्लकमा निर्माण हुनेछ । 

यो बाहेक पनि भुसुण्डे खोलामा एक करोड २० लाख र मुच्चोक तामलाबोट जोड्ने गरी तीन करोड ५२ लाखमा पुल निर्माण भइरहेको छ । यी दुवै पुल धनथान जेभीले निर्माण गरिरहेको छ । एउटा निर्माणको अन्तिम चरणमा पुगे पनि अर्कोको आधामात्रै काम सकिएको छ । खारखोलामा बन्नुपर्ने पक्की पुल भने वर्ष दिनसम्म ठेक्का लाग्न सकेन । 

दुईपटक टेन्डर आह्वान गर्दा समेत ठेक्का नलागेको र पुन टेन्डर गर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समिति अन्तर्गत यो वर्ष चारवटा पक्की पुल निर्माणका लागि झन्डै ११ करोड रुपैयाँ जिल्ला आएको थियो । असार मसान्तसम्म सिध्याउनुपर्ने पुल निर्माण कार्य निकै सुस्त देखिन्छ । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस