बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल
२९ भदौ २०८०
•
२ मिनेट पाठ
बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्। ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाई छाड्ने बताईन्। नारायणी नदी किनारमा भएको बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रामलाई सम्बोधन गर्दै दाहालले यस आर्थिक बर्षमा निर्माणको काम आगडि बढ्ने दाबी गरिन्।

‘रंगशाला हामै पालामा बन्छ,उनले भनिन्,‘हामी बनाउछौँ। रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा पनि हो। अहिले स्टीमेटको काम भईरहेको छ।’ प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकामा ऋण तिर्नका लागि १२ करोड रुपैयाँ आएको भएपनि समय अभावले ऋणीलाई दिन नसक्ने अवस्था सिर्जना भएको दाबी गरिन्।

रंगशालामा स्टीमेट तयारका लागि धमाधम सरसफाईको काम पनि भइरहेको छ। स्टीमेट तयार गरेपछि यही आर्थिक वर्षमा बाँकी काम अगाडि बढ्ने छ। ‘मेयरले केही महिनाअघि रंगशाला बन्छ । ढुक्क हुनु होस् भन्नुभएको थियो’ उनले भनिन् ‘के हुँदैछ भनेर खबरदारी र चासो चिन्ता व्यक्त गरेको सन्देश आफुले पाएको छु।’ उनले एक दुई दिनमा बस्ने मन्त्रिपरिषदको बैठकको निर्णयले १२ करोड रुपैयाँ ऋण तिर्नको लागि महानगरपालिकामा पठाउने जानकारी जानकारी गराइन्। महानगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी ऋण तिर्नुपर्ने व्यक्तिको पहिचान र भरपाई तथा भुक्तानी गर्ने उनले बताईन्। रंगशाला निर्माण गर्न वागमती प्रदेश र भरतपुर महानगरले चरणवद्ध रुपमा अगाडि बढाउने योजना छ। प्याराफिट निर्माण गरी अन्तर्राष्ट्रिय खेलकुदहरु सञ्चालन गरिने प्रमुख दाहालको भनाई थियो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको छ। ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम रोकेका थिए। २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि बढेको थियो। सर्वसाधारणबाट पैसा संकलन हुन छाडेपछि दुई बर्षदेखि नै रंगशाला निर्माणको काम अलपत्र छ। त्यहाँ उठाइएका पिल्लरका रडमा खिया लागेको छ। घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ।  
अर्को समाचार
गौतमबुद्ध रंगशालालाई तीन करोड
२२ असोज २०७७
•
१ मिनेट पाठ
गौतमबुद्ध रंगशालालाई तीन करोड
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा बुधबार मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री युवराज दुलालले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको भन्दै कामको प्रशंसा गरे। रंगशाला निर्माण तीव्र गतिमा भएकोमा खुसी व्यक्त गर्दै उनले रंगशाला निर्माण छिटो सक्न शुभकामना दिए। ‘प्रदेश सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्नेछ,’ उनले भने, ‘रंगशाला निर्माणमा चुनौती धेरै रहेको छ, तर प्रदेशको गौरवको आयोजना भएकाले जसरी पनि सफल बनाउनुपर्नेछ।’

सामाजिक विकास मन्त्री दुलालले रंगशाला निर्माणको सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छाएर अघि बढ्न सुझाव दिए। फाउन्डेसनका अध्यक्ष कट्टेलले सरकारको सहयोगको अपेक्षा रहेको भन्दै रंगशालाका लागि जग्गा र सहयोग रकमका लागि धन्यवाद दिए। ‘रंगशाला निर्माणमा अहिले २ सय ३३ जनशक्तिले काम गरिरहेको छ,’ उनले भने, ‘सहयोगी मनहरूले सहयोग गरिरहेको भए पनि लकडाउनले परिस्थिति जटिल बनाएको छ।’ रंगशाला निर्माणका क्रममा ७ करोड रकम तिर्न बाँकी रहेको भन्दै उनले आफूहरूले हिम्मत नहारेको पनि बताए।  

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बि.के., मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे.एन. थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस