मोरङको ग्रामथानमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। शनिबार ग्रामथान गाउँपालिका–२ मा रहेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो।
ग्रामथान–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर घनश्याम माझीकी छोरी १२ वर्षीय समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीय रेजिना खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका दुवै बालिकालाई स्थानीयले देखेपछि उद्धार गरेर विराटनगरस्थित कोशी अस्पताल उपचारका लागि ल्याएका थिए। अस्पताल पुर्याउन साथ चिकित्सकले बालिकाहरुलाई मृत घोषित गरेको डिएसपी दाहालले बताए।
बालिकाहरु नुहाउनका लागि पोखरीमा जाँदा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको थप अनुसन्धान अघि बढाएको बताउँदै, डिएसपी दाहालले भने, ‘बालिकाहरु नुहाउनका लागि पोखरीमा जाँदा डुबेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिए पनि घटनाको थप अनुसन्धान अघि बढाएका छौं। पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गर्दै प्रहरीलाई खबर गरेका थिए।’
शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। पोस्टमार्टमको रिपोर्ट र थप अनुसन्धानपछि घटनाको यथार्थ आउने डिएसपी दाहालले बताए।