बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीका पीडितहरुले आफ्नो वचत तथा लगानीको रकम डुब्न नदिन नयाँ कम्पनी दर्ता गरेर संस्था सञ्चालनमा ल्याउने विकल्पमा अघि बढेका छन्। यसको लागि तत्काल न्युनतम ६ करोड रकम आवश्यक देखिएको पनि समन्वय समितिले जनाएको छ।
बराह पीडित संघर्ष समिति र भूपू सैनिक समितिलाई एकीकरण गरेर पीडितहरुले समन्वय समिति बनाएका छन्। उक्त समितिले काठमाण्डौं पुगेर बराह ग्रुपका अध्यक्ष शिव लामिछाने, भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र बराहको सम्पत्ति लिलामी गर्न लागेको प्राइम बैंकका सिइओसँग छलफल गरेपछि निकासको लागि पीडितहरु यो विकल्पमा अघि बढेका हुन्।
बराह पीडित समन्वय समितिका पदाधिकारी र वडाअध्यक्ष।समन्वय समिति बराह ग्रुपको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न र प्राइम बैंकले लिलाम गर्न लागेको घरजग्गाको अवधि बढाउन आग्रह गर्दै राजधानी पुगेको थियो।
समन्वय समितिका अध्यक्ष दोस्रो अध्यक्ष एवं भूपू ब्रिटिश गोर्खा सैनिक विष्णुकुमार राईका अनुसार ८ करोड मुल्य पर्ने धरान १५ को घरजग्गा र पाराकोपी भन्ने ठाउँको २२ कट्ठा जग्गा बैंकले धितो लिलाम गरेर साढे ४ करोड असुल गरिसकेको छ भने अन्य ठुला व्यापारिक भवनहरु पनि ब्याज भुक्तान गर्न नसकेको कारण भदौ अन्तिममा लिलाम प्रक्रिया गर्ने अल्टिमेटम दिइसकेको छ। बैंकले दिएको यो अल्टिमेटम सकिन लागेपछि समन्वय समितिले बैंकसँग अनुरोध गर्दा असोज १० गतेसम्मको समय दिएको छ।
‘संस्था बन्द अवस्थामा भएकोले ब्याज तिर्न नसकेर सञ्चालक र संस्था नै कालोसुचीमा छ। यसले गर्दा संस्था चलाउनलाई थप ऋण लिनदिन सम्भव नभएकोले नयाँ कम्पनी दर्ता गरेर मात्र समस्याबाट निकास दिनलाई अरु थप ऋण लिनुबाहेक विकल्प देखिएन,’ उनले भने, ‘नयाँ कम्पनीलाई सम्पत्ति स्थानान्तरण गर्नलाई पनि थाती रहेको नविकरण गर्न, तिर्नुपर्ने कर चुक्ता गरि संस्थालाई सञ्चालनमा ल्याउन हाललाई न्युनतम ६ करोड रकम आवश्यक रहेको देखियो।’
शनिबार पीडितहरुको भेला गरेर ६ करोड रकम वचतकर्ता तथा लगानीकर्ताबाट नै संकलन गर्ने सहमति गरेको पनि समन्वय समितिले जनाएको छ।
‘वचतकर्ता र लगानीकर्ताहरुको अबौं रकम डुब्ने अवस्थामा पुगेको छ, यो बाहेक अन्य उपाय केही पनि रहेन,’ समन्वय समितिका पहिलो अध्यक्ष श्यामप्रसाद ढकालले भने, ‘अब बैंकले लिलाम गर्न लागेको संस्थाको सम्पत्ति जोगाउदै व्यापार व्यवसायलाई अघि बढाउनुपर्छ। त्यही बाटोमा हामी हिडेका छौं।’
समन्वय समितिका अनुसार रकम संकलन गर्दा रोक्का नभएको संस्थाको स्वामित्वमा रहेको जग्गा सुरक्षा ग्यारेन्टी रहने सहमति पनि भएको छ। साथै, पछि १० प्रतिशत ब्याजसहित उक्त रकम फिर्ता हुने पनि सहमति छ। सहकारीमा वचतकर्ताको रुपमा मात्र रहेको र सेयर सदस्य नभएकाहरुलाई वैधानिकता दिलाउन ५ हजार १ सयमा सेयर सदस्य बनाउदै लैजाने पनि सहमति भएको समन्वय समितिका दोस्रो अध्यक्ष राईले जानकारी दिए।
समन्वय समितिका उपाध्यक्ष एवं भूपू भारतीय सैनिक रामकुमार लिम्बुका अनुसार १ करोडसम्म रकम वचत गर्ने ६४ जनाबाट ९५ हजारको हिसाबले रकम संकलन गर्दा ६० लाख ८० हजार उठ्नेछ भने ७० लाखदेखि ८० लाखसम्म रकम राख्ने ४५ जनाबाट ७५ हजारको दरले उठाउदा ३३ लाख ७५ हजार रकम संकलन हुने बताए। यस्तै, ५० लाखदेखि ७० लाखसम्म राख्ने १२० जनाबाट ४५ हजारको हिसाबले उठाउदा ५४ लाख रकम जुट्नेछ भने ३० लाखदेखि ५० लाख जम्मा गर्ने ३११ जनाबाट ३५ हजारको दरले दिदा १ करोड ८८ लाख रुपैया संकलन हुने अनुमान गरिएको लिम्बुले बताए।
यस्तै, २० देखि ३० लाख राख्ने ४६७ जनाबाट २५ हजार दरले उठाउदा १ करोड १६ लाख ७५ हजार उठ्नेछ भने १० देखि २० लाख रकम राख्ने १३५३ जनाबाट १७ हजारको दरले रकम उठाउदा २ करोड २० लाख रकम संकलन हुनेछ भने ९ लाख रकम जम्मा गर्ने ५८ जनाबाट १० हजारको दरले उठाउदा ५ लाख ८० हजार रकम जुट्ने पनि उनले बताए।
‘कुल मान्छे २,४१८ जना हुन्छन्, र रकम ६ करोड ९ लाख ९६ हजार रकम संकलन गर्नसक्ने रहेछौं। एक हप्ताभित्र हामीले यो रकम जुटाइसक्नुपर्ने छ,’ उनले भने, ‘जमिन फुकुवा भएपछि हाम्रो नाममा नामसारी हुन्छ, र ब्यापार चल्दै गएपछि ब्याजको साथमा पैसा फिर्ता गर्नुपर्छ।’
धरान वडा नं २ का अध्यक्ष रमेश राईले अर्बौं रकम डुब्न नदिन केही हजार पैसा थप लगानी गर्नु नै उत्तम विकल्प भएको बताए। कोभिड महामारी, आर्थिक मन्दीलगायतको कारण विगत २ बर्षदेखि बराह ग्रुप अफ कम्पनीको सम्पुर्ण कारोबार ठप्प भएपछि बचत तथा लगानीकर्ताहरुको अबौं रकम डुब्ने अवस्थामा पुगेको छ।
सुनचादीको व्यवसायबाट माथि उठेको बराहले सहकारी, डिपार्टमेन्ट, यातायात, ट्राभल एजेन्सी, पानी ट्यांकर, होटललगायत विभिन्न क्षेत्रमा लगानी गरेको थियो। बराहले ब्याज राम्रो दिने गरेको कारण धरानका अधिकांश भूपू लाहुरे परिवारले पैसा बचत गर्ने गरेका थिए।
सहकारीको बचत खातामा पैसा जम्मा गरेको देखिएपनि अधिकांश वचतकर्ताहरु सहकारीको सेयर सदस्य भने छैनन्। अबौं रकम डुब्ने जोखिम भएपछि बचतकर्ताहरु आफै बराहको सम्पत्ति जोगाउदै व्यापार, व्यवसायलाई अघि बढाउन अग्रसर देखाएका छन्।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...