कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई विद्युतीय हाजिरीका आधारमा दैनिक दुई सय रुपैयाँ खाजा भत्ता दिने निर्णय गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता तिलकुमार म्याङ्वोले जानकारी दिए।
यस अघि हाजिर गरे पनि नगरे पनि दैनिक एक सय रुपैयाँका दरले मासिक ३ हजार रुपैयाँ प्रदेश सरकारले खाजा भत्ता दिँदै आएको थियो। अब, विद्युतीय हाजिरीका आधारमा दैनिक २ सय रुपैयाँका दरले खाजा भत्ता दिने निर्णय गरिएको उनले जानकारी दिए।
म्याङ्वोका अनुसार आइतबार बसेको बैठकले संविधानसभाका अध्यक्ष, सुवासचन्द्र नेम्वाङको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ।
यस्तै प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०/०८१ को अस्थायी संगठन संरचनाका दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
यस्तै कोशी प्रदेशमा कार्यरत फरेष्टरहरूलाई प्रदेश सरकार मातहत समायोजन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ। कोशी प्रदेशमा ७४ जना फरेष्टर कार्यरत रहेको म्याङ्बोले बताए।