देशभरका ओपिडी सेवा बन्द
०९ असोज २०७४
•
१० मिनेट पाठ
देशभरका ओपिडी सेवा बन्द
काठमाडौं- स्वास्थ्य तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण, घेराउ र अपमान गर्नेमाथि बिनाधरौटी जेलचलान (जेल विद आउट वेल) को प्रावधान समेट्दै तत्काल संसद्मा पेस गर्नुपर्ने माग गरेर चिकित्सकहरूले आइतबार पनि देशभरका सरकारी, निजी तथा क्लिनिकका ओपिडी सेवा बन्द गरेका छन् ।




नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबारदेखि हडतालसुरु भएको थियो । आन्दोलनमा उत्रिएका चिकित्सकले तत्काल कानुन संशोधन प्रक्रिया सुरु नरेसम्म हडताल नरोक्ने अडान राखेका छन् । सुरुमा आन्दोलनको प्रमुख कारक बनेको मन्त्रिपरिषद्को निर्णय सच्याउँदै प्रक्रिया पु¥याएर कानुन संशोधनको प्रतिबद्धता गर्दासमेत चिकित्सकले हडताल रोक्न इन्कार गरेका हुन् ।

चिकित्सकको हठका कारण आइतबार देशभरका लाखौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन् । राजधानीका वीर, प्रसूतिगृह, कान्तिबालसँगै क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला तहका अस्पतालका सेवा ठप्प छन् ।

यसअघि संघको आह्वानमा भएका आन्दोलनप्रति बेवास्ता गर्ने निजी अस्पतालका चिकित्सकले पनि सेवा छाडेका छन् ।

सरकारसँग सहमति नभएको भन्दै संघले सोमबार स्वास्थ्य मन्त्रालय र ७५ जिल्लाका जिल्ला प्रशासन घेराउ गर्ने र दिउँसो भेला गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

चिकित्सकहरूले विद्यमान स्वास्थ्य तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा जेल विद आउट वेलको प्रावधान राखेर तत्काल संशोधन प्रस्ताव दर्ता नभएसम्म हडताल नरोक्ने अडान राखेका छन् ।

आइतबार दिनभर सरकारी प्रतिनिधि र संघका प्रतिनिधिबीच विभिन्न चरणमा वार्ता भए पनि साँझसम्म निष्कर्ष निस्किन सकेको छैन । अन्य मागमा सहमति नजिक पुगे पनि बटमलाइन रहेको ‘जेल विद आउट वेल’ को कानुनी व्यवस्था गर्न सरकार तयार नभएकाले सहमति हुन नसकेको संघका महासचिव डा. लोचन कार्कीले बताए ।

‘अहिले डाक्टरहरूले इमरजेन्सी र इन्डोर सेवा मात्र दिइरहेका छन्् । फुर्सद भएका चिकित्सकलाई सिंहदबार घेर्न बोलाउँछौं,’ उनले भने । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले लापरबाहीका घटनामा डाक्टरबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउन स्वास्थ्यलाई निर्देशन दिने निर्णय भएको बताएका थिए ।

सोलगत्तै ७२ घन्टे अल्टिमेटम दिएको नेपाल चिकित्सक संघले सरकार निर्णयबाट पछाडि हट्दा पनि हडताल सुरु गरेको थियो । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक भइसकेकाले दुविधा राख्न नपर्ने बताए ।

मन्त्रिपरिषद्ले ‘चिकित्सकको चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बिमा र क्षतिपूर्तिलगायतका विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको थियो । सो निर्णयमा चिकित्सकहरु ‘कन्भिन्स’ भए पनि कानुनमै ‘बिना धरौटी जेल चलान’ को व्यवस्था राख्नुपर्ने माग अघि सारिएको छ ।

डा. कार्कीले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल कानुन संशोधनमा सहमत भइसकेकाले अब आफूहरू प्रक्रिया सुरु नभई काममा फर्किन नसक्ने बताए । ‘हामीले अहिले यत्तिकै हडताल छोड्ने हो भने डाक्टरहरुले हामीलाई समेत छाड्दैनन्,’ उनले भने ।

ऐनको दफा ३ मा डाक्टर वा स्वास्थ्यकर्मीमाथि हातपात, घेराउ, अपमानजनक व्यवहार, स्वास्थ्य संस्थामाथि तोडफोड आगजनी गर्न नपाइने व्यवस्था छ । तर त्यस्तो कारबाहीका लागि मन्त्रालयमा रहने समन्वय समितिमा उजुरी दिने र समितिले छानबिनबाट प्रमाणित भएपछि मात्रै कारबाही प्रक्रिया सुरु हुने व्यवस्था छ । प्रक्रिया झन्झटिलो र लामो हुँदा डाक्टरमाथि आक्रमण बढ्दै गएको महासचिव कार्कीले बताए । ‘लापरबाही भनेको के हो, चिकित्सकलाई बिरामीको ज्यानमाथि लपरबाही गरेर फाइदा के छ ?’ डा. कार्कीले भने, ‘कसैलाई उपचारमा चित्त नबुझे छानबिन हुनुपर्छ कारबाही हुनसक्छ, तर डाक्टरमाथि आक्रमण हुने अवस्थाको अन्त्य नभए कसरी सेवा दिने ?’  

डा.कार्कीले अहिले सरकारले खोजेजस्तो कानुन ल्याउँने हो भने ३ सय रुपैयाँ शुल्क लिएर मान्छे म¥यो भने क्षतिपूर्ति दिन ३० लाख राखेर काम गर्नुपर्ने अवस्था आउने बताए । ‘कम्तीमा ज्यान बचाउने चिकित्सकले आफैं सुरक्षित महसुस नगरी कसरी सेवा दिन सक्छ ?’ उनले भने ।

मुख्यसचिव क्षेत्रीले भने सरकारले विद्यमान समस्या समाधान गर्न खोज्दा चिकित्सकहरु तर्सिएको बताए । उनले संसारभर यस क्षेत्रमा अभ्यासमा रहेका मान्यताअनुसार नै ‘चरम लापरबाही’ भएको प्रमाणित भएको अवस्थामा मात्रै कारबाही गर्ने गरी कानुन बनाउन खोजेको बताए ।

‘चरम लापरबाही भए नभएको छानबिन हुन्छ, प्रमाणित भएपछि मात्रै यो प्रक्रिया पूरा हुने हो,’ उनले भने, ‘व्यवस्थित गर्ने प्रयोजनका लागि कानुन ल्याउन खोज्दा किन यत्रो आपत्ति हो बुझ्न सकिएन ।’

मुख्य सचिव स्वास्थ्य संस्थामा आक्रमण र तोडफोड भएमा रोक्नका लागि कानुन भए परिमार्जन र नभए नयाँ बनाउनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको बताए ।

चिकित्सकहरूले मन्त्रिपरिषद्को निर्णय फिर्ता गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरेर  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्ने व्यक्ति वा समूहलाई बिना धरौटी जेल चलानको प्रावधान राख्न माग गरेको छ ।

तेस्रो मागका रूपमा ५ प्रतिशत अतिरिक्त सेवा खारेजी र  चिकित्सकहरूको अवकाश पाउने उमेरहद ६५ पु¥याउनसमेत संघले माग गरेको छ । स्वास्थ्य सेवामा अवकाश अवधि ६० वर्षको छ । निजामती सेवाको ५८ वर्षबाट उमेर हद ६० वर्ष पु¥याएपछि चिकित्सकको ६५ पु¥याउनुपर्ने माग संघले गरेको हो ।

हडताल फिर्ता लिन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले हडतालका कार्यक्रम तत्काल फिर्ता गर्न चिकित्सक संघसँग आग्रह गरेको छ । अस्पतालको सेवा नै बन्द गरी आन्दोलनमा उत्रिनु कानुनविपरीत भएको भन्दै आयोगले सेवा सुचारु गर्न संघको ध्यानाकर्षण गराएको हो ।

आयोगले स्वास्थ्य सेवाजस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्त स्वास्थ्य सम्वन्धी हक, धारा ४४ द्वारा प्रदत्त उपभोक्ता हक, आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १२ द्वारा प्रद्धत्त स्वास्थ्य अधिकार, मानवजीवन र मानव स्वाथ्यसँग सम्बन्धित अन्य प्रचलित नेपाल कानुनविपरीत भएको जनाएको छ ।
अर्को समाचार
भोलिदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द
१७ चैत्र २०७१
•
१ मिनेट पाठ
भोलिदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द
काठमाडौं— मेडिकल माफियाविरुद्ध १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागप्रति सरकारले उदासिनता देखाएको भन्दै नेपाल चिकित्सक संघले भोलिदेखि मुलुकभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने भएको छ।




'भोलिदेखि देशभरि नै इमरजेन्सी बाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेका छौं' संघका अध्यक्ष अञ्जनीकुमार झाले नागरिकन्युजसँग भने।

सरकारले माग नसुनेकाले ओपीडी बन्द गर्न बाध्य भएको बताउँदै झाले भने , '४८ घन्टाभित्र मागको सुनुवाई नभए आकस्मिक सेवा पनि बन्द गर्छौं।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस