श्रम आप्रवासनका लागि नयाँ गन्तव्य मुलुकको खोजी गरिने, यस्ता छन् सरकारका ४७ बुँदे निर्णय
०४ असोज २०८०
•
६ मिनेट पाठ
श्रम आप्रवासनका लागि नयाँ गन्तव्य मुलुकको खोजी गरिने, यस्ता छन् सरकारका ४७ बुँदे निर्णय
सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ।  




गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल’को अध्यक्षतामा बसेको १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको हो।

बैठकले नयाँ श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्ने, नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, श्रमिकको हक अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति गराउने, श्रम स्वीकृति प्रक्रियालाई सरलीकरण गर्ने, कूटनीतिक नियोगको भूमिकालाई प्रभावकारी बनाउने, सेवा शुल्क निर्धारण गर्नेलगायत निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले जानकारी दिए।

बैठकले श्रम मन्त्रालय सम्बद्ध मुलुकस्थित कूटनीतिक नियोगसँगको समन्वयमा नयाँ श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाउने, श्रमिकको हक, अधिकार, सामाजिक सुरक्षालगायत विषय द्विपक्षीय श्रम सम्झौतामा नै सुनिश्चित गर्ने, श्रमिकको शव फिर्ता र पुनःएकीकरण कार्यक्रमलगायत कल्याणकारी दायित्व समेट्ने विषय सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको उनले बताए।

परराष्ट्र मन्त्रालयमा ‘श्रम आप्रवासन महाशाखा’ स्थापना गर्ने, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग समेत समन्वय गरी उक्त महाशाखाको कार्यविवरण र दरबन्दी एकीन गरी एक महिनाभित्र निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने, सोका लागि कानूनी प्रक्रिया पूरा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग आवश्यक सहजीकरण गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए। ‘परराष्ट्रले श्रम मन्त्रालयसँग सहजीकरण गरी ‘रोमिङ एम्बेसडर’÷श्रम सहचारीसमेतको प्रबन्ध हुने गरी महाशखाको कार्ययोजना तर्जुमा गर्नेछ’, उनले भने।

बैठकले परराष्ट्र मन्त्रालयमा राय÷परामर्शका लागि प्रेषित वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ माथि सात दिनभित्र श्रम मन्त्रालयलाई राय उपलब्ध गराउने, परराष्ट्रको रायपछि श्रम मन्त्रालयले संशोधनका लागि मन्त्रिपरिषद्मा पेश गर्ने, मागपत्र प्रमाणीकरणसम्बन्धी वैदेशिक रोजगार ऐनको प्रावधानमा आवश्यक संशोधनका लागि श्रम मन्त्रालयले प्रस्ताव पेश गर्ने र माग प्रमाणीकरण गर्ने कार्यलाई थप सरल र प्रभावकारी बनाउन श्रम सहचारीलाई मुख्य जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका, २०६९ मा संशोधन गरी उच्च दक्ष र दक्ष कामदारको भिसा प्रमाणीकरण प्रक्रिया सरलीकृत गर्ने, व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकमा श्रम मन्त्रालयले निश्चित मापदण्ड तयार गरी कूटनीतिक नियोग प्रमुखलाई विशेषाधिकार दिने व्यवस्था गर्ने बैठकको निर्णय छ।

बैठकले साउदी अरबस्थित नेपाली कूटनीतिक नियोगले माग प्रमाणीकरण कार्यलाई प्रविधिमैत्री बनाउन अभ्यास गरेको ‘अनलाइन प्रणाली’को अनुकुलता हेरी तत्कालका लागि अन्य नियोगले समेत प्रयोगमा ल्याउने, दीर्घकालमा मागपत्र प्रमाणीकरणलाई पूर्णरूपमा अनलाइन प्रणालीमा आबद्ध गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा स्तरोन्नति गर्ने र सो प्रणालीलाई कूटनीतिक नियोगसँग आबद्ध गर्ने निर्णयसमेत गरेको मन्त्री भण्डारीले जानकारी दिए।

विदेशबाटै पुनः श्रमस्वीकृति प्राप्तिका लागि रकम भुक्तानी प्रक्रियामा सरलीकरण गर्न श्रम मन्त्रालयले सम्बन्धित कूटनीतिक नियोग र नेपाल राष्ट्र बैंकको समन्वयमा एक महिनाभित्र देशगतरूपमा प्रक्रियागत व्यवस्थापन मिलाउने उनले जानकारी दिए। सबै गन्तव्य मुलुकस्थित नियोगमा राहत उद्धार कोष स्थापना गर्ने, उक्त कोषमा नियोगबाट प्रदान गरिने जुनसुकै प्रकारका सेवाबापत प्राप्त शुल्कको निश्चित प्रतिशत रकम जम्मा गर्ने, कोषको परिचालन गर्न परराष्ट्र मन्त्रालयले एक महिनाभित्र निर्देशिका तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने र त्यसका लागि अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ।  

वैदेशिक रोजगार बोर्डबाट नियोगलाई उपलब्ध हुने चक्रीय कोष सञ्चालन गर्न पारदर्शी र व्यवस्थित परिचालनका लागि बोर्डले खर्च गर्नेसम्बन्धी कार्यविधि एक महिनाभित्र तयार गरी उपलब्ध गराउने, वैदेशिक रोजगारीका क्रममा अशक्त भई कोमामा रहेका नेपालीलाई फिर्ता ल्याई उपचार गर्न नेपालमा हेरचाह केन्द्र खोल्ने कार्य अघि बढाउने, श्रम स्वीकृतिको अवधि सकिएका, विभिन्न भिसामा गएका नेपालीको हकमा शव व्यवस्थापन तथा ढुवानीको सम्पूर्ण खर्च सम्बन्धित नेपाली नियोगमा रहेको कोषबाट खर्च गर्ने र सो रकमको शोधभर्ना सरकारले गर्ने बैठकको निर्णय छ।

‘हाल कूटनीतिक नियोग स्थापना नभएका तर १० हजारभन्दा बढी नेपाली श्रमिक रहेका मुलुकमा ‘ड्राई पोस्टिङ’ (खटिइएका कर्मचारीले परिवारबाहेकको मात्र सुविधा पाउने) गरी नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने, सो नियोगमा एक जना परराष्ट्रको उपसचिव, एक श्रम सहचारी र एक स्थानीय कर्मचारी गरी तीन जनाको दरबन्दी रहने गरी परराष्ट्रले दुई महिनाभित्र सङ्गठन तथा व्यवस्थापन सर्भेको प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पेस गर्ने, त्यसका लागि अर्थ र सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको छ’, मन्त्री भण्डारीले भने।

पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्कीलगायत युरोपका मुलुकमा १० हजार बढी श्रमिक रहेको अनुमान गरिएको छ। यी मुलुकमा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जना तथा थप गर्न श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा एक महिनाभित्र प्रस्ताव पेस गर्ने बैठकको निर्णय छ।

जापान, जर्मनी, अस्ट्रिया, इजरायलमा एक÷एक जना श्रम काउन्सिलर र सहचारी तथा दक्षिण कोरियामा एक जना श्रम सहचारी नियुक्तिका लागि दरबन्दी सिर्जना गर्नुपर्ने बैठकले ठहर गरेको छ। अब नियुक्त हुने काउन्सिलर र सहचारीको कार्यअवधि न्यूनतम तीन वर्षको हुनेछ। यसअघि काउन्सिलर र सहचारीको अवधि दुई वर्षको रहेको छ।

गन्तव्य मुलुकको सामाजिक सुरक्षा नेपालको सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने वा कामदारको सम्झौताको अवधि समाप्त भएपश्चात जम्मा भएको रकम फिर्ता पाउने गरी द्विपक्षीय समझदारीमा समावेश गर्ने, कोषमा आबद्धताको निरन्तरताका लाागि भुक्तानी विधि सरलीकृत गर्न श्रम मन्त्रालयले सम्बन्धित नियोग र राष्ट्र बैंकसँग समन्वय गरी विधि तयार गर्ने बैठकले निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए।

बैठकले रोजगारदाता कम्पनीले सेवा शुल्क प्रदान गरेकामा इजाजतपत्रवालाले कुनै पनि भर्ना शुल्क लिन नपाउने गरी ‘इम्प्लोयर्स पे प्रिन्सिपल’ लागू गर्ने, रोजगारदाताले सेवा शुल्क नदिएको अवस्थामा इजाजतपत्रवालाले बढीमा एक महिनाको तलब सेवा शुल्कबापत लिन पाउने, यस्तो शुल्क देशगतरूपमा विशिष्टीकरण गरी रु एक लाखभन्दा बढी लिन नपाउने गरी श्रम मन्त्रालयले सेवा शुल्क निर्धारण गर्ने निर्णय गरेको छ। संसदीय समितिको निर्देशन, सम्बन्धित मुलुकको वस्तुतग अवस्था र सुरक्षाका उपाय अपनाएर मात्र घरेलु कामदार पठाउने कार्य नमूना ‘पाइलटिङ’को सुरुआत गर्ने बैठकको निर्णय छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री भण्डारी, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, परराष्ट्र सचिव भरतराज पौडेल, विभिन्न १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगका राजदूत, महावाणिज्यदूतलगायतको सहभागिता थियो। रासस
अर्को समाचार
धोकेबाज हौ तिमी !
२७ असार २०८१
•
७ मिनेट पाठ
धोकेबाज हौ तिमी !
कल्पना गरौँ, तपाईं नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता वा समर्थक हुनुहुन्छ। यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यकर्ता भेलामा भने–संसद्मा सानो संख्या (३२ सिट) छ भनेर चिन्ता लिनुपर्दैन। ढुक्क हुनुहोस्। सजिलो छैन, सजिलो छैन हामीलाई हटाउन । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ यो जादुयी नम्बरका कारणले।’ यस अभिव्यक्तिले कार्यकर्ता पंक्तिमा निकै उत्साह जगाएको हुनसक्छ । तर यसको बहस नसेलाउँँदै हप्ता दिनभित्रै सरकार अल्पमतमा पर्छ। यो परिदृश्यबाट यसका शुभचिन्तक वा कार्यकर्तामा कस्तो असर पर्ला ? पार्टीको गतिशीलता र मनोबल कति उच्च रहला ? कुनै समय सबैभन्दा ठूलो राजनीतिक दलको भविष्यमाथि कस्तो प्रभाव होला ?




पछिल्लो संसदीय निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडे पनि (३२ सिटका साथ) विपक्षी दल एमालेको समर्थनमा दाहालले सरकार बनाए।

सिद्धान्त एवं इमानदारीभन्दा पदको राजनीतिलाई प्राथमिकता दिए। यस परिस्थितिबाट दाहाल नेपाली राजनीतिमा ‘धोकेबाज नेता’को छवि बनाउन पुगे।
संसद्मा तेस्रो दल भएर पनि उनको राजनीतिक बठ्याइँबाट प्रधानमन्त्री बने। तथापि यो परिस्थिति दुई महिना पनि टिकेन। पुरानै गठबन्धनमा फर्केर दाहाल कांग्रेसको समर्थनमा पुनः प्रधानमन्त्री बने। बिनाभरपर्दो तर्कले कांग्रेससँगको सहकार्य पनि तोडे। त्यसपछि एमालेसँग फेरि साँठगाँठ गरे। तर यो सम्बन्ध चार महिना पनि चलेन। सिद्धान्त एवं इमानदारीभन्दा पदको राजनीतिलाई प्राथमिकता दिए। यस परिस्थितिबाट दाहाल नेपाली राजनीतिमा ‘धोकेबाज नेता’को छवि बनाउन पुगे।

यो प्रसंग त्यतिबेला अझ छताछुल्ल भयो जब दाहाल चौथो पटक विश्वासको मत संसद्मा लिँदै थिए। नेताहरूलाई आरोप लगाउन कम रुचाउने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा संबोधन गर्दै भने–म त कुन निष्कर्षमा पुगेको छु भने अब धोका दिन (प्रचण्डले) कोही बाँकी रहेनन् तर एकचोटि सोच्नु, धोका पाएका यी सबै एक ठाउँमा तपाईंविरुद्ध उभिए भने तपाईं कहाँ पुग्नुहोला ? कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि संसद्मा फरक शैलीमा यो भनाइ दोहोराएका थिए।

यसबीच आउँदो असार २८ गते संसद्मा असफल विश्वासको मत लिंने दाहालले निर्णय गरेका छन्। एमालेर कांग्रेसबीचको सहमति विफल पार्ने प्रयत्नमा छन्। केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाटरोक्ने असफल कसरतमा जुटेका छन्।  
कांग्रेसको दाहाल निकै आक्रोशित देखिएका थिए। जवाफमा उनले कांग्रेसर एमालेप्रति लक्षित गर्दै ‘मिल्न सके मिले हुन्छ, त्यसबाट प्रचण्ड डराउने छैन’ भने। उनलाई पूर्णविश्वास थियो एकअर्काका चरम प्रतिद्वन्द्वी यी दुई दल मिल्नै सक्दैनन् भनेर। तर उनको यो अनुमान सत्य भएन। तरिका नमिलाई संसद्मा बोलेका शब्द उनका लागि गलपासो सावित भए। एमालेसँगको सत्ता साझेदारी यात्रा समाप्त भयो।

यसबीच आउँदो असार २८ गते संसद्मा असफल विश्वासको मत लिंने दाहालले निर्णय गरेका छन्। एमालेर कांग्रेसबीचको सहमति विफल पार्ने प्रयत्नमा छन्। केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाटरोक्ने असफल कसरतमा जुटेका छन्।  

आफ्नो दलसमेतको दबाब थेगेर ६० किलो सुन तस्करी, ललिता निवास काण्डर नक्कली भुटानी शरणार्थी प्रकरण समेतमा कारबाही अघि बढाए। पार्टी अथवा गठबन्धनभन्दा माथि उठेर गृह मन्त्रालय हाँके। व्यक्तिभन्दा विधिको शासनमा विश्वास गरे। एक सफल गृहमन्त्री बनेर देखाए
दाहाल सरकार अल्पमतमा परेसँगैरास्वपा अध्यक्षरवि लामिछानेलाई बढी दबाब परेको देखिन्छ। भ्रष्टाचारका फाइल खोल्ने उद्घोष संसद्मा गरेपछि ‘दुई ठूला दल मिलेको’ आरोप लगाएका छन्। यस सन्दर्भमा एक प्राध्यापक मित्रले भने–यो फाइल खोल्ने घोषणा माकफुइ मात्र हो। अर्थात् पशुपतिनाथका बाँदरले फुइ लगाए जस्तै हो किनभने काम गर्ने गृहमन्त्रीले हल्लामा नभई एक्सनमा विश्वास गर्छन्, जसको उदाहरण नारायणकाजी श्रेष्ठ छन्। आफ्नो दलसमेतको दबाब थेगेर ६० किलो सुन तस्करी, ललिता निवास काण्डर नक्कली भुटानी शरणार्थी प्रकरण समेतमा कारबाही अघि बढाए। पार्टी अथवा गठबन्धनभन्दा माथि उठेर गृहमन्त्रालय हाँके। व्यक्तिभन्दा विधिको शासनमा विश्वास गरे। एक सफल गृहमन्त्री बनेर देखाए।

रवि लामिछाने चर्चित सञ्चारकर्मी भए पनि असफल गृहमन्त्री बन्न पुगे। विवादमा निरन्तर परे पनि दाहालका प्रिय पात्र बने। ‘स्वार्थको द्वन्द्व’मा मुछिए पनि दुवै कार्यकालमा दाहालले उपप्रधान तथा गृहमन्त्री बनाए। पहिलो पटक ‘दोहोरो नागरिकता प्रकरण’ ढाकछोप गर्दै समय बिताए। सर्वोच्चले दोहोरो नागरिकता लिए बापत दोषी ठहर गरेपछि मात्र गृहमन्त्रीलगायत रास्वपाको साधारण सदस्यसमेत गुमाउन पुगे। तर चितवनका जनताले उनलाई ‘शंकाको सुविधा’ दिएर भारी मतले उपनिर्वाचनमा फेरि जिताए। स्वर्णिम वाग्लेलाई पनि यही लहरमा तनहुँबाट जिताएर संसद्मारास्वपाको एक सिट बढाइदिए।

गृहमन्त्री पद नखुस्कने पक्का भएपछि मात्र यसलाई संबोधन गर्न संसदीय छानविन समिति बनाउन सहमत भए। विश्वास गरौँ, यस समितिले ‘दूधको दूध र पानीको पानी’ छुट्याउनेछ ।राजनीतिक सौदाबाजीमा टुङ्गने छैन।
लामिछाने उपप्रधान तथा गृहमन्त्रीको दोस्रो कार्यकाल ‘सहकारी ठगी’ आरोपको ‘ट्याग’ बोकेर दाहालसंगै सत्ताबाट बाहिरिंँदै छन्। सहकारी ठगीका प्रमुख आरोपित गोर्खा मिडियाका साझेदार जिबीराईलाई ‘आकाशमा भए पनि, पातालमा भए पनि केही दिनमा खोजेर निकाल्ने’ कथन घोषणामा सीमित राखे। प्रहरी प्रशासनको परिचय अक्षम एवं कमजोर भएको देखाए। यस प्रकरणमा लमिछानेले संसदीय छानबिन समिति बन्नबाटरोक्न निकै ठूलो कसरत गरेका थिए। गृहमन्त्री पद नखुस्कने पक्का भएपछि मात्र यसलाई संबोधन गर्न संसदीय छानविन समिति बनाउन सहमत भए। विश्वास गरौँ, यस समितिले ‘दूधको दूधर पानीको पानी’ छुट्याउनेछ। राजनीतिक सौदाबाजीमा टुङ्गने छैन।

रास्वपाको आन्तरिक लोकतन्त्रको परिभाषा महामन्त्री मुकुल ढकालले खुलाएका छन्। जिल्ला भ्रमणपछि धरातलीय वस्तुस्थिति प्रतिवेदन अध्यक्षलाई बुझाए। पार्टीको दीर्घकालीन स्वास्थ्यका लागि त्यसका मुख्य ‘निष्कर्ष’ पत्रकार बीचराखे। प्रतिवेदनमाथिको छलफल ‘लाइभ’ गर्न अडान लिए। तर यसबाट उनी पार्टी कारबाहीको तारोमा परे। पार्टीको सदस्यतासमेत गुम्ने जोखिम मोले। त्यसैगरी ‘स्वार्थको द्वन्द्व’ हुने गरी अध्यक्ष लामिछानेले गृहमन्त्रालय सम्हाल्नु गलत भएको अभिव्यक्तिबाट रमेश खरेल पनि कारबाहीमा परे। पार्टीको साधारण सदस्यसमेत त्याग्न बाध्य भएका थिए।

रविविरुद्ध बोल्न नहुने ‘दास प्रवृत्ति’ मौलाएको देखिन्छ । रास्वपा गठन भएको ६ महिनामा जुन उचाइ लियो, त्यसको दोब्बर गतिमा ओरालो लागेको भेटिन्छ। ‘साइबर सेना’को भरमा पार्टी नचम्कने पुष्टि इलामको उपनिर्वाचन परिणामले पनि देखाएको छ।
यी दुवै परिदृश्यबाट सत्यर विरोधीको दमन थिति रास्वपाभित्र अभ्यास भएको पाइन्छ। रविविरुद्ध बोल्न नहुने ‘दास प्रवृत्ति’ मौलाएको देखिन्छ । रास्वपा गठन भएको ६ महिनामा जुन उचाइ लियो, त्यसको दोब्बर गतिमा ओरालो लागेको भेटिन्छ। ‘साइबर सेना’को भरमा पार्टी नचम्कने पुष्टि इलामको उपनिर्वाचन परिणामले पनि देखाएको छ।

दाहालको धोखाबाट एकजुट हुन पुगेका नेपाली कांग्रेसर एमालेले सात बुँदे सहमति गरेको सुनिएको छ। एमालेले पहिलोर कांग्रेसले दोस्रो चरणको सरकारको नेतृत्व आलोपालो गर्नुका साथै संविधान संशोधन गर्ने समेतको सहमति भएको बुझिएको छ। करिब १० वर्षको संविधान कार्यान्वयनका अनुभवबाट एकल बहुमतको स्थिर सरकार गठन गर्न सकिने स्थिति निर्माण गर्न खोजिएको देखिन्छ।

वंशीय आधारमा नागरिकको समानताको हक स्थापित हुनेछ। शक्ति पृथकीकरण सिद्धान्त संबोधन हुनेछ। न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपी प्रावधान हट्नेछ। मुलुकले राजनीतिक स्थायित्व पाउनेछ। परिस्थितिवश दुई ठूला दल मिलेको फाइदा राष्ट्रले पाउनेछ। ‘पुच्छरले शासन’ चलाउने पद्धति अन्त्य हुनेछ। जनादेशको सम्मान भएको देखिनेछ।
तथापि यी दुईदल मिलेर मात्र संविधान संशोधन हुन सक्ने होइन। अन्य दलसमेत मिल्नु अपरिहार्य छ। तथापि राजनीतिक स्थायित्व र नागरिकका पीडालाई संबोधन गर्न संविधान संशोधन आवश्यक छ। यस विषयमा संसदमारहेका माओवादी,रास्वपा एवं मधेस केन्द्रित दलसमेतले स्वीकार गर्ने गरी अघि बढ्नु बुद्धिमानी हुनेछ ।राष्ट्रिय सहमतिको माहोल निर्माण गर्नुपर्ने देखिन्छ।

आशा गरौँ, मुख्य मर्म तथा भावना कायमराखी एकल सरकार बन्न सक्ने प्रवधान संविधानमा संशोधन हुनेछ। यसमारहेका विभेदकारी धारा सच्चिने छन्। वंशीय आधारमा नागरिकको समानताको हक स्थापित हुनेछ। शक्ति पृथकीकरण सिद्धान्त संबोधन हुनेछ। न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपी प्रावधान हट्नेछ। मुलुकले राजनीतिक स्थायित्व पाउनेछ। परिस्थितिवश दुई ठूला दल मिलेको फाइदा राष्ट्रले पाउनेछ। ‘पुच्छरले शासन’ चलाउने पद्धति अन्त्य हुनेछ। जनादेशको सम्मान भएको देखिनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस