धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजना क्षेत्रमा निर्माणाधीन स्मार्ट बसपार्कविरुद्ध एकपछि अर्को मुद्दा परेपछि निर्माण कार्य प्रभावित बनेको छ।
आयोजनास्थलका असन्तुष्ट ५ जना जग्गाधनीहरुले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका छन् भने आयोजना क्षेत्रबाहिरका अर्का एक व्यक्तिले पनि सार्वजनिक सरोकारको विषय अन्तर्गत बसपार्कविरुद्ध मुद्दा दायर गरेका थिए। कुल ६ जनाले दायर गरेको मुद्दामध्ये ३ जनाको निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेशसमेत जारी गरिसकेको छ। अदालतमा परेको मुद्दा र आदेशको कारण राज्यको करोडौं लगानी भइसकेको निर्माणाधीन स्मार्ट बसपार्कको काम अवरोध पुगेको छ।
धरान उपमहानगरपालिकाका अनुसार सबैभन्दा पहिला गत वर्ष पुषमा मणिकुमार राई, सरणबहादुर लिम्बुसहित ४ जनाले आफुहरुको सहमति विना बसपार्कलगायतको काम भइरहेको भन्दै मुद्दा दायर गरेका थिए। ती मध्ये सरणकुमार लिम्बुको हकमा उनको मन्जुरीबिना बाटो निर्माण कार्य नगर्नु नगराउनु भनी पुस ४ गते उच्च अदालतले अन्तरिम आदेश दिएको थियो। यो आदेशले निरन्तरता पाएकै अवस्थामा धरान ८ का इमानसिंह राईले गैरकानुनीरुपमा बसपार्क निर्माण गरिरहेकोले यो सार्वजनिक सरोकारको विषय भएको भन्दै मुद्दा दायर गरेका थिए।
उनको मुद्दामा उच्च अदालतले गएको भदौ १२ गते अन्तरिम आदेश जारी गरिदिएको थियो। निवेदक राई आयोजना क्षेत्रका बासिन्दा नभए पनि सार्वजनिक सरोकारको विषय भन्दै मुद्दा दायर गरेका थिए।
यी दुई अन्तरिम आदेश जारी नै रहेको अवस्थामा अहिले पुनः स्मार्ट बसपार्ककै विरुद्ध अर्को पनि अन्तरिम आदेश जारी भएको छ। आयोजना क्षेत्रमा पनि जग्गा भएका धरान १२ का बालकुमार राईले पनि मुद्दा दायर गरेका थिए। उनको मुद्दामा पनि आइतबार कारण देखाऊ र अन्तरिम आदेश जारी भएको धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकार अबइन्द्र निरौलाले जानकारी दिए।
‘पहिल्यै दुई वटा अन्तरिम आदेश जारी भएको थियो, आइतबार फेरि अर्को जारी भएको छ, तर यो पछिल्लो आदेशको जानकारी वा म्याद तामेल भइसकेको छैन,’ उनले भने।
१५ करोड बढी लगानी, ९० प्रतिशत काम सम्पन्न
तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण भइरहेको छ। आयोजनाभित्र बसपार्क मात्र बनाउनको लागि दुहबीको बिकोई गिताञ्जली जेभीले ठेक्का पाएको थियो।
उक्त कम्पनीले भ्याटबाहेक २० करोड १८ लाख ४६ हजार १३१ रुपैयाँमा स्मार्ट बसपार्कको ठेक्का पारेको थियो। २०७८ असार ३० मा सम्झौता भएको बसपार्क निर्माण कार्य २०८१ असार ३० गते सम्पन्न गर्ने म्याद रहेको छ। निर्माण कम्पनीका सब इन्जिनियर सरोजकुमार यादवका अनुसार बसपार्कको भौतिक निर्माण कार्य करिब ९० प्रतिशत सकिएको छ।
‘अदालतको आदेशले टर्मिनल भवन भित्र मात्र सरसफाई, फिनिसिङको केही सामान्य काम गरिरहेका छौं,’ उनले भने, ‘निर्माण कार्य सबै ठप्प छ। बाउण्ड्री वाल, प्लष्टर, सेफ्टीट्यांक, वाटर ट्यांक बनाउनुपर्ने थियो, कटिङ फिलिङको सबै काम बन्द छ।’
सम्झौता अवधिभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएर तीव्र गतिमा काम हुँदै गर्दा अदालतमा मुद्दा परेको र अन्तरिम आदेशले रोकिएको यादवले बताए।
उपमहानगरपालिकाका साइट इन्चार्ज प्रदिप शर्माका अनुसार स्मार्ट बसपार्कको भौतिक निर्माणको प्रगति ९० प्रतिशत रहेको र रकम भुक्तानी ७० प्रतिशतको हाराहारीमा भइसकेको बताए। उनका अनुसार हालसम्म स्मार्ट बसपार्क निर्माण कम्पनीलाई कामको प्रगति अनुसार १५ करोड ६ लाख १६ हजार १४६ रुपैयाँ भुक्तानी भइसकेको छ।
बसपार्क बनाउन निःशुल्क जग्गा दिनेहरु नै किन छन् असन्तुष्ट ?
धरानको भानुचोकस्थित अस्तव्यस्त बसपार्कलाई स्थानान्तरण गर्ने लक्ष्यसहित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजना सुरु भएको थियो। यो आयोजनालाई मन्त्रीपरिषद्ले निर्णय गरेर नेपाल सरकारले २०६२ भदौ २७ गते राजपत्रमा प्रकाशित गरेको थियो।
धरान-८ स्थित पूर्व शक्ति मार्ग, पश्चिम आकाश मार्ग, उत्तर भृकुटी मार्ग र दक्षिण निलिमा मार्गको चारकिल्ला भित्र पर्ने आयोजना क्षेत्रका जग्गाधनीहरुले नै स्मार्ट बसपार्क बनाउनको लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए। मल्टिप्रपोज एरिया भनेर बसपार्क बनाउन छुट्याइएको १ बिघा १५ कट्ठा जग्गास्थानीयबासीकै जग्गाबाट काटिएको जमिन हो।
बसपार्कलाई निःशुल्क जग्गा दिएका स्थानीयबासीहरुको अत्यधिक धेरै जग्गा काटिएपछि असन्तुष्ट बनेका थिए। मन्त्रीपरिषद्ले आयोजना स्वीकृत गरेपछि राजपत्रमा प्रकाशित हुनुअघि नगरपालिकाका केही कर्मचारी र जग्गा व्यापारीहरुको मिलेमतोमा जग्गा किनेर बसपार्कसँग जोडिने गरी आयोजनाको जग्गा प्लानिङ गरेको खुलेपछि वास्तविक जग्गाधनीहरुले आन्दोलन नै गरेका थिए। जग्गाधनीहरुको आन्दोलनले झण्डै डेढ दशक आयोजनाको काम अघि बढ्न सकेको थिएन।
२०७४ मा स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि असन्तुष्ट जग्गाधनीहरुसँग पटक पटक छलफल गरेर सहमति कायम भएपछि आयोजनाको काम सुचारु भएको थियो। तत्कालीन कार्यपालिकाले कर्मचारीको नाममा देखिएको जग्गा अधिग्रहण गर्ने निर्णय नै गरेको थियो। तर, पुनः अहिले केही असन्तुष्ट जग्गाधनीहरुले आफुहरुको सहमति विना आयोजना र बसपार्कको काम अघि बढेको भन्दै अदालतमा मुद्दा दायर गरेका हुन्।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...