सैन्डाँडा बझाङको ‘ब्रान्ड फेस्टिभल’
११ असोज २०८०
•
५ मिनेट पाठ
सैन्डाँडा बझाङको ‘ब्रान्ड फेस्टिभल’
खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा लाग्ने सैन्डाँडा मेला (पैठी) को चहलपहल भाद्र शुक्ल प्रतिपदाको दिनदेखि नै सुरू हुन्छ। पैठी भने शुक्ल चतुर्दशीदेखि पूर्णिमाको पाँचौँ दिनसम्म लाग्ने गर्छ।

सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेलामा बझाङ मात्रै नभएर छिमेकी जिल्ला डोटी, बाजुरा र अछामसहितका हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गर्दछन्। पछिल्लो समय खापरको पूजासँगै सांस्कृतिक कार्यक्रम पनि हुने हुँदा जिल्लाभरका मान्छे पाटादेवलमा झुम्मिन्छन्। खापर पुजकको सुरूआत भएको ठाउँ भन्दै जिल्लाभरका अधिकांश समुदायले पुजपोखल (पूजा सामाग्री) ल्याएर पैठी (सैन्डाडा) आउने गरेका छन्।

खप्तडछान्ना–६ का वडाध्यक्ष तेजबहादुर खड्काका अनुसार सैन्डाँडा मेला साझा फूलबारी भएको भन्दै पूजाआजामा सहभागी हुने सबै समुदायले पहिचान जोगाउन पनि मद्दत गरेका छन्। खापरमाडौँ (सैन्डाँडा) को डोली अछामबाट ल्याएदेखि नै छान्नावासी सबै समुदायको साझा मेला बनाइएको थियो। मेलाको व्यवस्थापनदेखि खप्तडबाट डोली आउनसम्म सबै समुदायलाई जिम्मेवारी बाँडफाँट गरिएको थियो।

खप्तडको खापरदेव मन्दिर हुँदै छान्नाको खापरदेव मन्दिरसम्म आवतजावतमा सबै समुदायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ।

“जसरी खापरमाडौँमा सबै समुदायको समान अधिकार छ, त्यसरी नै बझाङवासीलाई एकतामा बाँध्न सैन्डाँडाले ठूलो काम गरेको छ”, खप्तडछान्ना–७ का कुम्भराज जोशीले भने, “माडौँ त्यस्तो ठाउँ हो, जहाँ हजारौँका मनमुटावलाई पनि एकतामा बाँध्ने गर्छ। त्यसरी नै यो पनि समुदायको मनमुटावलाई बाँधेर सैन्डाँडाले एकतामय वातावरण बनाउँछ।”

सबै समुदायमा आआफ्ना टोलमै माडौँ स्थापना गरेर पूजाआजा गरिन्छ तर, खापरमाडौँ बाजुरा, अछाम, डोटी तथा बझाङको छान्नाका सबै समुदायले पूजा गर्दै आएको साझा थलो भएको खप्तडछान्ना–५ का अशोकराज जोशीले बताए। “खापरमाडौँ मन्दिर सबैको साझा हो,” उनले भने, “सबैको समान दायित्व र समान अधिकार भएको खापरमाडौँले समुदायमा सद्भावको काम गरिरहेको छ।”

यहाँ पूजाआजा गर्नेले बाहिर विभिन्न समुदायको लडाइँ झगडा गरे पनि खापरमाडौँमा सबैले एकसाथ पूजा गर्नुपर्ने उनले बताए। “मिलाप हुनैपर्छ भन्ने एकताको सन्देश दिएको छ। समाजलाई बाँध्न पनि यस्तै माडौँहरू आवश्यक पर्छन्”, उनले भने।

सैन्डाँडाको पौराणिकता

खेचरा पर्वत (खप्तड) मा अवस्थित तलाउ नजिककै मुसारानीको रूपमा भगवान् प्रकट भएर सोही ठाउँमा पूजाआजा गर्न थालेको किंवदन्ती छ। पार्वती मुसारानीको रूपमा प्रकट भएपछि सबैभन्दा अगाडि त्यहाँ बसोबास गर्ने खप्तडी खड्काले देखेको र पूजाआजा गर्दै आएको स्थानीयवासी बताउँछन्।

खप्तडमा मुसारानीको रूपमा पार्वती प्रकट भइसकेपछि उनले त्यसै ठाउँमा शिवका लागि तपस्या गरिन् र पछि शिव प्रकट भए। पछि शिला भयो। त्यस बेला प्रकट भएको एउटा शिला अछामको लुङ्ग्रामा लगेर मन्दिर स्थापना गरिएको थियो। अहिलेको पाटादेवलको जस्तै लुङ्ग्रामा पूजाआजा गरिन्थ्यो। सुरुमा पार्वती मुसारानीको रूपमा प्रकट भएको ठाउँमा माइतीघर र त्यसपछि शिला लगेर माडौँ बनाइएको ठाउँमा माइतीघर उकालु र पोइलीघर ओरालु भन्दै दुवै ठाउँमा पूजाआजा गरिन्छ।

जानकारका अनुसार श्रावण पूर्णिमाका दिन (उकालु) पोइलीघरबाट पार्वतीलाई माइतीघर खप्तड पुर्‍याउने र भाद्र चतुर्दशीका दिन पोइलीघरमा ल्याउने हुँदा शिला राखेको ठाउँमा डोली ल्याउने गरिन्छ। त्यसबेलामा देवी (पार्वती) का भाइ धामीहरू दिदीसँग छुट्नुपरेको भन्दै काँप्दै रोइकराइ गर्ने गर्छन्।

“पार्वतीलाई माइतीघर पुर्‍याउँदा वा पोइलीघर ल्याउँदा काँप्दै रोइकराइ गर्ने गर्छन्,” जोशी भने, “त्यस बेलामा खापरको घोडा पनि काँपेर थाम्न नसकिने अवस्थामा हुने गर्छ।”

कसरी ल्याइयो अछामबाट छान्नामा डोली ?

मुसारानीको रूपमा खप्तडमा पार्वती प्रकट भएपछि त्यहाँ पहिलो पूजा खप्तडी खड्काले गरेका थिए। डाँफेकोट बस्ने खप्तडी खड्का, खप्तडी बस्नेतले नजिकै मुसारानीको रूपमा पूजाआजा गरेपछि उनीहरूको पूजा निरन्तर चलेको किंवदन्ती छ। खप्तडी खड्काका भाइहरू डाँफेकोटबाट अन्यत्र ठाउँमा बसाइँसराइ गर्दा एक भाइले अछामको लुङ्ग्रामा शिला लगेर माडौँ स्थापना गरेका थिए। त्यसपछि खप्तडी खड्काको जेठो भाइ छान्ना पुजारीगाउँमा बसोबास गर्थे। पूजा जेठो भाइले नै लगाउनुपर्ने त्यति बेलाको धार्मिक विश्वास थिथो।

जेठो भाइ छान्नाबाट गएर अछाममा पूजा लगाउनुपर्ने भएपछि भाइहरूबीच नै विवाद हुँदै गयो। जेठो भाइले शिला आफ्नो ठाउँमा हुनुपर्ने अडान लिए। खापरको डोला अछामी प्रभाल खड्काले रोक्दा विवाद भई मुद्दासमेत चल्यो। त्यसबेला विवाद सरकारको केन्द्रीय अड्डासम्म पुग्यो र महाराजी खड्काले खापरको डोला पाउने निर्णय भयो। स्थानीय ज्ञानबहादुर खड्का ‘घायल’ का अनुसार डोला छान्नामा पाउने भएपछि विसं १७७० तिर बिजु बयानीको नेतृत्वमा उनका भाइ लिखु र रिठु बयानी थापाले खापरको डोली जात्रा गरी बाजागाजा र सजधजका साथ सुतारीगाउँको खापरमाडौँ (अहिलेको सुतारीगाउँ चौर) मा भित्र्याए। जहाँ जलन्धरी राजाका सेनाले ढुङ्गा खोपेर गाडेका छन्।

जलन्धरी राजा भनेका सिञ्जा राज्यका राजा थिए। त्यस बेलामा बझाङ, बाजुरा र अछामसमेत सिञ्जा राज्यभित्र थिए। छान्नामा अहिलेका विभिन्न समुदायको बसोबास हुनुपूर्व जलन्धरी राजासँगै आएका हुम्लाका पुनमगरको बसोबास रहेको संस्कृति तथा इतिहासका जानकार खप्तडछान्ना–७ का रामजङ्गबहादुर सिंहले बताए।

अछामबाट सुतारीगाउँको खापरमाडौँमा डोली भित्र्याएको केही दुई दशकपछि (स्थानीयवासीको भनाइअनुसार) पाटादेवलमा मन्दिर स्थापना गरियो। सुतारीगाउँमा सानो जमिन भन्दै पाटादेवलमा स्थापना गरिएको मन्दिरमा पूजा लाग्न थाल्यो। पहिलोपटक खापरमाडौँमा डोली खप्तडबाट ल्याउँदा छान्नाका सबै समुदायको सहभागिता थियो। कसैले डोली बोक्ने, घोडा समात्ने, कुनै समुदायले पूजा सामग्री बोक्ने, डोलाको सुरक्षाका लागि छाता बोक्नेलगायतका जिम्मेवारी त्यसबेला नै सबैको सहमतिमा प्रदान गरिएको थियो। अहिले पनि तिनै समुदायले आआफ्नो जिम्मेवारी पूरा गर्दै आएको वडाध्यक्ष तेज खड्काले बताए।

स्थानीयवासी ज्ञानबहादुर खड्काका अनुसार खप्तड र छान्नाको खापरमाडौँबाट बिहान ४ बजे मुसारानी देवीको प्रस्थान साइत हुँदा शङ्ख घण्ट आफैँ बज्छन् भन्ने जनश्रुति रहिआएको छ। देवी (पार्वती) लाई माइतीघर पुर्‍याउँदा होस् या पोइलीघर पुर्‍याउँदा खापरको डोलीमा शिव पार्वतीको मूर्ति राखी चढाएको फलफूलले भरिन्छ। पाँचगाई बयानीले शुभयात्राको सबैतिर पुग नपुग हेरी परिपूरक बन्छन् भने खापर देवताको प्रमुख सुरक्षा गार्डका रूपमा कौछ्या धामी र दुदीर देवताको धामी मानिने परम्परा चल्दै आएको छ।

डोली लिएर जाने बेलामा खप्तड तालको पहिलो पूजा खप्तडछान्ना–३ धणाका सार्की समुदायले लगाउने गर्छन्। उनीहरूले खप्तड जाँदा निगालो काट्दा रगत बगेको देखेपछि देउता भेटेको भन्दै अरू समुदायले पहिलो पूजा लगाउन दिएको बताइन्छ।

भूमिराज पिठातोली/रासस
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
१ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस