कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम
२१ असोज २०८०
•
१ मिनेट पाठ
कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ।




गए रातिदेखि नै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ। अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखि नै खोला थुनिएको हो।

आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट विस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदीखोला आसपासका नागरिकलाई सतर्ककता अपनाउन आग्रह गरेका छन्।

खोलाको बहाव घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताए।

प्रहरीलाई कुश्मा नगरपालिकाको दोविल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुल लगायतका स्थानमा पुगेर माईकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताए।

“केहीबेर अगाडिबाट तालको छेउबाट विस्तारै पानी बग्न थालेको छ तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउन भनिएको छ” अन्नपूर्ण-११ का वडाध्यक्ष गुरुङले बताए।

किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाब बढ्दा जोखिम पनि बढेको हो।
अर्को समाचार
मोदीखोलामा बाढी:घान्द्रुक–घोरेपानी–एबिसीसँगको सडक सम्पर्क बिच्छेद
२९ साउन २०८३
•
४ मिनेट पाठ
मोदीखोलामा बाढी:घान्द्रुक–घोरेपानी–एबिसीसँगको सडक सम्पर्क बिच्छेद
कास्कीको वीरेठाँटीमा मोदीले कटान गरेको खण्ड। तस्बिरः नागरिक
मोदी खोलामा विहीबार मध्यरातमा आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा ब्यापक क्षति पु¥याएको छ। बाढीले अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीको बजार जोखिममा पारेको छ। मोदीको कटानले मन्दिर र सडक बगाएको छ। कटानको जोखिममा परेका घरका बासिन्दा बिस्थापित भएका छन्।  




मोदीको कटानले वीरेठाँटीको कटानसँगै अन्नपूर्ण क्षेत्रको पर्यटकीय क्षेत्रसँगको सम्पर्कबिच्छेद नै गराएको छ। अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको सडक सम्पर्क बिच्छेद भएको स्थानीयले बताएका छन्।  

गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाटो कटान भएसँगै वीरेठाँटी–घान्द्रुक सडक पुरै बिच्छेद भएको छ। यो सडक हुँदै एबिसीसम्मको पदयात्रा हुुन्छ। अन्नपूर्ण गाउँपालिकाका ८,९, १० र ११ वटा वडासँगको यातायात सञ्जाल सम्पर्क टुटेको छ। नदीको कटानले वीरेठाँटीको सिंगो बस्ती नै जोखिममा पारेको उनले बताए। उनका अनुसार खोलाको वहावले बस्तीतिरको क्षेत्र कटान गर्दैजाँदा घरहरु जोखिममा परेका छन।  

‘मोदीमाथि ७ र ८ नम्बर वडालाई जोडनेगरि पुल छ। वारिपट्टि (७ नम्बर) कडा चट्टान भएकोले कटान गर्न सकेन। तर, पारिपट्टि (८ नम्बर) कमजोर संरचना भएकोले कटान भयो। त्यसले गर्दा वीरेठाँटीमा मात्र एकसय मिटर सडकखण्ड पूर्ण रुपमा खोलामा बगेको छ,’ उनले भने, ‘कडा चट्टानले छेकेकोले वारिको बस्ती सुरक्षित बन्यो। तर पारिको बस्ती भने जोखिममा परेको छ।’ उनका अनुसार अहिले कटानको जोखिममा रहेका तीनवटा घरका बासिन्दा आफन्तकहाँ गएर बसेका छन्। अरु घरका बासिन्दा अहिले घरमै रहेपनि जोखिममा रहेको उनले बताए।  

‘केहीगरि खोलामा वहाव बढ्यो भने थप कटान हुनसक्छ। त्यस्तो हुँदा खोलाले भित्रभित्र खोल्दै जाँदा वीरेठाँटीको बस्ती थप जोखिममा पर्न सक्छ। त्यसो हुँदा कम्तिमा १५ घर जोखिममा पर्न सक्छन,’ उनले भने, ‘पाँगो माटो भएकोले कटानको जोखिम बढि रहेकोले पारिपट्टिको बस्ती बढि जोखिममा रहेको छ।’ 
उनका अनुसार अहिले वीरेठाँटी–घान्द्रुक सडकको तीनठाउँमा पहिरोले सडक क्षति गरेको छ। सबैभन्दा बढि कटान वीरेठाँटी, चीमरोङ र स्याउलीबजारमा भएको छ। तीनठाउँमा गरेर झन्डै आधाकिलोमिटर सडक मोदीमा मिसिएको उनले बताए।  

खोलाको वहाव बढेको र कटान भएकोले तत्काल सडक खुलाउन सकिने अवस्था नरहेको उनले बताए। उनका अनुसार अबको कम्तिमा तीनमहिना वीरेठाँटी–घान्द्रुक सडक बन्द हुने हुनेछ। त्यसले अन्नपूर्णका चारवटा वडाका बासिन्दा र अन्नपूर्ण आधारशिविरसम्मको पर्यटकीय क्षेत्र प्रभावित हुनेछ। ‘यसै त खोलामा वहाव बढेकाले अहिले डाइभर्सन बनाउनका लागि गहै उपकरण पारिसम्म लैजान सकिने अवस्था छैन। त्यस्तै उपकरण लगेपनि डाईभर्सन बनाउने ठाउँसम्म पनि छैन,’ उनले भने, ‘भित्तैसम्म कटान छ। तल खन्ने ठाउँ छैन। खन्ने हो भने घर नै जोखिममा पर्छन।’

वर्षायाम सकिएपछि वहाव घटेको बेला पारेर बल्ल संरचना बनाएर सवारी संचालनका लागि सडक तयार हुने अवस्था रहेको उनले बताए। त्यसका लागि वर्षायाम सकिएर खोलामा वहाव घट्नुपर्ने उनले बताए। ‘स्थानीय तहले मात्र त्यो काम पुरा गर्न सक्ने अवस्था छैन। अहिले मान्छे पुरानो बाटो हिडेर आउजाउ गर्न सक्ने भएपनि सवारी संचालनका लागि लामो समय लाग्नेछ,’ उनले भने, ‘मोदी पारिको बस्तीसँग सडक सञ्जालको सम्पर्क पूर्णरुपमा टुटेको छ।’

अन्नपूर्ण–७ का अध्यक्ष समेत रहेका उनका अनुसार छोमरोङ खोलामा पहिरो झरेको र त्यहि पहिरो मोदीमा मिसिएपछि विहीबार मध्यरात मोदीको वहाव एकाएक बढेको थियो। यसैपनि वर्षाका कारण खोलाको वहाव बढेको र त्यसैमा लेदोसहितको पहिरो थपिएपछि मोदीको वहाव झनै बढेको थियो। ‘मध्यरात नै भागाभाग भयो। रातभर स्थानीय त्रासमा बसेका छन,’ उनले भने। उनक अनुसार यतिबेला अफसिजन परेकोले घान्द्रुक क्षेत्रमा विदेशी पर्यटक नभएपनि पदयात्रा समेत जोखिममा परेको छ। वर्षायामको यो समयमा दुइपटकसम्म गरेर वीरेठाँटी–घान्द्रुक सडक क्षतविक्षत पारेको पनि उनले बताए।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका प्रमुख याम गुरुङका अनुसार मोदीको कटानले बस्ती जोखिममा पारेको छ भने सडक कटान हुँदा यातायात अवरुद्ध भएको छ। तत्काल यातायात खुल्ने सम्भावना नरहेको उनले बताए। पर्यटकीय क्षेत्र भएपनि यो बेला अफसिजन परेकोले पर्यटक नभएपनि हिडडुल सहज नभएको उनले बताए। ‘सबैभन्दा बढि जोखिम नै वीरेठाँटीमा छ। वीरेठाटीमा त बाटो नै छैन। पुरानो बाटो भएर हिडडुल गर्न मिल्छ, तर, पदयात्रामा जोखिम छ। बाटो नै बन्द छ,’ उनले भने।

प्रहरीले मोदीको बीचमा रहेको मन्दिरमा रहेका तीनजना व्यक्तिलाई शुक्रबार बिहान सुरक्षित उद्धार गरेको छ। सशस्त्र प्रहरीको कालिका गणका अनुसार बाढिले मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा आवतजावत गर्ने (पर्वत र कास्कीतर्फ) दुईवटा मेटल पुल सहित मन्दिरको आदि भाग बगाएको छ। मन्दिरमा एकजना सन्त पुजारी र दुईजना भक्तजन गरी राती तीनजना थिए। उनीहरु बाढिमा फँसेका थिए।  

उनीहरु बाढीमा फसेको थाहा पाएलगत्तै गणबाट गएको १३ जनाको रोप रेस्क्यु तथा गोताखोर सहितको टोलीले उनीहरुको उद्धार गरेको थियो। बाढिको मारमा फँसेका उनीहरुलाई रोप रेस्क्यूद्वारा उद्धार गरिएको गणले बताएको छ। प्रहरीका अनुसार पोखरा–१८ बस्ने २८ वर्षिय प्रदिप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपुर्ण–८ को विद्यालयका शिक्षक ३० वर्षिय रेवन्तप्रसाद सिंह, तथा मन्दिरको पुजारी ५२ वर्षिय निर्माण गिरी रहेको प्रहरीले बताएको छ। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस