‘यो पुल अझै बनेन् ?’
२१ असोज २०८०
•
३ मिनेट पाठ
‘यो पुल अझै बनेन् ?’
पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकाली ओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो। घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् ? कहिले बन्छ होला है ?’ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी।

बर्खामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालीगण्डकीमा पक्की पुल बन्न थालेको सात वर्ष बित्यो। कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन्। अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छ जस्तो नलाग्ने सर्वसाधारण बताउँछन्।

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको काम सात वर्षदेखि चलिरहेको छ। “विभिन्न कारणले लामो समयदेखि काम अगाडि बढ्न सकेन्। अघिल्लो वर्ष धेरै काम भएको छ। अब २० प्रतिशत काम मात्रै बाँकी छ”, सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पोखरेलले भने, “कठिन काम सकियो। निर्माण कम्पनीको म्याद पनि सकिएको छ। म्याद र बजेट थप भए अबको एक वर्षमा पुल निर्माण सम्पन्न हुन्छ।”

उनले पाँच वर्षसम्म अलपत्र रहेको कामले अघिल्लो वर्ष गति लिएको बताउँदै अघिल्लो वर्ष मात्रै ४५ प्रतिशत काम भएको जानकारी दिए। पोखरेलका अनुसार त्यसभन्दा अघिको वर्ष करिब ३५ प्रतिशत काम भएको थियो। “पुलका पिल्लर बनिसकेका छन्। ढलान स्लापको काम बाँकी हो। आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ”, पोखरेलले भने, “कूल बजेटको १५ प्रतिशत भित्रै हुने गरी भिओ बनाउने योजना छ। भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ।”

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देविस्थान जोड्ने गरी विसं २०७३ असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो। प्राविधिक कारणले लामो समयसम्म काम रोकिएको थियो। काम थालेको पाँच वर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेकामा गत आवमा भएको कामसमेत गरेर ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ। 

बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचनाको काम सकिएको छ। कालीगण्डकी नदीको बीचमा दुईवटा पिल्लर तयार भएका छन्। पाँचौँ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ।

“कामको गति हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन्”, इञ्जिनियर पोखरेलले भने, “भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो।” उनका अनुसार १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा तीस महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो। बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ।

समयमै पुल नबन्दा तीन वर्ष अघि भदौमा आएको पहिरोले मध्यपहाडी लोकमार्ग एक साता अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न नपाएको स्थानीय हरि केसीले बताए। कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाईसमेत करिडोरको पहुँचमा ल्याउने उनको भनाइ थियो। उनका अनुसार ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ।

पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन।
अर्को समाचार
भेरी पुलबारे सडक डिभिजन 'गुपचुप'
०१ माघ २०७८
•
३ मिनेट पाठ
भेरी पुलबारे सडक डिभिजन 'गुपचुप'
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाबीचमा रहेको भेरी नदीमा बनाउन लागेको अलपत्र पुल। तस्बिरः गोविन्द/नागरिक
कर्णाली प्रदेश छिर्ने छोटो सडकका रुपमा रहेको बर्दिया–तेलपानी–सुर्खेत ५५ किलोमिटर सडक अन्तर्गत भेरी नदीमा बनाउन लागिएको पुल ९ वर्षदेखि अलपत्र छ। पप्पु मल्ल जेभी कन्स्ट्रक्सनले २०६९ असार २९ गते तीन वर्षभित्र पुल निर्माण गर्ने गरी सम्झौता समेत गर्‍यो। तर, पुल बनेन्। त्यही बेला बनाइएको तीन वटा पिल्लर काम बढ्दा अहिलेसम्म उस्तै छ।

पुलको ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेत न ठेक्का तोड्न सक्छ, न त बनाउनका लागि निर्माण कम्पनीलाई निर्देशन नै गर्छ। डिभिजन प्रमुखहरु फेरिरहन्छन् तर, पुलमा केही फेरिदैन। बराहतालका स्थानीयहरु वर्षेनि पुल बनाउन ज्ञापनपत्र सडक डिभिजन कार्यालयलाई दिइरहन्छन्। सडक डिभिजन कार्यालय गुपचुप रहिरहन्छ। जसका कारण ९ वर्ष पुलको कामले सिन्को समेत भाचेको छैन।

ठेकेदारले पुलको पिल्लर हाल्ने ठाउँमा चट्टान भएको निहुँ पार्दै सडक डिभिजन कार्यालयसँग डिजाईन परिवर्तन गर्नुपर्ने भन्दै पुलको काम रोकेको हो। डिभिजन कार्यालयले डिजाईन परिवर्तन नगरी यतिका वर्ष वितायो। १४ करोड २९ लाख ८९ हजारमा ठेक्कामा पुल निर्माणको सम्झौता गरिएको हो।

पप्पु मल्ल जेभी कन्स्ट्रक्सनलाई ७ दिने सूचना निकालेर किन सम्झौता रद्द नगर्ने भनेर चेतावनी दिइएको सडक डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर तुलाराम शर्माले बताए। ‘अन्तिम अवस्थामा ठेकेदारले काम गर्छ भनेको छ’, ईन्जिनियर तुलाराम शर्माले भने, ‘काम गर्छु भनेर विश्वस्त पारे कार्यालयले काम गराउनेछ।’ ठेकेदारले नयाँ डिजाईन स्वीकृती भए तत्काल काम गर्ने बताएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सम्झौता रद्द गरेर नयाँ ठेक्का लगाउँदा अहिलेको अवस्थामा कार्यालयलाई ७ करोड बढी भार आउने आंकलन कार्यालयको रहेको छ।

पुलको डिजाईन फेल भएकाले नयाँ डिजाईन माग्दा कार्यालयबाट स्वीकृत नहुँदा नौ वर्षसम्म काम रोकिएको ठेकेदार कर्णबहादुर मल्लले बताए। ‘काम गर्दागर्दै चट्टान लाग्यो’, ठेकेदार मल्लले भने, ‘सडक डिभिजनलाई डिजाईन फेरबदल गर्नुभन्दा गरेनन्। मलाई यो पुलले ३ करोडभन्दा बढी क्षति गराउने भयो।’ तेलपानीमा सडक आयो तर, भेरीमा पुल नबन्दा जनताहरुले सास्ती खेप्नु परेको बराहताल गाउँपालिका–३ का वडा सदस्य अमृता वलीले बताइन्।

१ सय २० मिटर लामो पक्कि पुल भेरी नदीमा निर्माण भए, सुर्खेतबाट बर्दिया पुग्न ५२ किलोमिटर छोटो पर्छ। कर्णाली छिर्ने छोटो नाका समेत यही सडक हो। भुरिगाउँबाट बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बरपानीसम्म सवारी साधन चल्छन्। भुरिगाउँबाट तेलपानी २९ किलोमिटर रहेको छ। बर्दियाको बरपानीबाट सुर्खेतको तेलपानीसम्म झण्डै २४ सय मिटर सडक नयाँ ट्र्याक जोड्न बाँकी छ। सुर्खेतको रानीघाटदेखि डाँडाँपानीसम्म सडक फराकिलो बनाउन प्रदेश सरकारले ११ करोडमा तीन वर्षभित्र फराकिलो पार्ने गरि काम भईरहेको छ। सडक फराकिलो पार्ने सम्झौता यो चालु वर्षभित्र सकिदैछ। वीरेन्द्रनगरदेखि रानीघाट (भेरी नदी) १३ किलोमिटर र रानीघाटदेखि तेलपानी १६ किलोटिमर रहेको छ।

सडक डिभिजन कार्यालयले ठेकेदारसंग काम लिन नसक्दा यतिका वर्षसम्म तेलपानी जोड्ने सडक अन्तर्गत भेरी नदीको पुल नबनेको बराहताल गाउँपालिका–१ का वडाध्यक्ष तुलादेव भारतीले बताए। ‘बराहताल गाउँपालिकाका १ देखि ४ वडासम्मका स्थानीयहरुले पुल नबन्दा दुःख पाइरहेका छन्। वडाध्यक्ष भारतीले भने, ‘हामीलाई अरु थाहा छैन। सडक डिभिजनले डिजाईन फेरेर भएपनि पुल बनाउनुपर्छ।’

भेरी नदीबाट डोजर तारेर तेलपानीसम्म सडक खोलिएको हो। पुल कहिले बन्ला र भेरीमाथिबाट तेलपानी बर्दिया गाडी चलेको हेर्ने सपना जस्तो पो हुन थालेको बराहताल गाउँपालिका–१ का डाँडाँपानीका स्थानीय अगुवा पूर्णबहादुर सिजालीमगरले बताए।

‘पुलमा पिल्लर मात्र राखेको ९ वर्ष भयो’, सिजाली मगरले भने, ‘पिल्लर हालेदेखि न त्यो हेर्ने कार्यालयले हेरेको छ, न ठेकेदारले नै। पुल बन्न लाग्दा अब छिटो गाडी आउला भनेर खुसी थियौं तर, पुल नै बनेन्।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस