प्रयोगात्मक सिकाइका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका अधिकांश विद्यार्थीहरु हमास आक्रमणमा परेका छन्।
प्यालेस्टाइन लडाकु हमासले इजरायलको सेडोट शहरमा आक्रमण गरेपछि त्यहाँस्थित एलोमिन कृषि फार्ममा कार्यरत विद्यार्थीहरु सबैभन्दा ठूलो जोखिममा परेका छन्। त्यहाँ कृषि विज्ञान संकायका १७ जना विद्यार्थी कार्यरत थिए।
प्राप्त जानकारी अनुसार सो कृषि फार्ममा कार्यरत सल्यानका विधान सेजुवाल, दाङका प्रविण डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन्। उनीहरु सबैको अस्पतालमा उपचार भइरहेको छ। सेजुवाल र डाँगीको खुट्टामा चोट लागेको छ भने चौधरी र कट्टेल सामान्य घाइते छन्।
सोही कृषि फार्ममा कार्यरत कैलालीका बिरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी सुरक्षित छन्। चौधरी प्रहरीको र केसी कृषि फार्म सञ्चालकको सम्पर्कमा रहेको बताइएको छ। त्यहाँ कार्यरत अन्य ११ जनाको अवस्था बारे आधिकारिक रुपमा पष्ट भइसकेको छैन।
केही समय अघि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले हमलामा मृत्यु भएका नेपालीहरुको विवरण परराष्ट्र मन्त्रालयमा पठाएकी थिइन्। उनले पठाएको विवरण अनुसार हमलामा १० जना नेपालीको मृत्यु भएको छ।
उनले पठाएको विवरण बारे परराष्ट्र मन्त्रालयले ‘भेरिफाई’ गरिरहेको छ। मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सूचना भेरिफाई गर्न समय लाग्ने भएकाले आधिकारिक जानकारी सोमबार मात्र सार्वजनिक गर्ने बताइन्।
सेडोट नेगेभ कलेजले ४९ जना विद्यार्थीहरुलाई विभिन्न छ वटा कृषि फार्ममा काम लगाएको थियो। उनीहरु मध्ये ११ जना डेभिडियन कृषि फार्म, ९ जना बेनी अमर कृषि फार्म, ४ जना काडोस फार्म, ४ जना रचमिन मुगरबी फार्म र ३ जना सोरासिम कृषि फार्ममा कार्यरत छन्।
ती मध्ये एक जना विद्यार्थी विपिन सुवेदी उनीहरुका ग्रुप लिडर हुन। कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरु मध्ये १० जना छात्रा रहेका छन्। उनीहरु १० महिनाका लागि इजरायल गएका थिए।
विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो।