सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ
२४ असोज २०८०
•
२ मिनेट पाठ
सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को ४१औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आज आयोजित कार्यक्रममा उद्घाटन गर्दै मन्त्री राईले सबैले आ–आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा जोड दिए।  




उनले नीति–निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्ने हो भने कर्मचारी सङघ सङ्गठनले मन्त्रीलाई ‘पख्लास्’ भनिहरनुपर्ने अवस्था नआउने बताए। आफ्नो क्षमता विस्तार गर्दै इमान्दारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिए। मन्त्री राईले सरकारले मुलुकको आर्थिक समृद्धिसँगै पुँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताए।

मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको दाबी गरे। उनले पुनः प्रश्न गरे, ‘परिषद्ले सम्बन्धन बाँड्ने होइन, तर कसरी बाँड्यो रु १६ वर्षदेखि पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त रु सेवाग्राहीलाई दिने न्याय यही हो रु’ यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलले सिटिइभिटीको पुनःसंरचना पूर्वाधार सुहाउँदो नगरिएको गुनासो गरे। उनले स्थानीयस्तरमा उत्पादित सामग्री खपत तथा बजारीकरणका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सुझाव पनि दिए।

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले उपलब्धिलाई समीक्षा गर्दै सम्भावनालाई रोजगारीसँग जोड्न आग्रह गरेका थिए।

गोष्ठीमा सिटिइभिटीका सात प्रदेश प्रमुख तथा आङ्गिक ६५ शिक्षालयका प्रमुखको सहभागिता रहेको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार देशभर सिटिइभिटीको सम्बन्धन प्राप्त एक हजार एक सय शिक्षालय सञ्चालनमा छन्। 
अर्को समाचार
सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा
२२ वैशाख २०८०
•
२ मिनेट पाठ
सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा
पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।




परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा बुधबार बसेको बैठकले नेपाली सम्बन्धनमा विदेशमा खुलेका नेपाली पाठ्यक्रममा आधारित पठनपाठन गराइने विद्यालयहरूले सामाजिक अध्ययन अंग्रेजी भाषा माध्यमबाट पठनपाठन गर्नगराउन पाइने निर्णय गरेको हो। साथै नेपालमा खुलेका विदेशी कूटनीतिक नियोगका विदेशी विद्यार्थी अध्ययन गर्ने विद्यालयहरूमा समेत अंग्रेजी माध्यमबाट सामाजिक विषय शिक्षण सिकाइ गर्न गराउने निर्णय गरेको गरिएको परिषद्का अध्यक्ष शिक्षामन्त्री राईले बताए।

उनले हाल विद्यालयहरूमा सामाजिक अध्ययन विषय नेपाली माध्यमबाट पठनपाठन गराउँदा विदेशी विद्यार्थीहरूलाई बुझ्न अप्ठयारो भएको भनी आएको गुनासोका आधारमा परिषद्ले विद्यालय तहमा सामाजिक अध्ययन विषयलाई नेपाली र अंग्रेजी दुवै भाषा माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको जनाए।

यो निर्णय आगामी वर्ष एसइई दिने सवालमा पठनपाठन मिलाउने गरी भएको हो। ‘विदेशमा बसेका नेपालीका बच्चाबच्चीको नेपाली भाषा आधार र नेपालमै बसेका विदेशी बच्चाबच्चीको नेपाली भाषाको आधार कमजोर रहेको पाइएको गुनासाहरू आए,’ मन्त्री राईले नागरिकसँगको कुराकानीमा भने, ‘बुधबारको बैठकले भने यी दुवै किसिमको विद्यालय र विद्यार्थीको हकमा अंग्रेजी र नेपाली दुवै भाषा माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको हो।’

मन्त्री राईले निर्णयबारे बताउँदै भने, ‘अहिले विद्यालय तहमा सामाजिक विषय अनिवार्य रूपमा नेपाली भाषा माध्यमबाट अध्ययन गराउँदा समस्या आएको विद्यालयहरूको गुनासो आयो। अब सबै विद्यालयको सवालमा कस्तो निर्णय गर्ने बारे थप अध्ययन गरि मात्र अर्को निर्णय हुन्छ। अहिलेलाई अन्य विद्यालयहरूमा भने नेपाली भाषा माध्यमबाटै समाजिक विषयको पठनपाठन हुने निर्णय हो।’

दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवर्धन गर्न भनेर विज्ञहरूसँग बृहत् छलफलपछि विद्यालय तहको समाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो। अर्कातर्फ निजी विद्यालयहरूले भने सामाजिक विषयलाई पनि अंग्रेजी भाषा माध्यमबाट पढाउन पाउनुपर्ने निर्णय गराउन दबाब दिँदै आएको स्रोतले बतायो।

यति मात्र होइन, यही निर्णयमा टेकेर निजी विद्यालय सञ्चालकहरू सामाजिक अध्ययन अंग्रेजी भाषा माध्यमबाटै पढाउने तरखरमा रहेको स्रोत बताउँछ। यही आधारमा अब राष्ट्रिय परीक्षा बोर्डले अगामी वैशाख २६ गते सुरु हुने कक्षा १२ को प्रश्नपत्र तयारीमा जुटेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

‘पाठ्यक्रम विकास केन्द्रको निर्णयअनुसार बोर्ड अघि बढ्छ। विदेशमा सञ्चालित नेपाली पाठ्यक्रमको विद्यालयमा अध्ययनरत विद्यार्थी र नेपालमै सञ्चालित कूटनीतिक नियोगका विद्यार्थीका लागि प्रश्नपत्र यो वर्ष अंग्रेजी र नेपाली दुवै भाषा माध्यमका तयार हुन्छ,’ अध्यक्ष शर्माले नागरिकसँग भने, ‘अरू विद्यालयको सवालमा सामाजिक अध्ययन विषयको प्रश्नपत्र विगतका वर्षहरूजस्तै नेपालीमै निर्माण गरी पठाइन्छ।’
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस