गुमेको दृष्टि वृद्धावस्थामा फर्किँदाको खुसी …
२५ असोज २०८०
•
३ मिनेट पाठ
गुमेको दृष्टि वृद्धावस्थामा फर्किँदाको खुसी …
कपिलवस्तुको तौलिहवा आँखा अस्पतालमा साढे ६ सय जना विपन्नको निः शुल्क मोतिया बिन्दुको अप्रेसन सुरु भएको छ। कतरा च्यारेटीको आर्थिक र लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल) को समन्वयमा तौलिहवा आँखा अस्पतालमा उनीहरुको अप्रेसन सुरु भएको हो।




मोतिया बिन्दुका रोगी पत्ता लगाउन जिल्लाका पालिकाहरुका विभिन्न स्थान शिविर समेत संचालन गरिने अस्पतालमा अध्यक्ष मनोज कुमार श्रीवास्तवले बताए।

शिविर र अप्रेसन लगायतका कार्यकालागि लिडो नेपाल र आँखा अस्पताल बिच सम्झौता समेत भएको छ। सम्झौता अनुसार शिविर र स्किृनिङकालागि आवश्यक ३९ लाख रुपैयाँ रकम लिडोले आँखा अस्पताललाई उपलब्ध गराउनेछ।

आँखा अस्पतालले खाना, औषधी लगायतका सुविधा बिरामीहरुलाई दिने गरी सम्झौता भएको हो। सो सम्झौता अन्तर्गत ३ पटक गरी अहिले सम्म कुल १ सय ५८ जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेसन गरिएको अध्यक्ष श्रीवास्तवले बताए।

आफ्नै लगानीमा अप्रेसन गरिए ५ हजार बढी खर्च लाग्ने गर्छ। विभिन्न ठाउँमा गरिएको शिविरमा आँखाको जाँच समेत गरिएको थियो। निःशुल्क अप्रेसन पछि लाभग्राहीहरुले आफुहरुले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरे।

शिविरमा आँखा जाँच पछि तौलिहवा आँखा अस्पतालमा निःशुल्क मोतिया बिन्दुको अप्रेसन भए पछि जिल्लाको सुद्धोदन गाउँपालिका– २ लवनीकी ७५ वर्षीय जगमति केवटले आफूले नयाँ जीवन नै पाएको जस्तो अनुभव गरेको बत्ताइन।

४ वर्ष देखि मोतिया बिन्दु लागेर आँखा नदेख्ने भएकी केवट श्रीमानको मृत्यु पछि एकल जीवन बिताई रहेकी छिन। आर्थिक अभावले कष्टकर जीवन बिताई रहेको उनको दुवै आँखामा मोतिया बिन्दु रोग लागेको छ। १५ दिन अघि गाउँ मै राखिएको शिविरमा जाँच गराई ३ दिन अघि मात्र आँखा अस्पतालमा बायाँ आँखाको अप्रेसन गरिएको हो।

वृद्ध भत्ताले जेनतेन जीवन बिताई रहेकी उनी मातिया बिन्दुले गर्दा कष्टकर जीवन बिताइरहेको बताउँछिन्। ‘अप्रेसन गराउने पैसा थिएन, जीवन नै अन्धकार जस्तो लगेको थियो। अप्रेसन पछि उनले आफूले पाएको कष्ट सुनाउँदै भनिन ‘अहिले निःशुल्क अप्रेसन भए पछि बायाँ आँखाले देख्न सक्ने भएकी छु’। अर्को वर्ष फेरी निःशुल्क अप्रेसन गर्ने भए पछि उनी निकै खुसी भएकी छिन। आफूले अहिले नयाँ जीवन नै पाएको उनले बत्ताइन।

मायादेवी ३ का ७० वर्षीय हरिराम कहार पनि निःशुल्क बायाँ आँखाको मोतिया बिन्दुको अप्रेसन भए पछि दङ्ग छन्। मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको बताए। बर्षौँ देखि मोतिया बिन्दु रोगबाट ग्रसित बनेकाले उनले राम्ररी आँखाले हेर्न सक्थेनन्। उनलाई जीवनयापनमा समस्या हुँदै आएको थियो। विपन्न कहारले आर्थिक अभावका कारण अन्धकारमा बस्न बाध्य थिए। शिविरमा जाँच पछि केही मै उनको अप्रेसन गरिएको थियो । अप्रेसन पछि उनले आँखा देख्न थालेका छन्। गुमेको आँखाको ज्योति फेरी पाए पछि उनी निकै हर्षित छन्। ‘गुमेको आँखाको ज्योति पाएको छु, नयाँ जीवन पाए जस्तो लागेको छ ’ उनले भने।

फेरी आँखा देख्न पाउँछु भन्ने आस मारेर बसेका उनले आँखा देख्न पाएकोमा आयोजकलाई धेरै धेरै धन्यावाद दिए ‘बचेको जीवनमा आँखाले आफ्नो परिवार, समाज, सबैलाई हेरेर मर्न पाउने भए’ उनले खुसीको आशु झार्दै भने।

निःशुल्क अप्रेसन सहित चस्मा समेत पाएर दङ्ग परेका उनले आफूलाई निकै रमाइलो लागेको बताए। दुई जस्तै नै बृद्धबृद्धा विपन्नहरू नयाँ आँखाको ज्योति पाउँदा दङ्ग छन्। लिडोको अध्यक्ष अतकर कमालले बृद्धबृद्धा र विपन्नलाई लक्षित गरी नगरपालिका भित्रै सो सेवा दिएको बताए।

गुमेको आँखाको ज्योति फेरी पाएर खुसी भएको देख्दा आफ्नो मन प्रशंन्न भएको उनले बताए। ‘बृद्धबृद्धाहरु हर्षित भएको देख्दा उनीहरुको आर्शिबाद पाए जस्तो लागेको छ’ उनले भने। उनले यो कार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा समेत राखिने बताए। कुनै पनि संस्थाको सहयोगमा यति संख्यमा अप्रेसन गरिएको यो पहिलो पटक रहेको अस्पतालका अध्यक्ष श्रीवास्तवले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस