गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने ५ उद्योग विरुद्ध मुद्दा
२६ असोज २०८०
•
३ मिनेट पाठ
गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने ५ उद्योग विरुद्ध मुद्दा
उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्यून गुणस्तर तथा दूषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने ५ उद्योगविरुद्ध मुद्दा दायर भएको छ।




खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले अनुसन्धान पुरा गरेर असोज महिना ५ उद्योगविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो। ती मध्ये ३ वटा मुद्दा पिउने पानी उत्पादन गर्ने उद्योगविरुद्ध रहेको छ भने एउटा मैदा र अर्को घिउ उत्पादन गर्ने उद्योग रहेको छ।

चालु आर्थिक वर्षमा अनुसन्धान पुरा गरेर ५ मुद्दा दायर भएको र अन्य ३० वटा भन्दा बढी मुद्दाहरुको अनुसन्धान भइरहेको खाद्य निरीक्षक एवं सूचना अधिकारी बादल चेम्जोङले जानकारी दिइन्।

यो वर्ष सबैभन्दा पहिला इटहरीस्थित गोर्खा प्याकेजिङ उद्योगविरुद्ध असोज १० गते मुद्दा दर्ता भएको छ। उक्त उद्योगले उत्पादन गरेको मैदामा लेबल नभएको र न्यून स्तर भएको उजुरीको आधारमा खाद्यले अनुगमन गरेको थियो। मैदाको नमुना परीक्षणको लागि ल्याबमा पठाउँदा तोकिएको गुणस्तरको मापदण्ड नपुगेको रिपोर्ट आएपछि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, पिउने पानी उत्पादन गर्ने इटहरीको हिमधारा कम्पनी प्रालिविरुद्ध असोज १४ गते २ वटा मुद्दा दायर भएको छ। यो कम्पनीले उत्पादन गरेको उपहार ब्राण्डको पिउने पानीको बोतल भित्रै कालो पदार्थ भेटिएको थियो। यस्तै, अर्को बोतलमा काठको टुक्रा भेटिएको थियो। नमुना परीक्षणबाट दूषित खाद्य पदार्थको रिपोर्ट पनि आएपछि कार्यालयले असोज १४ गते हिमधाराविरुद्ध मुद्दा दायर गरेको थियो।

यसैगरि, पानीको बोतलभित्र किरा भेटिएपछि इटहरी तरहरास्थित दिव्येश्वरी जल उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ। बल्ल ब्राण्डको पानीको बोतलभित्र किरा भेटिएको र उक्त पानीको नमुना ल्याबमा परीक्षण गर्दा कोलिफर्म रहेको पुष्टि भएपछि असोज २३ गते मुद्दा दायर गरिएको खाद्य निरीक्षक एवं सूचना अधिकारी चेम्जोङले जानकारी दिइन्।

‘बोतलको पानीमा किरा भेटिएको उजुरी आएपछि नमुना ल्याब परीक्षण गर्न पठायौँ, कोलिफर्म भेटिएको रिपोर्ट आयो। त्यसैले दूषित खाद्य पदार्थ उत्पादनमा मुद्दा दायर गरेका छौं,’ उनले भनिन्।
नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी एसिड भेल्यु वनस्पति घिउमा मिसाएको पाइएपछि सुनसरीको सोनापुरस्थित पशुपति खाद्य उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ।

उक्त उद्योगविरुद्ध न्युस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गरेको अभियोगमा खाद्य कार्यालयले असोज १७ गते जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो। नेपाल सरकारले वनस्पति घिउमा ०.५ मिलिग्राम भन्दा बढी एसिड भ्यालु हुनु नहुने मापदण्ड तोकेको छ। तर, यो उद्योगको घिउमा भने तोकेको मापदण्ड भन्दा बढी एसिड भ्यालु पाइएको खाद्य निरीक्षक चेम्जोङले बताइन्।

मुद्दा दायर भएका पाँच उद्योगहरुलाई खाद्य ऐन २०२३ को दफा ३ बमोजिम कसुरमा दफा ५ (१) बमोजिम ५ वर्षसम्म वा पचास हजारसम्म जरिवाना वा दुवै सजायको माग दाबी गरेर मुद्दा दायर गरिएको पनि चेम्जोङले जानकारी दिइन्।

‘न्युस्तर र दुषितस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न कानुनले रोक लगाएको छ। त्यस विपरीत कसुर गरेमा ५ वर्ष जेल वा ५० हजार जरिवाना वा दुवैको सजाय हुने व्यवस्था अनुरूप नै माग दाबी गरेर मुद्दा दायर गरिएको छ।,’उनले भनिन्।
अर्को समाचार
दूषित खाद्यवस्तु बिक्री–वितरण गर्ने झापाका ३ उद्योगविरुद्ध मुद्दा दायर
१९ माघ २०७९
•
१ मिनेट पाठ
दूषित खाद्यवस्तु बिक्री–वितरण गर्ने झापाका ३ उद्योगविरुद्ध मुद्दा दायर
झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ।




गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए। बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो।

भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको छ। यस्तै अभिभावकको उजुरीका आधारमा काँकरभिट्टा माविको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताए।  

उनले भने, ‘सरकारी मापदण्डअनुसारको खाद्यवस्तु उत्पादन भए नभएको हेर्ने गरेका छौँ।’ मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको उनले बताए। बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवन नभएका नुडल्स् बिक्री–वितरण भइरहेका छन्। नेपालमा उत्पादित नुडल्स्मा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स् अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराई बताउँछन्।

खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ। विशेष गरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ। जिल्लामा सङ्कलित खाद्यवस्तुको नमूना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ।रासस
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस