इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र
२८ असोज २०८०
•
३ मिनेट पाठ
इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र
विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा  इन्टरनेट जडान गरिएको हो।




पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका-९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए। उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्न सक्ने सम्भाव्यलाई सहज बनाउन वाइफाइ जोडिएको हो।

“वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौं”, उनले भने, “इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन्।”

यसले गर्दा पर्यटकलाई नै इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उनले बताए।

होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताए।

“पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्य अनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहज रूपमा सम्पर्कमा आउन सक्नेछन्”, उनले भने।

उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन्।

पर्यटक आगमनको समय सुरु हुनासाथ इन्टरनेटको पहुँच पु¥याएर सहज बनाइएको व्यवसायी बताउँछन्। तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताए। यसले गर्दा पर्यटक बिरामी परेमा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ।

मनाङमा पर्यटक आगमन बढ्दै गएको छ। विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन्। मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन्।

पर्यटकीय समयमा दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङ धारापानीका पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए। उनका अनुसार दसैँ र तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन्।

यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्। सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन्। यस पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनी लगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकीन तथ्याङ्क भने छैन। यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन्।

पर्यटकलाई लेक लागेमा स्वास्थ्य उपचारका लागि मनाङ ङिस्याङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको समन्वयमा अस्थायी स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिरहेको छ।

एक्यापले तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ जाने पर्यटकलाई स्वास्थ्य तथा सूचना र यात्राका क्रममा हुनसक्ने जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको छ।  
अर्को समाचार
मानव–वन्यजन्तु द्वन्द्वको क्षतिमा करोड बढि क्षतिपूर्ति
०१ साउन २०८३
•
३ मिनेट पाठ
मानव–वन्यजन्तु द्वन्द्वको क्षतिमा करोड बढि क्षतिपूर्ति
अन्नपूर्ण क्षेत्रमा पशुको सिकार गर्दै वन्यजन्तु। तस्बिरः नागरिक
हिमाली भेगमा पछिल्लो समय मानव–वन्यजन्तुका द्वन्द्वका घटना बढिरहेका छन्। द्वन्द्वका कारण ठूलो संख्यामा चौपायाँ क्षति हुने गरेका छन् भने मानवमाथि आक्रमण हुँदा मान्छे घाइते समेत हुने गरेका छन्। यो द्वन्द्वबाट प्रभावित भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले प्रभावित परिवारलाई राहत समेत दिनुपरेको छ।  




मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवारलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पछिल्लो तीनवर्षमा एक करोड १० लाख ८५ हजार ३ सय ९७ रुपैयाँ क्षतिपूर्ति समेत दिएको छ। हरेक वर्ष आक्रमणका घटना पनि बढिरहेको एक्यापले बताएको छ।  

एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा भएका मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवारलाई ६८ लाख ९६ हजार ३ सय ९७ राहत उपलब्ध गराइएको छ। तीमध्ये हिमचितुवा, चितुवा र ब्वाँसोबाट चौपायाँ क्षति भएबापत ६५ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको छ।  

हिमाली कालो भालुले मकैबालीमा क्षति गर्दा ३ लाख २९ हजार २३८ रुपैयाँ क्षतिपूर्ति दिइएको छ। त्यसैगरि हिमाली कालोभालुको आक्रमणबाट घाइते भएका व्यक्तिको उपचारका लागि २२ हजार १ सय ५९ रुपैयाँ सहयोग गर्नुपरेका कडरियाले बताए। आर्थिक वर्ष २०८२/८३ मा कालोभालुको आक्रमणमा परेर दुईजना स्थानीय घाईते भएको थिए।  

त्यसबाहेक आर्थिक वर्ष २०८१/८२ मा भएका चौपायाँ क्षतिको बाँकी दाबि बापतको ३० लाख ५३ हजार ७५० रुपैयाँ रकम पनि योपटक एक्यापले प्रभावित परिवारलाई उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८०/८१ मा भएको क्षतिबापत ११ लाख ३५ हजार २५० रुपैयाँ योपटक तिरेको थियो। ‘तीनवर्षको एकमूष्ठ गर्दा आर्थिक वर्ष २०८२/८३ मा एक करोड १० लाख ८५ हजार ३९७ राहत रकम वितरण गरिएको छ,’ उनले भने, ‘राहत रकमले स्थानीयलाई केही आर्थिक रुपमा सहयोग भएको छ।’  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवार, संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै प्रभावित घरपरिवारलाई राहत उपलब्ध गराउँदै आएको उनले बताए।

 ‘राहत रकम पाउँदा वन्यजन्तु र संरक्षित क्षेत्रको संरक्षणमा पनि स्थानीयले सघाउँछन। संरक्षण र स्थानीय समुदायबीचको सहअस्तित्वलाई थप मजबुत बनाउन पनि यसले सघाउँछ,’ उनले भने। 
उनका अनुसार क्षति भएका वन्यजन्तुको मुल्यका आधारमा वन्यजन्तु राहत निर्देशिका अनुसार नै क्षतिपूर्ति रकम दिइने उनले बताए।  पछिल्लो समय अन्नपूर्ण क्षेत्रभित्र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेको पनि उनले बताए। एक्यापका अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएका द्वन्द्वबाट ४ सय ५३ वटा पशु क्षति भएका थिए। त्यो संख्या आर्थिक वर्ष २०८१/८२ मा ३ सय ५८ थियो। आर्थिक वर्ष २०८२/८३ मा यो संख्या झनै बढेर ७ सय ३ वटा पशु क्षति भएका थिए। वन्यजन्तुले खोरमा आक्रमण गर्दा एकैपटक ३० वटासम्म पशुको ज्यान गएको थियो। दुईवर्ष अघि त एकै घटनामा ७७ वटा पशुको ज्यान गएको थियो।

‘मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन। पछिल्लो समय क्षतिको आकार पनि थपिएको छ। यसलाइ न्यूनीकरण गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय हिमाली क्षेत्रमा वन्यजन्तुको संख्या बढिरहेको छ। संख्या बढेपछि आहाराको खोजीमा रहेका जंगली जनावर बस्तीसम्म पनि पुग्न थालेको उनले बताए। ‘खोरमा पसेर आक्रमण गर्नु भनेको आहाराकै लागि हो।

‘बाहिर खुलमखुला रुपमा सिकार गर्न नपाएपछि जंगली जनावरहरु खोरसम्म पुग्ने गरेका छन,’ उनले भने, ‘त्यसबाहेक चौपायाँको चरन क्षेत्र र जंगली जनावर बस्ने ठाउँ एकैतिर परेकोले पनि आक्रमणका घटना बढेका हुन।’

पशु चौपायाँमा क्षति भएपछि अहिले स्थानीय किसानले एक्यापमा राहतका लागि उजुरी पनि दिन थालेका छन्। यो अभ्यास पहिला कमजोर हुँदा राहत पाँइदैन भनेर किसानले प्रयास नै गर्ने गरेका थिएनन। तर, अहिले राहत पाउने आशामा क्षति भएपछि किसानले एक्यापमा जानकारी गराउन थालेका छन्। त्यसले गर्दा पनि घटना बाहिर आउन थालेको उनले बताए।  

‘मानव–वन्यजन्तु द्वन्द्वका कारण निम्तिएको क्षतिलाई कम गर्ने प्रयास गर्नुपर्छ। राहत पाउँदा स्थानीयमा वन्यजन्तु र संरक्षण क्षेत्रप्रति सकारात्मक भावना पैदा हुन्छ। त्यसले भविश्यमा थप संरक्षणको काममा सघाउ पुग्छ,’ उनले भने, ‘ राहतले किसानलाई पनि सहज हुन्छ। क्षति हुँदा राहत नपाउने अवस्था सिर्जना भएमा त्यसले पशुपालनबाट मान्छेलाई बिस्थापित गराउँछ, मान्छेमा निराशा छाउन सक्छ।’ उनका अनुसार पछिल्लो समय हिमाली क्षेत्रमा हिमचितुवा, चितुवा र ब्वासोको आक्रमण बढिरहेको छ।  
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस