उपेन्द्र लामिछाने, वीरगन्ज जेठ १०- बेहुला-बेहुली बोकेको मारुती भ्यान आइतबार राति पूर्व पश्चिम महेन्द्र राजमार्ग अर्न्गतग पथलैया-निजगढ सडक खण्डको १३ किलोमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ गम्भीर घाइते छन्।
मृत्यु हुनेमा भ्यानका चालक चितवन दिव्यनगर ४ का २५ वर्षीय विनोद सुनुवार, झापाका ५५ वर्षीय यमकान्त पौडेल रहेको इलाका प्रहरी कार्यालय निजगढले बताएको छ। मृतक पौडेल बेहुलाका बुवा रहेको प्रहरीले बतायो।
दुर्घटनामा घाइते भएका बेहुला गंगाधर पैडेल, दिपक सुनुवार र कौशिल्ला सुवेदीको नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्जमा उपचार भैरहेको छ। बेहुली प्रतीक्षा पौडेललाई भने सामान्य चोट मात्र लागेको छ।
चितवन शिवनगरबाट बेहुला-बेहुलीसहित ७ जना लिएर झापा जाँदै गरेको ग १ च ३७४१ नम्वरको मारुती भ्यान विपरीत दिशाबाट आएको ना. १ ख ४३६३ को मालवाहक ट्रकसँग रातको ११ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा भ्यानको अगाडि सिटमा बसेका पौडेल र चालकको मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।