उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक
२५ कार्तिक २०७४
•
७ मिनेट पाठ
उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्ले कात्तिक ६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश १८ दिनपछि शुक्रबार जारी भएको हो ।

अध्यादेश जारी भएसँगै उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाइने छैन । हाल सञ्चालनमा रहेका विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने पाउने छैनन् । चिकित्सा शिक्षा क्षेत्रमा नियमनका लागि अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठनको बाटो पनि अध्यादेश जारीसँग खुलेको छ । जारी अध्यादेश अब बस्ने संसद्बाट पारित हुनुपर्छ ।

केही दिनअघि डा. गोविन्द केसीले अध्यादेश जारी नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

राष्ट्रपति कार्यालयले अपराह्न विज्ञप्तिमार्फत मन्त्रिपरिषद्ले असोज ६ मा सिफारिस गरेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ जारी भएको जनाएको छ । विज्ञाप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको उल्लेख छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राष्ट्रपतिले विभिन्न पक्षसँग जानकारी र अध्ययनपछि अध्यादेश जारी गरेको बताए । ‘अहिले सरकारले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे प्रधानमन्त्रीसँग पनि जानकारी लिनुभयो, केही कानुनविद्सँग पनि परामर्श लिनुभयो,’ प्याकुरेलले नागरिकसँग भने । उनले अध्यादेश कानुन र संविधानसँग मिल्छ कि मिल्दैन् भनेर हेर्दा समय लागेको प्रस्ट पारे । राष्ट्रपति भण्डारीले केही दिनअघि प्रधानमन्त्रीलाई बोलाएर अध्यादेश जारी गर्नुपर्ने कारणबारे सोधेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएका थिए ।

एमाले र माओवादी केन्द्र यससम्बन्धी विधेयक संसद्बाट पारित गर्न तगारो बनेपछि सरकारले अध्यादेशमार्फत ऐन ल्याउने प्रक्रिया अघि बढाएको हो । चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याउन माग राखेर डा. केसी विभिन्न समयमा गरी १३ पटक अनशन बसेका थिए । उनकै दबाबमा सरकार अध्यादेशमार्फत ऐन ल्याउन बाध्य भएको हो ।  

डा. केसीसँग भएको सहमति र माथेमा कार्यदलको प्रतिवेदन अनुसार मन्त्रिपरिषद्ले अध्यादेश विधेयक पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको थियो । पछिल्लो समय प्रधानमन्त्री देउवाले अध्यादेशमार्फत केसीका माग सम्बोधन गर्न पहल गरेका हुन् ।

डा. केसीले माग समेटेर अध्यादेश ल्याउन प्रयास गर्ने सबैलाई धन्यावाद दिएका छन् । उनले भोट माग्न आउने उम्मेदवारलाई चिकित्सा शिक्षा ऐनको पक्ष कि विपक्षमा भनेर प्रश्न गर्न जनतालाई आग्रह गरे । ‘अब बस्ने संसद्बाट यो अध्यादेश अनुमोदन गर्न तयार हुनेलाई मात्रै जनताले भोट दिनुपर्छ,’ केसीले भने, ‘चलखेल भए फेरि लड्छु ।’ उनले काननअनुसार तत्काल चिकित्सा शिक्षा आयोग बनाएर कार्यान्वयनमा जान पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीतर्फबाट वार्तामा संलग्न पूर्वस्वास्थ्यमन्त्री गगन थापाले केसी पक्षीय चिकित्सकसँग छलफल गरेर अध्यादेशलाई अन्तिम रुप दिन योगदान पु¥याएका थिए । केसीतर्फबाट अधिवक्ता ओम अर्याल र डा. अभिषेक सिंहले वार्तामा सहजीकरण गरेका थिए ।

थापाले अध्यादेशसँगै चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त विकृति अन्त्य गरी नयाँ युग प्रारम्भ गर्ने ढोका खुलेको बताए । ‘अब निर्वाचित हुने सांसदले संसद्बाट यो अध्यादेश अनुमोदन गराउनुपर्छ,’ थापाले भने, ‘यसले गुणस्तरीय चिकित्सक उत्पादन र शिक्षामा गरिब तथा जेहेन्दार विद्यार्थीको पहुँच स्थापित गर्ने ढोका खुलेको छ,’ ।

अध्यादेश जारी भएसँगै उपत्यकामा नयाँ मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिइने छैन । सम्बन्धनको पखाईमा  दर्जनभन्दा बढी कलेज छन् । उपत्यकाबाहिर पनि काठमाडौं र त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिन पाउनेछैनन् ।

अध्यादेशले नयाँ मेडिकल कलेज अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको  स्वीकृति चाहिने अनिवार्य व्यवस्था गरेको छ । अध्यादेश जारी भएपछि सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्कसमेत हुने भएको छ । अब चिकित्सा शिक्षाको नियमन गर्न अधिकार सम्पन्न आयोग बन्नेछ । आयोगले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति, मेडिकल शिक्षासम्बन्धी नयाँ मापदण्ड, एकीकृत प्रवेश परीक्षासमेत लिनेछ । त्यतिमात्रै होइन् अध्यादेशले पहिलोपटक कलेजले पाइसकेको सम्बन्धन खारेज गर्न सक्नेसम्मको अधिकार दिएको छ । सरकारले तोकेको शुल्कलगायत  मापदण्ड मान्न इन्कार गरे  आयोगको सिफासिरमा सम्बन्धित विश्वविद्यालयले सम्बन्धन खारेज गर्नसक्ने व्यवस्था अध्यादेशमा छ । अब चिकित्सा शिक्षा पढ्न एकीकृत प्रवेश परीक्षा दिनुपर्ने छ, विदेशमा चिकित्सा शिक्षा पढ्न जानेले पनि यो परीक्षा पास गर्नुपर्ने छ ।
अर्को समाचार
‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’
२० असार २०७५
•
४ मिनेट पाठ
‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम आचार्यले उपत्यकामा मेडिकल खोल्न रोक नलगाइने स्पष्ट पारेका छन्। 

जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले राखेका अन्य मागहरु राम्रा भएपनि १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माग आफूले नबुझेको बताउँदै उनले मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने धारणा राखे।

‘उहाँ चिकित्सा शिक्षामा देखिएको बेथिति हटाउन राम्रो मनशायले अनशन बस्दै आउनुभएको छ, तर तर वर्षसम्मपनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा मैले बुझेको छैन्’, उनले भने– ‘सरकारले तोकेको स्ट्याण्र्ड मेन्टेन गर्ने कलेजहरुलाई सम्बन्धन दिन रोक्नुहुँदैन्, तीनलाई सम्बन्धन दिनुपर्छ।’

अहिले नेपालमा डाक्टर पढ्न नपाएर हजारौंको संख्यामा भारत, चीन, बंगलादेश र चीन लगायतका देशमा नेपाली विद्यार्थीहरु पढ्न जानुपर्ने बाध्यता रहेको सुनाउँदै उनले नेपालमै पढ्ने वातावरण बनाउन पनि मेडिकल कलेज खोल्नुपर्छ भने।

नेपालबाट डाक्टर पढ्नको लागि अर्बौं रुपैयाँ विदेश बाहिरिएको र यो राक्नको लागि पनि नेपालमा स्तरीय मेडिकल कलेजहरु सञ्चालनमा आउनुपर्ने उनको भनाई छ। ‘डा. केसीले उठाएका अरु विषयहरु ठीक छन्, तर १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने कुरामा म सहमत छैन्’, उनले भने। 

उनले चिकित्सा शिक्षा सुधारसम्बन्धी आएको माथेमा आयोगको प्रतिवेदन समेत ए टु जेड ठिक नहरेको जिकिर गरे। ‘काठमाडौंमा अनशन बस्न छोडेर उहाँ किन जुम्ला जानुपर्यो’, उनले प्रश्न गरे, ‘यो कुरा पनि मैले बुझन सकेको छैन्।’ 

सरकारको कारणले गर्दा डाक्टर केसीको उपचारमा कुनै बाधा तथा अवरोध नभएको आचार्यले दाबी गरे। ‘उहाँकै स्वार्थका कारण उपचार नभएको हो, उहाँले देशभरि नै घोषणा गरिएको निषेधित क्षेत्रहरु फिर्ता लिन भनिरहनुभएको छ, तर म यही मञ्चबाट भन्छु, सरकारले फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरेको होइन्, त्यसैले कुनै हालतमा फिर्ता हुँदैन्।’ आचार्यले ५० जनाको जुलुसले गर्दा ५ लाखलाई प्रत्यक्ष असर पर्ने हुँदा सरकारले निषेधित क्षेत्र तोकेको बताउँदै यसलाई सरकारको सही निर्णय भएको पनि दाबी गरे।

त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीको पनि समस्या हल गर्नुपर्नेमा जोड दिए। यद्धपी उनले द्धन्द्धकालिन मुद्दा भएकोले सरकारले यसअघि नै गठन गरेका बेपक्ता व्यक्ति छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निकास खोजिनुपर्ने स्पष्ट पारे। 

कांग्रेसले सरकारमाथि लगाएका आरोपहरु आगामी ५ वर्ष सरकार बाहिर बस्नुपर्ने छट्पट्ीका कारणमात्रै आएको उनको भनाई छ। ‘कांग्रेसको पूरानो रोग आफूबाहेक अरुलाई सरकारमा गएको देख्न चाहँदैन्, अहिले कांग्रेसले सरकारमाथि लगाएका आरोपहरुमा कुनै तुक छैन्’, उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस