मनसुनजन्य विपत्बाट सवा १२ अर्बको क्षति
०१ कार्तिक २०८०
•
४ मिनेट पाठ
मनसुनजन्य विपत्बाट सवा १२ अर्बको क्षति
यस वर्ष मनसुनी वर्षाजन्य विपत् कारण १२ अर्ब ३० करोड ५६ लाख रूपैयाँबराबरको क्षति पुगेको छ । त्यसैगरी ९२ जनाको ज्यान गएको छ । पहिरोबाट ४५, बाढीबाट १६, भारी वर्षाबाट दुई र चट्याङबाट २९ जनाको ज्यान गएको हो । मनसुन भर्खरै बाहिरिएको छ ।




राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाका अनुसार जलविद्युत्तर्फ ४७ वटा आयोजनामा क्षति पुग्दा आठ अर्ब ८६ करोड रूपैयाबराबरको नोक्सानी भएको छ । कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरका जलविद्युत आयोजनामा ठूलो क्षति भएको छ ।  

त्यस्तै सडक करिडोर तथा राजमार्गतर्फ २८ करोड रूपैयाँ नोक्सान भएको छ । बाढीपहिरोले १५ वटा पक्की पुल बगाउँदा १ अर्ब २० करोड, २७ वटा झोलुंगे पुलमा क्षति पु¥याउँदा १२ करोड रूपैयाँबराबरको नोक्सानी पुगेको छ । बाढीपहिरोले १६ वटा खानेपानी आयोजना बगाएको छ । जसबाट ७ करोड ९७ लाख रूपैयाँ नाक्सानी भएको छ । यस वर्षको मनसुनजन्य विपत्बाट व्यक्तिका २ सय ४३ घरमा पूर्ण र ७ सय २० घरमा आंशिक क्षति पुग्दा ३३ करोड ५७ लाख ९९ हजार ७ सय रूपैयाँ नोक्सान भएको छ । सिँचाइतर्फ ३ करोड ५० लाखरूपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी पशुचौपायातर्फ ३ करोड २१ लाख र कुखुरातर्फ १२ लाख ३९ हजार रूपैयाँबराबरको क्षति भएको छ । १२ सय ३७ हेक्टर कृषि जमिन नोक्सान हुँदा ४ करोड ३२ लाख ९५ हजार रूपैयाँबराबरको नोक्सान भएको छ । २५ वटा मोटरसाइकल र ११ वटा जेसिबी क्षति हुँदा १८ करोड ८५ लाख रूपैयाँबराबरको नोक्सान भएको प्राधिकरणको जनाएको छ ।  

यो वर्ष नेपालमा १ सय २४ दिन मनसुन सक्रिय रहे पनि कतिपय जिल्लामा पानी पर्नेदेखि तापमान वृद्धिमा ऐतिहासिक रेकर्ड कायम भएको प्राधिकरणले जनाएको छ । यो वर्ष मनसुनको चरित्र भिन्न रहेको अनुभव प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले सुनाए । उनका अनुसारी मौसमले निम्ताएको विपत्तिका कारण मानवीय क्षति कम भए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । ‘दुई वर्षअगाडि मात्रै मेलम्ची, मनाङ र गोरखा जिल्लामा बाढीपहिरोले भौतिक संरचना नष्ट गरेझै यो वर्षको मनसुनले हिमाल र पहाडमा ठूला खालका क्षति निम्ताएको छ,’ उनले भने ।

‘पूर्वसूचना तथा सञ्चारको पहुँचका कारण मानवीय क्षति भने विगतको तुलनामा कम भएको देखिन्छ । तर भौतिक पूर्वाधार र संरचनामा भएको क्षति ठुलो छ,’ विपत् जोखिमविद् वसन्तराज अधिकारीले भने । तथ्य र विज्ञानमा आधारित दीर्घकालीन विपत् जोखिम न्यूनीकरणका योजना निर्माण र कार्यान्वयनमा सरकारले काम नगर्दा क्षति धेरै भएको उनको ठम्याइँ छ । बहुजोखिम थेग्ने खालका संरचनाको डिजाइनपछि मात्रै निर्माण थाल्न यस वर्षको मनसुनले राज्यलाई पाठ सिकाएको अधिकारी बताउँछन् ।  

विपत् संयुक्त र शृंखलाबद्ध आउने गरेकाले यस्तो भएको विपत्का जानकार बताउँछन् । भारी वर्षा, बाढी, पहिरो र हिमपहिरो एकै साथ आउँदा भौतिक संरचनामा ठुलो क्षति पुग्न गएको हो । ‘बस्तीमै बाटो, पुल, जलविद्युत् र ठूला संरचना बनेकाले पनि बढी क्षति भएको हो’, जलवायु परिवर्तन विशेषज्ञ अरूणभक्त श्रेष्ठले भने ।

मनसुनपूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८० मा मनसुनजन्य विपत्बाट सर्वसाधारणको जिउ, सार्वजनिक निजी तथा व्यक्तिगत सम्पति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा तथा भौतिक संरचना संरक्षण गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक एवंं एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाउने भनिएको थियो । तर ती कार्ययोजना अनुरूप काम नहुँदा विपत्मा क्षति बढी भएको हो ।  

मनसुन सुरु हुनुअगावै सरकारले प्रतिकार्य, मानव वस्ती तथा संरचना जोगाउन योजना बनाए पनि त्यसको जिम्मेवारी कसले कसरी पूरा गर्ने भन्नेमा स्पष्ट नहुँदा कार्यान्वयनमा नआएको विपत् जोखिमविद् अधिकारीले बताए । ‘जिल्ला र स्थानीय तहबीच समन्वय अभाव र आवश्यक स्रोत र साधन अभावमा विपत् प्रतिकार्यसम्बन्धी योजना बने पनि कार्यान्वयनमा आउन सकेन’, अधिकारीले भने ।

वातावरण र संरचना नजोडीकन गरिएको विकासले विपत्मा ठूलै क्षति निम्त्याउने रहेको जानकार बताउँछन् । जलविद्युत्लगायतका ठूला संरचना जोगाउन पूर्वसूचना प्रणालीले काम नगरेको जलवायु परिवर्तन विशेषज्ञ श्रेष्ठ बताउँछन् । ‘हामीकहाँ संरचनाले समाज र वातावरणमा असर गर्दछ भन्ने अध्ययन गरिए पनि वातावरणले के असर गर्दछ भन्ने अध्ययन नै भएन । सडक, पुल र जलविद्युत् आयोजनामा नदी र खोलामा पानीको सतह बढे के हुन्छ, पहिरो आए के हुन्छ नदी थुनिए के हुन्छ जस्ता विषयमा गहन अध्ययन नगरी निर्माण गरिँदा ठूला संरचना ध्वस्त भइरहेका छन्,’ श्रेष्ठले भने । यो वर्षको मनसुनले चनाखो हुन सिकाएको कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । २०७९ सालमा मनसुनजन्य विपत्बाट १ सय ७ जनाको मृत्यु भएको थियो ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस