सिद्धराज राई, धनकुटा, जेठ १०- धनकुटाको भेडेटारमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ। बा २ ख ६९० नम्बरको सो ट्रक सडकबाट २ सय मिटर तल खस्दा भएको दुर्घटनामा परी ३ घाइते भएका छन्।
वीरगञ्जबाट धनकुटा हिलेतर्फ आइरहेको ट्रक दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन। घाइतेहरुमा धरान-१२ का रोशन दियाली, बुद्ध विक तथा रामेछाप टकराबासका अमर कार्की रहेको प्रहरीले जनाएको छ।ब्रेक फेल भएर सडकबाट ट्रक तल खस्दा दुर्घटना भएको थियो।