म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग
०३ कार्तिक २०८०
•
६ मिनेट पाठ
म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग
‘वैदेशिक रोजगार विभागका कर्मचारीहरू पीडितबाट लाखौंलाख ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई कारबाही गर्नुको साटो ससुरालीमा झैं स्वागत गर्छन्,’ विभाग पुगेकी एक पीडितले आक्रोशित हुँदै भनिन्, ‘महिनौं विभाग धाउँदा पनि न्याय पाइँदैन। विभागका कर्मचारीहरू म्यानपावरकै पक्षमा हुन्छन्। विभागका वरिष्ठ कर्मचारी उल्टै हामीलाई थर्काउँछन्। म्यानपावरवालाले तिमीहरू जे सुकै गर, हाम्रो पहुँचमा मान्छे छन् भन्दा विभागका कर्मचारी मौन बस्छन्।’




म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।

‘तपाईंहरू आफैं बेइमान हो। एकचोटि भनेको बुझ्नुहुन्न। १० चोटि भन्नुपर्छ। काम गर्दै त छौं नि? धैर्य भन्ने छैन,’ यसरी विभागका कर्मचारी र म्यानपावर सञ्चालकको एकै बोलीमा गाली गरेको बताउँछिन काभ्रेकी जानु लामा। स्वदेशबाट श्रम स्वीकृत लिएर मलेसिया पुगेका ३० वर्षीय गगनबहादुर लामा उनका भाइ हुन्। मलेसिया गएका आफ्ना भाइलाई स्वदेश फर्काइदिन आग्रह गर्दै उनी विभाग धाइरहेकी छन्।

पुरानो बानेश्वरको भीमसेनगोलास्थित एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रालिबाट उनका भाइ गगनबहादुरलाई मलेसियास्थित जी फिफ्टिन सेक्युरिटी एसडिएन बिएचडी कम्पनीमा सेक्युरिटी गार्डको काममा पठाइएको थियो।
‘भाइ मलेसिया पुगेको आठ महिनादेखि दैनिक १२ घन्टाभन्दा बढी समय काम गर्दै आए पनि तीन महिनादेखिको तलब र खाना खर्चसमेत दिएको छैन। पैसाबिना स्वदेशमा त बाँच्नलाई गाह्रो छ। विदेशमा उसको के हालत होला?’ गगनबहादुरकी दिदी जानुले भनिन्।

‘दिदी यहाँ मसहित २७ जना नेपालीको बिचल्ली छ। महिनाभरि खटिएर काम ग¥यो, सुको पैसा आउँदैन। बिरामी भाको छु,’ भाइको भनाइ उद्धृत गर्दै जानुले भनिन्।  

औषधीमुलो गरौं भन्दा कम्पनीले सुन्दैन। उपचार किन गर्नुप¥यो ? तिमीहरू मरे बाकसमा नेपाल पठाइदिउँला भन्छन्। मलाई आफ्नै देश फर्किनु छ,’ भाइलाई उद्धृत गर्दै जानुले भनिन्।

भाइ मलेसिया पुगेदेखिका समस्यालाई लिएर सयौं पटक म्यानपावर धाउँदा पनि उक्त एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल म्यानपावरका सञ्चालक राधा केसीकै ठुलो स्वर हुने गरेको जानु बताउँछिन्।

उक्त म्यानपावर कम्पनीलाई २ लाख १० हजार तिरेर उनी मलेसिया पुगेका हुन्। मासिक तलब १५ सय रिंगेट हुन्छ भनिएको थियो। भाइलाई अर्को ठाउँमा सार्न या स्वदेश फर्काइदिन म्यानपावर सञ्चालक केसीलाई जानुले अनुरोध गर्दै आएको उनी बताउँछिन्।

यसरी बिन्ती बिसाउने क्रममा म्यानपावर सञ्चालक केसी र रिजन श्रेष्ठलगायत अन्य तीन कर्मचारीले सधैं गालीगलौज गर्दै गरेको क्षण सम्झिन्छिन्। ‘तिमीहरूको मात्र काम हो यहाँ। अरूको काम हुँदैन। सधैं एउटै कुरा लिएर मात्र आएको छ। त्यो गगन नै त्यस्तै छ। अरू सबैलाई त्यहाँ काम भइरहेको छ। तिमीहरूलाई मात्र नहुने। कहाँ गएर के गर्नपर्छ गर्दा हुन्छ। त्यो हामीलाई मतलब भएको कुरा होइन,’ उनले सञ्चालकको भनाइ उद्धृत गर्दै भनिन्, ‘पैसा नभएर के भो र ? काम त भएको छ नि? अरूले त्यही काम पाएका छैनन्। सधैं एउटै कुरा लिएर किचकिच। तिमीहरूले उजुरी हाल्ने भनेकै त्यही विभागमा त हो नि। विभाग हाम्रो हातमा छ। के गर्न सक्छौ? हेरौं। अति त गर्नु भएन नि यार!’

म्यानपावरको असहयोगका कारण न्यायको ढोका खोल्न विभाग धाए पनि हात लाग्यो शून्यजस्तै भएको जानु बताउँछिन्।

म्यानपावर सञ्चालकहरूले जस्तै गाली गर्दै बोल्ने व्यवहार विभागका वरिष्ठ कर्मचारीबाट पनि भएको उनले सुनाइन्। ‘काम हुन्छ आत्तिनुपर्दैन। त्यो म्यानपावर कम्पनीलाई रोक्का गरौंला। पल्लोपट्टि कोठामा जानुस्। तपाईंले न्याय पाउनुहुन्छ’ भन्दै विभागका निर्देशकले सान्त्वना दिए पनि त्यहाँ भेटिएका महिला र पुरुष कर्मचारीले तीन सातादेखि झुलाएको र गाली मात्रै गरेको उनले बताइन्।

‘बढी किन बाठो भाको। तपाईंहरूको मात्रै काम हुन्छ? हाम्रो काम हुँदैन। काम बिस्तारै हुन्छ एकैचोटि कहाँ हुन्छ। म्यानपावर व्यवसायीलाई बोलाइदिएका छौं, आफैं कुरा गर्नुहोस्,’ कर्मचारीको भनाइ उद्धृत गर्दै जानुले भनिन्। म्यापावरवालासँगै विभागका कर्मचारीले पनि ठुलो स्वर गर्ने गरेको जानुले सुनाइन्। विभागका वरिष्ठ कर्मचारीहरूले म्यानपावरवालाको गल्ती नदेखाउने र महिनौं धाउँदा पनि पीडित पक्षले न्याय नपाउने उनले बताइन्।

‘म्यानपावरवाला विभागका कर्मचारीलाई गन्दैनन्। पीडितको हातमा प्रमाण छ तर त्यसलाई मान्यता दिइन्न। विभागले म्यानपावरको गुलामी गर्छ। त्यसकारण, करोडौं ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न आँट गर्दैनन्। म्यानपावरले विभागलाई हत्केलामा नचाउने रहेछ,’ उनले भनिन्।
असोज २९ गते म्यानपावरले तिहारपछि भाइलाई मलेसियाबाट स्वेदेश फर्काउने कागजपत्रमा हस्ताक्षर गरिदिएको उनले बताइन्। ‘उजुरी लिइहाले पनि विभागका कर्मचारीले ठगीमा संलग्न म्यानपावर कम्पनीका सञ्चालक र एजेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्दैनन्। उल्टै पीडितलाई नै बाहिर गएर मिलापत्र गर्नुहोस् भन्छन्,’ एक पीडित राजाराम यादवले भने। ठगी गर्ने म्यानपावर कम्पनीहरूविरुद्ध विभाग कठोरतापूर्वक उभिन नसक्दा पीडित थप मारमा पर्ने र पीडक उम्कने अवस्था आएको छ।

वैदेशिक रोजगारीमा ठग्ने र ठगिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ। युवालाई विदेशको सपना देखाउने, पैसा उठाउन तर विदेश नपठाइदिने, पैसा माग्दा गलाउने, थर्काउने अनि पचाउने ध्याउन्नमा केही म्यानपावर रहेको अर्का पीडित यादवले बताए। २०औं पटकसम्म म्यानपावर कम्पनी र वैदेशिक रोजगार विभागमा धाउँदा पनि केही पीडितले न्याय पाउन सकेका छैनन्।

दैनिक दुई–तीन सय जना ठगिएको सबुत प्रमाणसहित न्यायको भिख माग्न वैदेशिक रोजगार विभागको ढोका ढक्ढकाउन पुग्छन्। तर त्यो ढोका पीडितहरूका लागि खुला हँुदैन। वैदेशिक रोजगार विभागका कर्मचारीले वैदेशिक रोजगारीमा जान पैसा बुझाएर ठगिएका युवाले बुझाएको लिखतलाई लत्याएर म्यानपावर कम्पनीको बकितमलाई मान्यता दिँदा न्यायको ढोका खुल्न नसकेको पीडितको गुनासो छ।

दैनिक सयौं पीडित न्यायको आसमा वैदेशिक रोजगार विभाग पुग्छन्। विभागका कर्मचारीमा समस्या सुल्झाउनेभन्दा पनि पीडितलाई थप दुःख दिने नियत राख्ने कुराले निकै निराश बनाएको जानु बताउँछिन्।

आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारी दुःखी, गरिबलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध उजुरी लिन आनाकानी गरेको आरोप विभागका कर्मचारीमाथि छ।
‘मानवता हराएको छ। लिखत कागजको मान्यता छैन। अपराधी र दलालविरुद्ध सरकार उभिनुपर्‍यो,’ पीडित भन्छन्, ‘ठगी गर्ने म्यानपावर कम्पनी र दलालविरुद्धका उजुरी दर्ता र सुनुवाइमा विलम्ब गरिदिनुभएन।’ शक्ति र पैसाको पछि कुद्ने कर्मचारीलाई पनि कारबाही हुनुपर्ने माग पीडितको छ। ‘न्यायका लागि चलाउनुपर्ने कलम रोकिएका छन्,’ पीडित जानुले भनिन्, ‘विभागका अधिकांश कर्मचारीले आफ्नो दायित्व र धरातल भुलेका छन्।’

पीडितहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाललाई आफ्नो कार्यभार नभुल्न र मर्कामा परेकालाई न्याय दिलाउन सुझाएका छन्। पीडितहरूले वैदेशिक रोजगारीका नाममा ठग्नेविरुद्ध स्थानीय तहमा पनि उजुरी दिन सकिने व्यवस्था गर्न माग गरेका छन्।

त्यस्तै वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगाउन सरकारले गाउँगाउँमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पीडितको छ। सरकारको कमजोरी, लापरबाही र जनचेतना अभावले वैदेशिक रोजगारीका नाममा ठग्ने र ठगिने क्रम बढ्दै गएको छ। विभागका कर्मचारी पीडितलाई झुलाएर ठगसँग मिलेको प्रमाण भए कानुनी कारबाही गर्ने विभागका निर्देशक कविराज उप्रेतीले बताए। ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई न्याय दिलाउनु हो,’ उनले भने।

वैदेशिक रोजगार विभागमा ठगीका उजुरी बढ्दै गएका छन् भने सुनुवाइ न्यून छ। गत आर्थिक वर्ष २०७९/८० मा विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा करिब ४४ हजार ५०० उजुरी परेका छन्। साथै गत वर्षमा १४ सय २८ वटा उजुरी म्यानपावरविरुद्ध परेको तथ्यांक छ। हालसम्म १५ सय ६० म्यानपावरविरुद्ध मुद्दा परेकोमा ६ सय ८५ वटा निलम्बित भइसकेका छन्। अहिले ९ सय ६० म्यानपावर कम्पनी सक्रिय छन्।
अर्को समाचार
वैदेशिक रोजगार विभागका नायब सुब्बा पन्ध्र हजार घुससहित पक्राउ
२९ फागुन २०८०
•
१ मिनेट पाठ
वैदेशिक रोजगार विभागका नायब सुब्बा पन्ध्र हजार घुससहित पक्राउ
वैदेशिक रोजगार विभाग, ताहाचल, मा कार्यरत नायब सुब्बा प्रमोद निरौला पन्ध्र हजार घुससहित पक्राउ परेका छन्।




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।

आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको  पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको छ।

निरौलामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस