उपत्यकामा सुरक्षा बढाइयो
०६ मंसिर २०७४
•
९ मिनेट पाठ
उपत्यकामा सुरक्षा बढाइयो
काठमाडौं- निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ।




निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुनसक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

महानगरी प्रहरी आयुक्त कार्यालयबाट प्राप्त जानकारी अनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्नसक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

सिन्धुपाल्चोकसँग सीमा जोडिएकाले काठमाडौंका निर्वाचन क्षेत्र २ र ३ लाई प्रहरीले सुरक्षा दृष्टिकोणले जोखिमक्षेत्रमा राखेको हो । यी दुई निर्वाचन क्षेत्र सिन्धुपाल्चोकको भोटेचौर र हैबुङसँग जोडिन्छन् ।

नुवाकोट र धादिङगसँग सीमा जोडिएका निर्वाचन क्षेत्र नम्बर ६ र ७  तथा मकवानपुरसँग जोडिएको  क्षेत्र नम्बर १० लाई समेत प्रहरीले सुरक्षा दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ । मकवानपुरसँग सीमा जोडिएको ललितपुरको क्षेत्र नम्बर १ मा विप्लव समूहको सक्रियता रहेको भन्दै प्रहरीले जोखिम सूचीमा राखेर सोही अनुसार सुरक्षा सतर्कता र परिचालन बढाएको छ ।

‘मकवानपुर, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकका सीमावर्ती क्षेत्र र उपत्यकाभित्र निर्वाचन विरोधी समूहको चहलपहल हुने क्षेत्र पहिचान गरी सोही अनुसार सुरक्षाक संयन्त्र परिचालन भइसकेको छ,’ आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले भने, ‘सीमावर्ती क्षेत्रमा निगरानीका लागि ३ नम्बर प्रदेश प्रहरी कार्यालयसँग समेत समन्वय भइरहेको छ ।’

नाकामा बढ्यो निगरानी

उपत्यकाबाहिरका जिल्लामा उम्मेदवार केन्द्रित आक्रमणका घटना बढेलगत्तै उपत्यकामा सेनाबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० हजार जनशक्ति परिचालित छन् ।

निर्वाचनविरुद्ध आतंक फैलाउन उपत्यकाका भित्री सहर, भिडभाड हुने बसपार्क, सिनेमा हल, सपिङ मलमा विष्फोटक पदार्थ राख्न सक्ने आशंकामा विष्फोटक पदार्थ पहिचान गर्ने तालिमप्राप्त कुकुरसहित प्रहरी टोली खटाइएको आयुक्त कार्यालयका प्रवक्ता पूर्णचन्द्र जोशीले जानकारी दिए ।

छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र धादिङ र मकवानपुरबाट उपत्यका प्रवेश गर्ने १६ नाका छन् । त्यसमा सवारीसाधनको प्रयोग हुने ८ नाकामध्ये ४ वटामा अत्यधिक चाप हुन्छ ।

सवारीसाधनको चाप हुने नागढुंगा, दक्षिणकाली, साँखु र जगातीमा तालिमप्राप्त कुकुरसहित विशेष प्रहरी टोली परिचालित छन् । ती नकामा सवारीसाधन जाँचमा मेटल डिटेक्टर र क्लोज सर्किट टेलिभिजनसमेत प्रयोग गरिएको छ । नुवाकोट हुँदै काठमाडौं प्रवेश हुने बालाजु नाकामा समेत सुरक्षा सतर्कता बढाइएको छ । यसअघि आपराधिक समूहले उपत्यका भित्रिन र अपराध गरेपछि बाहिरिन साङलेखोला र सीतापाइला क्षेत्रको सडक प्रयोग गरेको देखिएपछि यी दुवैै नाकामा समेत चेकपोस्टसहित सुरक्षा टोली खटाइएको आयुक्त कार्यालयले जानकारी दियो ।

‘घटना भएपछि सुरक्षाकर्मी परिचालनभन्दा घटना हुनै नदिनेगरी सुरक्षा रणनीति बनाएर सादा पोसाकका प्रहरी संख्या बढाएका छौं,’ एआइजी चन्दले भने, ‘आकस्मिक जाँच र छापा मार्ने क्रमसमेत जारी छ ।’

सुरक्षा विष्लेषणका आधारमा काठमाडौं जोरपाटीको नयाँबस्ती, कपन, असनलगायत क्षेत्र, पाटन, भक्तपुर, ललितपुरको दक्षिणी भेग र कीर्तिपुरका केही क्षेत्रमा विप्लव समूहका सदस्य रहेको सूचना आधारमा प्रहरीले रेड र सर्च अभियान अघि बढाएको छ ।

ललितपुरको आश्राङ, कालेश्वर, गिम्दी, ठूलो दुर्लुङ, सानो दुर्लुङ, प्युटार, माल्टामा विप्लव समूहको उपस्थिति देखिएपछि सुरक्षा सजगता बढाएको प्रहरीले जानकारी दिएको छ ।

स्रोतका अनुसार विप्लव समूहसँग आबद्ध रहेको सूचना आधारमा उपत्यकाका २ सय भन्दा बढी व्यक्तिलाई प्रहरीले दैनिक निगरानीमा राखेको छ ।

निर्वाचन बिथोल्ने समूहको सम्भावित योजनाको पूर्वानुमान अनुसार उम्मेदवार, उम्मेदवारको निवास, पार्टी कार्यालयमा प्रहरी निगरानी बढाइएको छ । ‘अहिले हामी सूचना संकलन र परिचालनमै केन्द्रित छौं,’ एसएपी जोशीले भने, ‘घटना हुनुअघि नै नियन्त्रण, घटनामा संलग्न हुनसक्ने सम्भावित व्यक्तिमाथि निगरानी र आवश्यकता अनुसार नियन्त्रण, सम्भावित स्थानमा अनुगमन र सुरक्षाकर्मी परिचालन गर्ने काम पनि भइरहेको छ ।’

सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन् । मंगलबार आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा यादवले निर्वाचनलाई सफल बनाउन सबैले सुरक्षा महसुस गर्नेगरी काम गर्न निर्देशन दिए ।

उनले निर्वाचन मौन अवधि सुरु भएपछि थप सजगताका सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । निर्वाचन नजिकिंदै जाँदा ठाउँठाउँमा बम पड्काएर त्रास फैलाउन खोजेकाले सुरक्षा व्यवस्थाप्रति उनले प्रश्न गरेका हुन् ।

बैठकमा आयुक्तहरूले सु्रक्षा निकायले तयार गरेको योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानूनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताए । चुनाव सुरक्षामा राजनीतिक दलले समेत सघाउनुपर्नेमा उनले जोड दिए ।

सुरक्षा समितिको बैठकमा गृहसचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायबीच उच्चस्तरको सम्पर्क, समन्वय रहेको दाबी गरे । उनले निर्वाचन विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कार्वाही भैरहेको दाबी गरे । बैठकमा रक्षासचिव र निर्वाचन आयोगका सचिवले मतदातालाई सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सुझाएका थिए।
अर्को समाचार
चाडपर्व लक्षित काठमाडौँमा सुरक्षा निगरानी बढाइयो
२२ असोज २०८०
•
१ मिनेट पाठ
चाडपर्व लक्षित काठमाडौँमा सुरक्षा निगरानी बढाइयो
तस्बिर: राजिव खत्री/नागरिक
चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ। प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ।




काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए।

“बडादसैँ, तिहार, नेपाल सम्वत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन्”, उनले भने।

यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्मी खटाइने तथा यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उक्त कार्यका लागि पाँच हजार आठ सय ३३ प्रहरी तथा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालिन गरिने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस