अन्नपूर्ण बेसक्याम्पः आन्तरिक पर्यटकको रोजाईमा पर्ने लोकप्रिय गन्तव्य
१२ कार्तिक २०८०
•
४ मिनेट पाठ
अन्नपूर्ण बेसक्याम्पः आन्तरिक पर्यटकको रोजाईमा पर्ने लोकप्रिय गन्तव्य
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा आन्तरिक पर्यटकको ताँती लागेको छ। दसैँतिहारको मौका छोपी अहिलेसम्मकै धेरै पर्यटक बेसक्याम्प पुगेका छन्। दसैँको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ।  




बडादसैँको टीकाको भोलिपल्टदेखि यता समुह बनाएर जानेको संख्या झनै बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।  उनका अनुसार पदमार्ग सञ्चालनमा आएपछि हालसम्मकै धेरै आन्तरिक पर्यटकहरू नारच्याङ हुदै बेसक्याम्प पुगेको बताए ।‘अहिलेसम्म पर्यटक आफैले सबै ब्यवस्थापन गर्नुपर्ने छ, अब टि–हाउसदेखि अन्य संरचनामा पालिकाले नै पूर्वाधार सहित जनशक्ती खटाउने छ’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने।  

यसपटक म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रबाट ३ देखि १५ जनासम्मको समुह बेसक्याम्पमा गएका छन्। पर्यटकको चाप बढ्न थालेपनि पर्यटकको विवरण संकलनका साथै पर्यटकलाई खाजा–नास्ता गर्ने टि–हाउसको सुविधान भने छैन्। हालसम्म टे«किङ एजेन्सी तथा ब्यक्तिगत गरी ३ सयभन्दा बढी दशै आसपासमा बेसक्याम्पमा पुगेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।  

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्पस र एकदिन फर्किन लाग्छ। कम खर्चिलो र छोटो दुरीको सहज पदयात्रा भएकाले आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ। पदयात्रामा पुगेर फर्किएकी अन्नपूर्ण–६ घारकी सोनिमा बरुवालले पदमार्गमा शौचालय,चिया घर र थप बस्ने संरचनाको आवश्यकता रहेको बताईन्।  

त्यस्तै बेनीबाट साथीहरुसँगै पुगेका बिजय सापकोटाले पर्यटकको भिड लागेपनि सरकारी निकायबाट आवश्यक संरचना बनाउन ढिलाइ भएको बताउँदै चाप बढेको बेलामै पूर्बाधार बनाउन सम्बन्धित निकायलाई अनुरोध गरे। पहिलोपटक बेसक्याम्प पुगेकाले अन्नपूर्ण बेसक्याम्प बारेमा अहिलेसम्मको भ्रम हटेको उनले बताए। कास्कीबाट मात्रै अन्नपुर्ण बेसक्याम्प पुग्न सकिन्छ भन्नेहरूलाई आरोहीको आरोहण समेत गर्ने मुख्य बेसक्याम्प म्याग्दीको नारच्याङ क्षेत्र भएको थाहा पाएपछि उत्साहित भएको पर्यटकको भनाइ छ।  

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिन्छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ।  

पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दुई करोड ८० लाख बजेटसहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै ६ स्थानमा आश्रयस्थल निर्माण गरेसँगै आधार क्षेत्रसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए।  

आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुने बताए। आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको बताए। पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुङ्गे पुल समेत छ आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन्।  

आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन पदमार्गमा खानेपानीको सुविधासहितका खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाँउपालिकाले प्रदेश र संघीय सरकारसमक्ष बजेट माग गरिएको छ। पदमार्ग अन्तर्गत भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्ने हरियो, निलो रङको फुतफुते झरना, लस्करे रहेको पञ्च झरना, पहाडमा मानवनिर्मित जस्तै देखिने गुफा र आधार क्षेत्रमा पुगेपछि अन्नपूर्णको फेदमा निलो पञ्च ताल आर्कषक रहेको छ। विश्वमा नेपाललाई चिनाउने फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको सम्झनामा अवका दिनका कार्यक्रमहरु समेत गरिने छ।  

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पुरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधार क्षेत्रमा सालिकसमेत बनाइने छ। मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो।

मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्। उनको सम्झनामा नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो। मानव बस्तीदेखि टाढा रहेको आधार शिविर आसपासका क्षेत्रमा अझै पनि मौरिसका बारेमा ढुङ्गामा लेखिएका अभिलेख पाइन्छन्।
अर्को समाचार
स्वतन्त्रबाट जितेका महावीर भन्छनः झुठा आश्वासन नबाँडौं, मिलेर गरौं
२३ फागुन २०८२
•
४ मिनेट पाठ
स्वतन्त्रबाट जितेका महावीर भन्छनः झुठा आश्वासन नबाँडौं, मिलेर गरौं
म्याग्दीमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जित हासिल गरेका महावीर पुन विजय प्रमाणपत्र लिँदै। तस्बिरः हरिकृष्ण गौतम
रातो टिसर्ट, निलो ट्राउजर, खुट्टामा चप्पल अनि हातमा मोवाइल। यो हुलिया हो–महावीर पुनको। एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रबाट उम्मेदवारी दिएर विजेता बनेका पुन शनिवार विजयी भएपछि प्रमाणपत्र लिन जाँदा पनि अरुदिन झैं सामान्य पोशाकमा थिए।  




नत हौसिने, न मात्तिने, उनको त्यही स्वभाव हिजोका दिनमा मत माग्ने बेलामा मतदाता माझ जाँदा पनि देखिन्थ्यो। विजयी भएपछि आफ्नै शैलीमा उनी जितको प्रमाणपत्र थाप्न पुगेका थिए। जितको प्रमाणपत्र लिन जाँदा उनलाई बाटोमा भेटिनेले बधाई तथा शुभकामना त दिए, तर, महावीरले त्यसलाई सामान्य रुपमा लिए, बधाई दिनेलाई धन्यवाद समेत भनेनन्।

‘म कसैलाई बधाई दिदाँ नि दिन्न, लिँदा पनि लिन्न। म कसैलाई शुभकामना पनि दिन्न। किनकी त्यो बनावटी कुरा हो। सबैको कल्याण गर्ने हो। म पक्का गर्छु, अरुले के गर्छन थाहा छैन,’ उनले भने, ‘बधाई भन्ने नै हुँदैन। म कसैको बधाई पनि लिन्न र दिन्न पनि। दिनेले दिनुस। म जिन्दगीमा कसैलाई पनि दिन्न। शुभकामना पनि दिन्न। मैले शुभकामना दिएको र लिएको कसैले देख्नुपनि भएको छैन।’

शिक्षा मन्त्रीबाट एकाएक राजीनामा दिएर चुनावी मैदानमा निस्किएका पुनको निर्वाचनमा प्रचारको शैली पनि सामान्य थियो। न त तडकभडक, न झुटा आश्वासन। कसैलाई पनि झुठा आश्वासन बाड्न पनि उनले जानेनन। प्रचारका बेला भन्ने गर्थे, ‘म कसैलाई झुठा आश्वासन दिन्न।’ सामान्य परिवेशमा गाउँले शैलीमै उनले भोट माग्दै म्याग्दीका गाउँगाउँ पुगेर मतदातको मन जिते। त्यसैको परिणामस्वरुप भारी मतले उनले जीत हासिल पनि गरे।

पुनले सबैगरि २२ हजार ८ सय ५० मत ल्याएर जित हासिल गरेका हुन। उनका निकटतम प्रतिश्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ र कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८ सय ८४ मत ल्याएका थिए। मन्त्री हुँदा केही विधेयक ल्याउन चाहेको तर नपाएपछि सरकारमा रहिरहन नचाहेर उनी बाहिरिएका थिए। त्यो बेला ल्याउन खोजेका विधेयकलाई नै अघि बढाउनका लागि संसदमा आवाज उठाउने भनेर उनी चुनावी मैदानमा हानिएका थिए।  

‘विश्वविद्यालयमा राजनीतिकरण हटाउने, विद्यालय र कलेजमा पठनपाठनका लागि योग्य शिक्षक छान्नका लागि भिन्दै सेवा आयोग गठन गर्नेबारे ल्याउन चाहेका विधेयक ल्याउन नसकेपछि सरकार छाँडेको हुँ,’ जितपछि संचारकर्मीसँग पुनले भने, ‘अधिक राजनीतिकरण हुँदा शिक्षा क्षेत्र ध्वस्त भएको छ।’ विज्ञान प्रविधि क्षेत्रमा नवप्रवद्र्धनको विकास गर्नका लागि कोष गठन गर्नका लागि पहिल्यैदेखि आफु कराईरहेको भएपनि सुनुवाई नभएको उनले दुखेसो पोखे।  

‘पहिलेका सरकारलाई धेरै नै अनुरोध गरेको हुँ। म आफै मन्त्री भएपछि त्यही अध्यादेश ल्याउन खोजे, तर पनि सकिन। आफैले चुनाव लडेर संसदमा पुगेर होहल्ला नगरेसम्म सम्भावना रहेन, त्यसपछि चुनावी मैदानमा होमिएको हुँ,’ उनले भने, ‘ती विधेयक ल्याउन सकेको भए म चुनाव लड्ने पनि थिइन। म कसैको विरोध गर्न र कसैलाई हराउन आएको होईन। मैले ल्याउन खोजेका तीनवटा अध्यादेश ल्याउन सकेको भए यहाँ आउने थिइन। चारमहिने अवधिमा शिक्षामा ल्याउन खोजेको सुधार सम्भव नभएपछि चुनावी मैदानमा उत्रिएको हुँ।’  

उनले अबको बाटो नै सबै मिलेर सुधार गर्ने भन्ने रहेको बताए। ‘मैले गाउँगाउँमा गएर भनेको के छु भने चुनाव जितेर संसदमा गएपछि म काठमाडौंमा हराउँदिन। विशेष कामले बाहेक म काठमाडौं बस्दिन, अरुबेला म गाउँगाउँमा आउँछु,’ बाचा बाध्दै उनले भने, ‘स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछु। पालिका, जिल्लाका लागि के के काम गर्नुपर्छ र त्यसका लागि बजेट कहाँबाट ल्याउने भनेर छलफल गर्ने हो, मिलेर काम गर्ने हो।’  

चुनावको प्रचारप्रसारका क्रममा गाउँमा मतदातालाई कुनैपनि आश्वासन नदिएको उनले बताए। ‘मेरो वाचा के छ भने म जिल्लामा आएर डुलेर सबैसँग भेटघाट गरेर र छलफल गर्ने हो। अहिले मैैले आश्वासन दिएको छैन। वाचा गर्दा पनि धेरैले पत्याएननु,’ पुनले भने, ‘यसअघिका चुनावमा जितेका उम्मेदवार पछि फर्केर गाउँ आएका रहेनछन। त्यही भएर मलाई पनि आउँदैनन भन्ने धारणा बनाएका रहेछन।’ उनले मतदातासामु गरको दोश्रो बाचा पनि सुनाए। ‘म काठमाडौंमा हराए भने मलाई जहाँ भेटिन्छ, त्यही लौरोले ठोकिदिनु, तर सास चाँही राखिदिनु, हातखुट्टा भाचिदिए हुन्छ भनेको छु। म फर्केर आउने वाचा गर्छु। फर्केर नआए लौरोले ठोकेपनि हुनेछ,’ उनले भने।  

जिल्लाका नागरिकका लागि काममा सहजीकरण गर्न म्याग्दीको बेनीमा सम्पर्क कार्यालय राखिदिने पनि उनले आश्वासन दिए। ‘गाउँगाउँका नागरिक कुनै कामले सदरमुकाम झर्छन। कागजपत्र बनाउनका लागि गाउँबाट बेनी आएका कुनै गाउँलेलाई समस्या परेमा महावीर पुनको सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिनेछ। त्यहाँका दुईजना कर्मचारीले गाउँलेलाई सघाउनेछन, गाउँलेका लागि फारम भरिदिने र निवेदन लेखिदिने छन,’ उनले भने।  

म्याग्दीका बासिन्दालाई आश्वासन दिँदै गाउँमा बस्दा कुनै समस्या परेमा वा सोध्नुपरेमा सिधै आफुलाई सोध्न पनि उनले अनुरोध गरे। ‘मैले मेरो फोन नम्बर पनि दिएको छु। जानेको कुरा बताईदिनेछु, नजाने अरुलाई सोधर भएपनि भनिदिने छु। अब मिलेर काम गर्ने हो। एकआपसमा खुट्टा तान्ने होईन,’ उनले भने।  

निर्वाचनमा जित हासिल गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाउँदै पुनले भने, ‘कोही नि जालोमा नफस्नु, चाप्लुसीबाट बचेर काम गर्नुपर्छ। नेपालमा चाकरी र चाप्लुसे गर्ने जुन चलन छ। त्यसले काम गर्दैन। यस्तोकुराबाट बच्नुपर्छ। सबैलाई मौका दिनुपर्छ, राम्रो काम नगरेमा उनीहरु (रास्वपा) पनि हराउनेछ, त्यो बेला नयाँ शक्ति आउनेछ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस