जलवायु परिवर्तन बुझ्न आधार शिविर उक्लिँदै गुटेरेस
१४ कार्तिक २०८०
•
४ मिनेट पाठ
जलवायु परिवर्तन बुझ्न आधार शिविर उक्लिँदै गुटेरेस
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधार शिविर । आधार शिविर समुद्री सतहबाट चार हजार एक सय ३० मिटर उचाइमा छ । यो बेला त्यहाँ दिनमा स्वदेशी र विदेशी गरी चार सय हाराहारीमा आन्तरिक र बाह्य पाहुना उक्लिरहेका छन् । तिनै पाहुनाको भीडमा मिसिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहानै हेलिकोप्टरबाट आधार शिविर जाँदैछन् ।




नेपाल भ्रमणमा रहेका गुटेरेस आधार शिविर जाने गरी सोमबार मध्यान्ह सेनाको हेलिकोप्टर चढेर पोखरा आएका छन् । पोखराबाट आज बिहान साढे ६ बजे नै आधार शिविरका लागि उड्नेछन् । हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रत्यक्ष अवलोकन गर्ने र स्थानीयसँग प्रत्यक्ष छलफल गर्नका लागि महासचिव गुटेरेस आधार शिविर पुग्ने र त्यहीअनुसार महासचिवलाई ब्रिफिङ गर्ने तयारी गाउँपालिकाको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी भन्छन्, ‘राष्ट्रसंघका महासचिव जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न र प्रत्यक्ष अवलोकन गर्न यहाँ (आधार शिविर) आउँदै हुनुहुन्छ । हामीले पनि त्यसैअनुसार उहाँ (गुटेरेस) लाई जानकारी दिँदै छौ ।’ तीन दशकअघिको आधार शिविर क्षेत्र निकै फेरिएको र त्यसको एक मात्र कारक जलवायु परिवर्तन रहेको केसीले बताए ।

‘यति धेरै कटान भएको छ कि तीन दशक अघिसम्म भिरालो ठाउँ हिमपहिरोले कटानको मारमा परेर सकिनै लागेको छ । खोल्साखोल्सीको आकार बढेको छ । बेलाबेला हिमपहिरो र हिमपात हुँदाको वितण्डा उत्तिकै हुने गरेको छ । यी घटना पछिल्लो दशक निकै बढेको छ’, महासचिव गुुटेरेसलाई सुनाउने बुँदाबारे गाउँपालिका अध्यक्ष केसीले भने, ‘जलवायु परिवर्तनको वास्तविकता बुुझ्न आधार शिविर गतिलो गन्तव्यका रूपमा महासचिवले छनोट गर्नुभएको छ । हामीले पनि त्यहीअनुसार उहाँलाई ब्रिफिङ गर्ने हो ।’ गाउँपालिकाले जलवायु परिवर्तनले अन्नपूर्ण आधार शिविर क्षेत्रमा पारेको असरबारे लिखित रूपमै जानकारी गराउने तयारी गरेको अध्यक्ष केसीले बताए ।

अध्यक्ष केसीका अनुसार महासचिव गुटेरेसको स्वागतका लागि आधार शिविरमा भव्य तयारी भएको छ । गुटेरेस करिब ३५ मिनेट मात्र आधार शिविर क्षेत्रमा रहने उनले बताए । ‘राष्ट्रसंघका महासचिवसँग हामीले विकास निर्माणका कुरा गरेर भएन । राजनीतिक कुरा गरेर भएन । उहाँको चासोअनुसार हामीले पनि जानकारी दिने हो’, उनले भने, ‘अन्नपूर्ण आधार शिविरको हिजोको र आजको अवस्थाबारे उहाँले जान्न चाहनुभएको छ । हामी पनि त्यहीअनुसार जानकारी दिने तयारीमा छौं ।’

पर्यटन व्यवस्थापन समिति छोमरोङका अध्यक्ष जगनराज गुरुङका अनुसार आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनले निकै असर पारेको छ । ‘यो क्षेत्रमा पर्याप्त मात्रामा हिमताल थिए । ती हिमताल हेर्दाहेर्दै सुकेका छन् । यसको कारण जलवायु परिवर्तन नै हो’, अध्यक्ष गुरुङले भने, ‘कटान पनि उत्तिकै छ । पानी पर्ने र हिउँ पर्नेको कुनै समय नै छैन । हिजोसम्म पानी नपर्ने ठाउँमा बाढीको त्रास बढ्दै छ । हिमपहिरोको त्रास झनै बढी छ । हामीले राष्ट्रसंघका महासचिवलाई यस्तै परिवर्तनबारे जानकारी दिने हो ।’

उनका अनुसार हिमताल सुक्ने मात्र नभई केही वर्ष अघिसम्मका साना खोल्सी बढेर फराकिला खोला बनेका छन्, त्यो हुनुको कारण हिमपहिरो हो, जसलाई जलवायु परिवर्तनले निम्त्याएको छ । त्यसबाहेक आधार शिविर क्षेत्रमा बेमौसममै हिमपात हुन थालेको छ । केही वर्षअघिसम्म पानी नपर्ने आधार शिविर क्षेत्रमा बढी पानी पर्न थालेको उनले बताए । ‘जलवायुु परिवर्तनले त वास्तवमा हामीमाथि निकै सकस थपेको छ’, उनले भने, ‘यहाँको कटान, हिमपात र हिमपहिरोको जोखिम, हिउँ पग्लने गतिबारे जानकारी दिने छौं ।’

पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलिप गुरुङ पनि जलवायु परिवर्तनको वास्तविक अवस्थाबारे यो तहका पदाधिकारीलाई पहिलोपटक जानकारी दिन पाउँदा खुसी लागेको बताउँछन् । ‘जलवायु परिवर्तनको असरबारे हामीले नेपाल सरकारलाई त जानकारी गराएकै छौं; राष्ट्रसंघलाई सीधै देखाउने र बुझाउने अवसर पनि आएको छ । विकसित मुलुकका कारण हामी मारमा छौं । यो समस्या बुुझाउन पाउनु हाम्रा लागि अवसर हो’, उनले भने । पर्यटकीय क्षेत्रमा यो तहका पाहुना जान थालेकाले महासचिव गुटेरेसको भ्रमणले पर्यटन प्रवद्र्धनमा पनि सघाउने उनले बताए ।

तथ्यांकअनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए । उनै हर्जोग समूहले अन्नपूर्ण नर्थ बेसक्याम्प क्षेत्रबाट सो हिमालको आरोहण गरे पनि दक्षिणपट्टिको कास्कीको अन्नपूर्ण बेसक्याम्प बढी चर्चामा रहेको थियो । त्यही आधार शिविर बर्सेनि हजारांै स्वदेशी र विदेशी पाहुना घुम्न जाने महत्वपूर्ण गन्तव्य बनेको छ ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस