सवारी साधनको प्रेसर हर्नले सर्वसाधारणलाई अप्ठ्यारो पारिरहेको गुनासो बढ्न थालेपछि रौतहटमा प्रेसर हर्न हटाउने अभियान संचालन गरिएको छ।
मधेश प्रदेशभरि ट्राफिक प्रहरीले प्रेसर हर्न हटाउने अभियान संचालन गरेसँगै रौतहटमा पनि ट्राफिक प्रहरीले सो अभियान सुरु गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी प्रमुख सुशील आचार्यले अभियान निरन्तर चलिरहने बताए। जिल्लामा चल्ने सबै किसिमका सवारी साधनबाट प्रेसर हर्न हटाउने अभियानलाई तीव्र गतिमा अगाडि बढाइएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।
ट्राफिक प्रहरीको अभियानबारे जानकारी गराउँदै सवारी चालकलाई प्रेसर हर्नको बेफाइदा तथा निर्देशनबारे समेत जानकारी गराइएको उनले बताए।
रौतहटमा निकै पहिलेदेखि प्रेसर हर्न हटाउन चन्द्रपुरवासीले माग गर्दै आएका थिए। मधेश प्रदेशभरि नै ट्राफिक प्रहरीले प्रेसर हर्न हटाउने अभियान संचालन गर्दा सर्वसाधारणमा खुसीयाली छाएको चन्द्रपुरका स्थानीय नागेन्द्र राय यादवले बताए।