कपिलवस्तुको बाणगंगा नगरपालिका-७ वनगाईमा बसबाट खसेर एक महिलाको मृत्यु भएको छ।
मंगलबार बसबाट आर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी बाणगंगा नगरपालिका मोतिपुरकी २६ वर्षीय सृजना गिरीको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ जादैं गरेको लु १ ख ८६७७ नम्बरको बस रोकी झर्ने क्रममा दुर्घटना हुँदा मृतक गिरी गम्भीर घाइते भएकी थिइन्।
बुटवलमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।