नेपाल भारतबिचका सीमा स्तम्भ मर्मत तथा रंगरोगन गर्न थालिएको छ। सशस्त्र प्रहरी बलले मधेश प्रदेशबाट सीमा स्तम्भ मर्मत सम्भारको कार्य सुरु गरेका छन्।
बिहीबार सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रुपमा धनुषाको मुखायाँपट्टी मुसहरनियाँ गाउँपालिका–६ जटहीस्थित २८५ नम्बर सहायक सीमा स्तम्भको रंगरोगन गरी कार्यको शुभारम्भ गरेका हुन्।
बिहीबारदेखि मधेश प्रदेशको आठवटै जिल्लाबाट सीमा स्तम्भ मर्मत तथा रंगरोगन थालिएको हो। मधेश प्रदेशमा चार हजार भन्दा बढी सीमा स्तम्भहरू रहेका छन्। जसमध्ये पहिलो चरणमा एक हजार भन्दा बढी सीमा स्तम्भहरू मर्मत सम्भार तथा रंगरोगन गर्न लागिएको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र साहले जानकारी दिए। उनका अनुसार बिजोर नम्बरका नेपाल र जोर नम्बरका सीमा स्तम्भ भारतले मर्मत गर्ने समझदारी भएको छ।
यसअघि नापी विभागमार्फत हुँदै आएको सीमा स्तम्भको मर्मतसंम्भार कार्य ०७७ साउनमा सरकारले सीमा स्तम्भको मर्मत सम्भार तथा पुनर्स्थापनाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको थियो।