कपिलवस्तुको सुद्धोदन गाउँपालिकाकाका उप-प्रमुख होम प्रकाश चौधरीले बिहीबार दिउँसो २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा उप-प्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन। पत्रकारसँग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासि आफ्नो कार्यकक्षमा प्रवेश गरेर उप-प्रमुखले गाली गलौच, दुर्व्यवहार गरी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए।
सुद्धोदन गाउँपालिकाका कर्मचारीहरूले उप-प्रमुख चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई दुई थप्पड हानी गाली गलौच समेत गरेको बताए। उप-प्रमुख चौधरीले ज्ञवालीको कठालो समातेर तथानाम गाली गरी नेम प्लेट र टेबलमा समेत हिर्काएका थिए। आफूमाथि यसरी कुटपिट भएपछि प्रशासकीय अधिकृत ज्ञवालीले काम गर्न नसक्ने भन्दै सुरक्षाकाको माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले तुरुन्त पक्राउ गरी चौधरीमाथि आवश्यक कारबाहीको माग गरेका हुन्। गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसी उपाध्यक्ष चौधरीमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरूको काम कारबाही बन्द गर्ने निर्णय भएको छ।
गाउँपालिका अध्यक्ष चौधरीले हातपात गर्ने उप-प्रमुख माथि कारबाही नभए सम्म गाउँपालिका र वडाका सेवा बन्द रहने बताए।
उता उप-प्रमुख चौधरीले भने आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको दाबी गरेका छन्। आफू जिल्ला प्रहरी कार्यालयमा जाने काम परेकोले गाडीको चाबी माग्दा नदिए पछि भनभन मात्र भएको उनले बताए।
उनले टेबलमा भने आफूले हिर्काएको स्वीकार गरेका छन्। सुद्धोदन गाउँपालिका कर्मचारी टोलीले घटनाबारे जानकारी गराउँदै दोषीमाथि कारबाही गर्नु पर्ने प्रअिज शंकरहरि आचार्यसँग माग गरेका छन्।
टोलीले जिल्ला प्रहरी कार्यालयमा उप-प्रमुख चौधरी विरुद्ध उजुरी समेत दिने बताएका छन्। प्रजिअ आचार्यले घटनामा दोषी देखिए कारबाही गरिने बताए।
गाउँपालिकामा उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली बिच मनमुटाब र विवाद हुँदै आएको छ। यस अघि पनि वडा नम्बर-१ का अध्यक्ष तिलकराम यादव र उनका छोरा तथा उप-प्रमुख बिच लेखा शाखामै हानाहान समेत भएको थियो। सो घटनामा भने मिलापत्र भएको थियो।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...