नितुलाई गलत औषधि दिइएको छैन: ख्वप अस्पताल
१६ कार्तिक २०८०
•
४ मिनेट पाठ
नितुलाई गलत औषधि दिइएको छैन: ख्वप अस्पताल
भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालले गलत औषधिका कारण बिरामीको मृत्यु नभएको स्पष्टीकरण दिएको छ।




भक्तपुर नगरपालिका वडा नं-८ निवासी २१ वर्षकी नितु दुवालको झण्डै दुई महिना अगाडि पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

सो बारे अहिले सामाजिक संजालहरुमा अस्पतालले गलत औषधि दिएका कारण उनको मृत्यु भएको भनी टिका टिप्णीहरु आइरहेका छन्। सोही कुराको स्पष्टीकरण दिँदै अस्पतालले सामाजिक संजालहरुमा भ्रम सृजना गर्न खोजिएको बताएको हो।

अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालबारे भ्रम सृजना गरिएको बताएका हुन्।

विज्ञप्ति मार्फत अस्पतालले भनेको छ, ‘शोकाकुल परिवारका लागि यो एक अपूरणीय क्षति हो। मृतक आत्माको चिर शान्तिको कामना गर्दै गर्दा समाजमा ख्वप अस्पतालबारे केही नकारात्मक भ्रम फैलाउन खोजिएको हामीलाई महसुस भयो। नितु दुवाल २०८० साल श्रावण २१ गते ख्वप अस्पतालबाट रिफर भई उपचारको क्रममा भाद्र ३१ गते अन्य अस्पतालमा मृत्यु हुँदा समेत यस अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने स्पष्ट हुन्छ।’

घटना विवरण अस्पतालका अनुसार मृतक नितु दुवाल असार २२ गते पहिलो पटक डण्डिफोरको उपचारका लागि ख्वप अस्पताल आएकी थिइन्। अस्पतालले जनाए अनुसार डण्डिफोर सम्बन्धी उपचारका लागि उनलाई खाने औषधी र मलम दिइएको थियो।

छाला रोग विशेषज्ञद्वारा उनलाई २ हप्तापछि फलोअपको लागि पनि बोलाइएको थियो। श्रावण २ गते उनी डा. नितु मानन्धरको ओपिडी टिकट भएता पनि छाला रोग विभागमा नै गई उनले चेकजाँच गराएकी थिइन।

अघिल्लो दिनदेखि सामान्य ज्वरो आएको भनेकी उनले छाला रोग विशेषज्ञलाई बताएपछि डण्डिफोर सम्बन्धी औषधि यथावत् खान र जनरल डाक्टरलाई भेट्न आग्रह गरिएको थियो।

सोही अनुसार जनरल डाक्टरले ज्वरोको लागि औषधि दिएका थिए। यसपछि उनलाई श्रावण १२ गते यसै अस्पतालको ईमर्जेन्सी विभागमा रातको २ बजे ज्वरो आएको भनी ल्याइएको थियो। सम्पूर्ण जाचहरु पश्चात् उनलाई भर्ना हुन अस्पतालले भनेको थियो। तर विदेश अध्ययनका लागि परीक्षा भएको कारण देखाई उनी राति ३ः३० बजे नै घर गएकी थिइन्।

अस्पतालले जनाए अनुसार निजको सो परीक्षणमा पिसाबमा खराबी देखिएको थियो। डाक्टरको सल्लाह विपरीत बिरामीलाई घर लगिएको अस्पतालले जनाएको छ। त्यसपश्चात् श्रावण १४ गते उनलाई भर्ना गराउन ल्याइएको तियो। पिसाबको परीक्षणमा कीटाणु देखिएको र सोही अनुरूप औषधिहरू चलाई वार्डमा भर्ना गरियो। श्रावण १७ गतेका दिन पुनः बिरामी र परिवारका सदस्यहरूको आग्रह अनुसार उनलाई घर पठाइयो।

चिकित्सकहरूद्वारा अझ केही दिन राख्नुपर्ने भनिएता पनि परीक्षाकै कारण बताई चिकित्सकको सल्लाह विपरीत उनलाई पुनः घर लगिएको अस्पतालले जनाएको छ। त्यसपश्चात् श्रावण १८ गते उनलाई यसै अस्पतालमा ल्याइएको थियो।

श्रावण २१ गते निज बिरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरूले अन्य अस्पताल लैजाने आग्रह गरे अनुसार अस्पतालबाट रिफर गरिएको अस्पतालले जनाएको छ। त्यसपछि अस्पताल र निजको परिवारबिचमा कुनै पनि सम्पर्क नभएको पनि अस्पतालले बतायो।

यता मृतक नितुको परिवारले भने ख्वप अस्पतालले गलत औषधि दिएका कारण उनको मृत्यु भएको बताउँदै आएको छ। सामाजिक संजालमा मार्फत कार्तिक १४ गते उनकी दिदी कविता दुवाल, माता  गीता दुवाल र पिता राध्येश्याम दुवालले एक स्ट्याटस लेख्दै सो कुरा बताएका हुन्।

घटना विवरण नितुको परिवार जनले बताए अनुसार नितु अध्ययनका लागि हङकङ जाने तर्खरमा थिइन्। नितुको अनुहारमा डण्डीफोरले दुःख दिइरहेको थियो। अनुहार सफा गरेर विदेश जाने सोच बनाएकी उनले चेक जाँचका लागि ख्वप अस्पताल पुगिन्।

अस्पतालले नितुलाई बिना रगत परीक्षण नै औषधी लेखेर दिएको परिवार जनले बताएका छन्। ती औषधीले एलर्जी हुन सक्ने तर्फ कुनै सचेत नगराएको उनीहरूको आरोप छ। 

केही दिनपछि उनलाई ज्वरो, खोकी लाग्न थाल्यो। उनलाई पुनः ख्वप अस्पतालमा लगियो। परिवार जनले सामाजिक संजालमा लेखेका छन् ‘पुन अस्पताल जाँदा त्यहीँ औषधी निरन्तर खान लेखियो। त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ। फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो। टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो। ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्क वाक्क हुने, ज्वरो आएर गाह्रो हुन थाल्यो। त्यसपछि साउन १४ गते बिहान ४ बजेतिर पुनः ख्वप अस्पतालको इमर्जेन्सीमा नितुलाई लिएर गएपछि तत्काल भर्ना गरियो। भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन् झन् खराब हुँदै गयो। उपचारको क्रममा ज्वरो आई रहने, जिउभरि एलर्जी, जीउभरि रातो रातो बिमिराहरू, जिउ सुनिएको, छाला रातो हुँदै गयो। औषधीको हो वा एलर्जी के हो भन्ने तर्फ कुनै परीक्षण नै गरिएन। खाली कडा एन्टीबायोटिक्स र ज्वरोको औषधी चाहिने भन्दा बढी डोज दिई रह्यो। नितुको शरीरले थाम्न सकेन कलेजोमा समस्या देखिन थाल्यो।’

नितुको स्वास्थ्य अवस्थामा सुधार नभएपछि परिवार जनले उनलाई अन्य अस्पताल लान खोजेका थिए। तर अस्पतालले रिफर नगरिदिएको परिवार जनको आरोप छ।

हाम्रै जबरजस्ती नितुलाई साउन २१ मा बि.एण्ड.बि मा उपचारको लागि लिएर गयौँ। पछि त्यहाँबाट पनि नितुलाई पाटन अस्पतालमा भर्ना गरी उपचार गराएका थियौँ। नितुलाई निदान गरी विभिन्न विकल्प सहित उपचार गर्न खोज्दा पनि कुनै सीप नलागे पछि र भदौ ३१ मा नितुको देहान्त भयो परिवारे भन्यो।

नितुका परिवारले उपचारमा लापरबाही गर्न डाक्टरहरूलाई कार्यबाही हुनुपर्ने बताएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस