सबैले खुसीका साथ दसैँ मनाए। अब आउँदै गरेको तिहार मनाउने तरखरमा छन्। छोरीको न्याय माग्दै माइतिघरमा अनसन बसेकी निर्मला देवी साहलाई न दसैँ लाग्यो न तिहारको तयारी नै। छोरीको न्यायको लागि उनी १४१ दिनदेखि माइतिघरमा अनसन बसिरहेकी छिन्।
माइतिघरको चिसो सडक त्यसमाथि ओच्छाइएको एउटा म्याट त्यहि बसेर बितेको छ साहका दिनरात। निर्मलाकी छोरी २२ वर्षीय आरती साहको ६ जेठमा मृत्यु भएको थियो। करिब २ वर्षअघि धनुषाकै मोतीबाबु साहसँग आरतीको विवाह भएको थियो। आरतीले आत्महत्या गरेको परिवारले बताएको छ तर निर्मला देवी सो कुरा मान्न तयार छैनन्।
छोरीले आत्महत्या नभएर हत्या भएको निर्मला देवीको आरोप छ। ‘पैसा खाएर’ अस्पतालले पोस्टमार्टम रिपोटै नै गलत निकालेको उनको आरोप छ। पोस्टमार्टम रिपोर्टमा आरती झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने उल्लेख छ। रिपोर्टमा गालामा रहेको चोट भित्री भागसम्म भएको पनि लेखिएको छ। तर, शरीरका अन्य भागको चोटबारे केही उल्लेख छैन। निर्मलादेवीले पोस्टमार्टम रिपोर्ट नै बङ्ग्याइएको दाबी गर्छिन्।
यता प्रहरीले समेत मिलेर घटना बङ्ग्याइएको निर्मला देवीको आरोप छ। छोरीको न्याय माग्दा प्रहरीले आफूहरुमाथि निरघात कुटपिट गरेको उनको आरोप छ।
मोतीबाबुले दाइजो माग गरेका थिए त्यो दिन नसक्दा हत्या गरेको निर्मलादेवी बताउँछिन्। उनी भन्छिन्, ‘विवाहमा १६ तोला सुनको गरगहना १६ तोला चाँदी र फर्निचरका सामग्री दाइजोको रुपमा दिएका थियौं। त्यसपछि उनीहरुले थप दाइजो दराज र मोटरसाइकल मागेका थिए। दिन नसक्ने बताएपछि यातना दिन थालेको छोरीले भन्ने गरेकी थिइन।’
उनी अनसन बसेको केहि दिनमै गृहमन्त्री नाराणकाजी श्रेष्ठसंग पनि भेटेको थिइन्। भेटमा श्रेष्ठले ८ दिनभित्र घटनाको सत्यतथ्य बाहिर ल्याएर न्याय दिने आश्वासन दिएका थिए। तर महिनौं बित्यो गृहमन्त्री श्रेष्ठबाट केहि प्रतिक्रिया नआएको उनको भनाइ छ। राजनीतिक दलका स्थानीय नेताहरुले भने मुद्धा र्फिर्ता लिएर सहमति गर्न दबाब दिएको निर्मलादेबी बताउँछिन्।
यसबीच असार ५ गते धनुषा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर, उक्त आदेश विरुद्ध उच्च अदालत जनकपुरले गत असोज १८ गते उनीहरूलाई तारेखमा छाडिदिएको छ। त्यसपछि भने निर्मलादेवीको आशा अब सर्वोच्च अदालत माथि छ। निर्मलादेवी भन्छिन्, ‘अब सर्वोच्चले न्याय दिन्छ की भन्ने आश छ। सर्वोच्चले पनि न्याय दिएन भने सर्वोच्च अगाडि नै गएर अनशन बस्छु। छोरीले न्याय नपाएसम्म घर जादिन।’
निर्मलादेवीको अनसनमा संगसंगै छिन अर्की छोरी मनिषा साह। मनिषा अहिले स्नातक तहमा अध्ययन गरिरहेकी छिन्। दिदिको न्यायको लागि मनिषा सुरुदेखि नै आमाको साथमा छिन्। मनिषा भन्छिन्, ‘दिदिको न्यायको लागि सुरुदेखि नै लडिरहेकी छु। काठमाडौं आएर बसेको नै महिनौं भइसक्यो। आफ्नो अध्ययन कता हो घरपरिवार कता। तर हार मानेका छैनौं। दिदिले न्याय पाउछे भन्ने विश्वास छ।’
निर्मलादेवीको परिवार खेती किसानी गर्दै आइरहेको छ। आरती विनोद प्रसाद र निर्मलादेवी साहकी जेठी छोरी हुन्। २० वर्षीया आरती बीबीए दोस्रो वर्षमा पढ्दै गर्दा मोती बाबुसँग दुई वर्षअघि २०७८ असार २९ मा मागी विवाह भएको थियो। विनोद प्रसाद र निर्मलादेवीको अब एक छोरा र एक छोरी रहेका छन्।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...